लागोस, नाइजेरिया- नाइजेरियाको उत्तरपश्चिमी जाम्फारा राज्यमा लुटेराको एक सशस्त्र समूहले सोमबार राति गरेको आक्रमणमा १४ जना सर्वसाधारण मारिएका छन्। घटनामा दर्जनौँ मानिस घाइते भएका स्थानीय अधिकारीले बताएका छन्।
लुटेराको समूहले मारू ग्रामीण क्षेत्रको दानमनी र काबारो समुदायमा हमला गरी गाउँलेहरूको सम्पत्तिसमेत लुटेर लगेको बताइएको छ।
स्थानीय प्रहरी सालिसु दाङगुल्बीले दिएको जानकारी अनुसार लुटेराको सशस्त्र समूह गाउँमा पसेर अन्धाधुन्ध गोली चलाउन थालेपछि कतिपय गाउँलेहरू ज्यान जोगाउन भागेका थिए।
सो क्षेत्रमा यसअघि पनि गत महिना यस्तै हतियारधारीको समूहले गरेको आक्रमणमा ३० जना निर्दाेष गाउँले मारिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।