काठमाडौं- उद्योग वाणिज्य महासंघको जिल्ला-नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी भएका छन्। शनिबार भएको निर्वाचनमा प्रतिस्पर्धीमा गुणनिधि तिवारीलाई पछि पार्दै श्रेष्ठ विजयी भएका हुन्।
जिल्लानगरतर्फ जम्मा १०५ मत खस्दा श्रेष्ठले ५८ मत प्राप्त गर्दा तिवारीले ४७ मत प्राप्त गरे। विजयी श्रेष्ठ वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान प्यानलका हुन्।
यसअघि नै जिल्लानगरतर्फका १८ र वस्तुगततर्फका १४ जना कार्यकारी सदस्य विजयी भइसकेका छन्।
जिल्लानगर र वस्तुगत तर्फ मिश्रित परिणाम आएको छ। प्रदेशतर्फ पनि ७ कार्यकारी सदस्यको मतपरिणाम आइसकेको छ।
१४ कार्यकारी सदस्य निर्वाचित हुने वस्तुगतर्फ ७ जना किशोरकुमार प्रधान प्यानलबाट र ७ जना चन्द्रप्रसाद ढकाल प्यालबाट निर्वाचित भए।
यसअघि नै दुई जना सदस्य निर्विरोध निर्वाचित भइसकेका थिए। ६४ सदस्यका लागि भएको निर्वाचनमा अन्य पदको भने मतपरिणाम भने गणना भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।