काठमाडौं- उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ विजयी भएका छन्। शनिबार भएको निर्वाचनमा उनी विजयी भएका हुन्।
प्रतिस्पर्धी उमेशलाल श्रेष्ठलाई पछि पार्दै अन्जन विजयी भएका हुन्।
उमेशलालले ३७ मत प्राप्त गर्दा अञ्जनले ६२ मत प्राप्त गरी विजयी भएका हुन्। नाडा अटोमोबाइल एसोसिएसनका अफ नेपालका तर्फबाट उम्मेदवार भएका श्रेष्ठ किशोरकुमार प्रधान प्यानलका हुन्। यसअघि नै वस्तुगततर्फका १४ जना कार्यकारी सदस्य विजयी भइसकेका छन्।
वस्तुगत सदस्यतर्फ भने मिश्रित परिणाम आएको छ। १४ कार्यकारी सदस्यमा ७ जना किशोरकुमार प्रधान प्यानलबाट र ७ जना चन्द्रप्रसाद ढकाल प्यालबाट निर्वाचित भएका छन्।
यसअघि नै दुई जना सदस्य निर्वाचित भइसकेका थियो। ६४ सदस्यका लागि भएको निर्वाचनमा अन्य पदको भने मतपरिणाम भने गणना भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।