काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ वस्तुगत सदस्यतर्फ सदस्यमा मिस्रित परिणाम आएको छ। १४ कार्यकारी सदस्यमा ७ जना किशोरकुमार प्रधान प्यानलबाट र ७ जना चन्द्रप्रसाद ढकाल प्यालबाट निर्वाचित भएका छन्।
शनिबार भएको मतदानमा वस्तुगततर्फ कार्यकारी सदस्यको पहिलो चरणमा नतिजा आएको हो। यसअघि नै दुई जना सदस्य निर्वाचित भइसकेका छन्।
६४ सदस्यका लागि भएको निर्वाचनमा अन्य पदको भने मतपरिणाम भने गणना भइरहेको छ।
यी हुन् विजयी उम्मेदवार र उनीहरूले प्राप्त गरेको मत
नरेशलाल श्रेष्ठ ७२
सुमितकुमार केडिया ६६
आकाश अधिकारी ४९
प्रकाश सिंह कार्की ५७
भक्त बहादुर हमाल ६२
सुबोध कुमार गुप्ता ५०
हेमराज ढकाल ५५
अरनिको राजभण्डारी ६४
गोबिन्द ढुंगेल ५०
मनिष लाल प्रधान ६०
मीनमान श्रेष्ठ ६७
विष्णु प्रसाद गैरे ५१
सन्दिप कुमार अग्रवाल ५१
सुकुन्तलाल हिराचन ५५
यीमध्ये आकाश अधिकारी,नरेश लाल श्रेष्ठ, प्रकाश सिंह कार्की, भक्त बहादुर हमाल, सुबोध कुमार गुप्ता, सुमित कुमार केडिया र हेमराज ढकाल ढकाल प्यानलका हुन् भने अरनिको राजभण्डारी गोबिन्द ढुंगेल, मनिष लाल प्रधान ,मीनमान श्रेष्ठ,विष्णु प्रसाद गैरे शिव प्रसाद घिमिरे,सन्दिप कुमार अग्रवाल र सुकुन्तलाल हिराचन रहेका छन्।
वस्तुगततर्फ वरिष्ठ उपाध्यक्षमा २० प्रतिशत मतभार रहन्छ। वस्तुगततर्फको उपाध्यक्षको लागि भने छुट्टै मतगणना भइरहेको छ। वस्तुगत उपाध्यक्षमा प्रधान प्यानलबाट अन्जन श्रेष्ठ र ढकाल प्यालबाट उमेशलाल श्रेष्ठ उम्मेदवार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।