• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

अवैध नेटवर्किङ धन्दा गर्ने २१ कम्पनी र ५० व्यक्तिमाथि अनुसन्धान गर्न सिआइबीलाई वाणिज्य विभागको पत्र

उनीहरुलाई कारबाहीको प्रकृयामा ल्याउन ६ वटा कानुन आकर्षित हुन्छन : विज्ञ पौडेल
64x64
हेमन्त जोशी सोमबार, असोज १२, २०७७  १२:१९
1140x725

काठमाडौं-अवैध नेटवर्किङ धन्दा गरिरहेको भन्दै उजुरी परेका २१ कम्पनी र ५० व्यक्तिमाथि अनुसन्धान प्रकृया अगाडि बढाउन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई पत्र पठाएको छ।

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीका अनुसार काठमाडौ उपत्यकाका तीन जिल्ला र झापालगायत तराईका केही जिल्लाबाट नेटवर्किङबाट ठगीमा परेकाे भन्दै उजुरी आएकोमा अनुसन्धान प्रकृया अगाडि बढाउन विभागले पत्र पठाएको हो।

‘हामीसँग भएको विवरण थप अनुसन्धान र छानबिनका लागि लागि सिआईबीलाई पठाएका छौं। अनुसन्धानका क्रममा थप कम्पनी र व्यक्तिहरु पनि पर्न सक्छन,’ महानिर्देशक सुवेदीले भने। 

विभागले २ वटा कम्पनी इन्दुस बिभा र पशुपति बिभाका संचालकहरुलाई अघिल्लो हप्ता पक्राउ गरि धरौटीमा छाडेको र उनीहरुको व्यवसायमाथि सिलबन्दी गरी थप अध्ययन भईरहेको जनाएको छ। ‘यी कम्पनीसँग जोडिएका थप व्यक्तिलाई बोलाएर बुझ्न बाँकी छ। सिल गरेको ठाउँमा त्यहाँका प्रमाणहरु बुझ्ने काम पनि बाँकी भएकाले थप विवरण आईसकेका छैनन्,’ महानिर्देशक सुवेदीले भने। 

यसरी नेटवर्किङ व्यवसायको अवैध धन्दा गर्नेमा अधिकांश विदेशी कम्पनी देखिएका छन। ‘नेपाली कम्पनीबाट सुरु हुने तर त्यसलाई विदेशी कम्पनीले ब्याकअप गरेको देखिएको छ। विदेशी वस्तुहरु नेपालमा बिक्री गरेर विदेशमै पैसा जानेगरी व्यवसाय संचालन गरिरहेको पाईएको छ,’ सुवेदीले भने। 

मुलतः अहिले विभागले २ तरिकाले अध्ययन अगाडि बढाईरहेको जनाएको छ। जसअन्तर्गत यी कम्पनीहरुले वस्तुको प्रत्यक्ष बिक्री वितरणमात्रै गरेको हो वा त्यो भन्दा बाहेकका अरु अवैध गतिविधि पनि संचालन गरेका छन भनेर अनुसन्धान गरिनेछ। वस्तुको प्रत्यक्ष बिक्री वितरण मात्रै गरेको भए पनि कानुनअनुसार विभागमा दर्ता र इजाजत लिनुपर्ने महानिर्देशक सुवेदीको भनाइ छ। 

यी कम्पनी तथा व्यक्तिहरुले गरिरहेको अवैध धन्दामा नेपालका ६ वटा कानुन आकर्षित हुने देखिएको निर्देशक समितिका विज्ञ सदस्य डिमप्रकाश पौडेल बताउँछन। उनका अनुसार अहिले सिआईबीलाई अनुसन्धानका लागि लेखि पठाएका कम्पनीले इजाजत बिनै वस्तुको प्रत्यक्ष बिक्री वितरण गरेको, अनलाईन बिजनेस मेम्बरसिप र अनलाईन क्रिप्टोकरेन्सीको कारोबार पनि गरेको देखिएको छ। यसरी हेर्दा वाणिज्य विभागमात्र नभई आयकर तथा आन्तरिक राजस्व विभाग र नेपाल राष्ट्र बैंकले पनि यस विषयमा थप अनुसन्धान गर्न सक्ने उनको भनाइ छ। 

‘यी कम्पनी र व्यक्तिहरुले नेपालमा पैसा जम्मा गरेर क्रिप्टाेकरेन्सीकाे पेमेन्ट दुबई, कतार, मलेसिया, अमेरिकालगायत मुलुकबाट भईरहेको देखिएको छ। अझ योभन्दा अझै ठूलो संख्यामा घर–घरमै पुग्ने गिरोह छ भन्ने जानकारीहरु आईरहेका छन्,’ पौडेलले भने।

Ncell 2
Ncell 2
nimb
nimb

नेपालको कानुनले क्रिप्टोकरेन्सीको कारोबारलाई अवैध मानेको छ। यदि यी कम्पनी र व्यक्तिहरुको संलग्नता त्यस्तो प्रकृतिको कारोबारमा पनि देखिएमा नेपालको साईबर अपराधसम्बन्धी कानुन, र नेपाल राष्ट्र बैंकले समेत अनुसन्धान गरी कारबाही गर्न सक्ने देखिएको छ।

सम्बन्धित समाचार

अवैध नेटवर्किङ धन्दाबारे अध्ययन प्रतिवेदनमाथि संसदीय समितिमा छलफल‚ निर्देशन भने आएन

अवैध नेटवर्किङ धन्दाबाट ठगिएकाे भन्दै दर्जन बढी कम्पनीविरुद्ध वाणिज्य विभागमा उजुरी

Xtrem

Xtrem

अवैध नेटवर्किङ धन्दाबारे अध्ययन उपसमितिको प्रतिवेदन नै अस्पष्ट

विगतमा नेटवर्किङ धन्दा चलाएका व्यक्तिलाई वस्तुको प्रत्यक्ष बिक्री वितरणका लागि इजाजत नदिनू : अध्ययन उपसमिति

अवैधानिक नेटवर्किङ धन्दा : यस्तो छ नेचर हर्ब्सको सर्वसाधारण ठग्ने ‘मास्टर प्लान’ 

नेटवर्किङ धन्दा : समितिको निर्देशनपछि इजाजत रोकियो, तर कारोबार रोकिएन

नेटवर्किङ व्यवसायबारे छानबिन गर्न संसदीय उपसमिति गठन

सांसद भन्छन्- नेटवर्किङबाट हामी नै ठगिएका छौंं, यसलाई तत्काल बन्द गरौं

संसदीय समितिमा वाणिज्य विभागका महानिर्देशकले भने-नेटवर्किङ गर्ने व्यक्तिको प्रहरी रिपोर्ट नहेरेर गल्ती भयो
अवैध नेटवर्किङ धन्दालाई राज्यको संरक्षण : बिहीबार स्पष्टीकरण, त्यसपछि २ दिन प्रशिक्षण, सोमबार ‘क्लीन चिट’

अवैध नेटवर्किङ व्यवसाय गर्ने नेचर हर्ब्सलाई वाणिज्य विभागले सोध्यो स्पष्टीकरण

वस्तुको प्रत्यक्ष बिक्रीका नाममा चलेको नेटवर्किङ धन्दामा नियामकको रहस्यमय मौनता

नेटवर्किङ धन्दाको चक्रव्यूह : पूर्व प्रदेश प्रमुखदेखि पूर्व एआइजीसम्म संलग्न 

कानुनविपरीत नेटवर्किङ धन्दा भइरहेको वाणिज्य विभागद्वारा स्वीकार

प्रकाशित मिति: सोमबार, असोज १२, २०७७  १२:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
कांग्रेस सचेतक राईले गराए एपेन्डिसाइटिसको शल्यक्रिया शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो शुक्रबार, असोज २३, २०८३
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्