काठमाडौं–नेपालस्थित चिनियाँ राजदूतावासले नेपाल-भारत सीमा क्षेत्रमा भ्रमण नगर्न आफ्ना नागरिकलाई सचेत गराएको छ।
नेपालस्थित चिनियाँ दूतावासले आफ्नो सामाजिक सञ्जाल खातामा पोस्ट गरिएको एक विज्ञप्तिमा चिनियाँ नागरिकहरूलाई नेपाल-भारत सीमावर्ती क्षेत्रहरूबाट बच्न सल्लाह दिएको छ।
नेपाल र भारतको खुला सीमा छ। चिनियाँ नागरिकहरूले वैध भिसा बिना गल्तीले भारत प्रवेश गर्नबाट जोगिनु पर्छ, दूतावासले भन्यो, भारत र पाकिस्तानबीच बढ्दो तनावको बीचमा भारत र नेपाल दुवैले आफ्नो सीमामा सुरक्षा प्रयासहरू बढाएका छन्।
पछिल्लो पटक रक्सौल नाकाबाट केही चीनिया पक्राउ परेका थिए।
भारत पाकिस्तान युद्धसँगै नेपाल भारत सीमा क्षेत्रमा कडा सुरक्षा बढाइएको छ। नेपाल र भारत दुवै देशले सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाएको र तनावको स्थिति रहेको भन्दै चीनिया नागरिकलाई बोर्डर क्षेत्रमा नजान भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।