• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

अवैध नेटवर्किङ धन्दाबारे अध्ययन उपसमितिको प्रतिवेदन नै अस्पष्ट

विभाग भन्छ–नेटवर्किङ भएको छैन, प्रहरी प्रशासन भन्छ–हामीलाई अध्ययन गर्न निर्देशन छैन
64x64
नेपाल लाइभ सोमबार, भदौ २९, २०७७  १५:०५
1140x725

काठमाडौं- वस्तुको प्रत्यक्ष बिक्रीका नाममा इजाजत लिएर अवैध नेटवर्किङ धन्दा भइरहेको विषयमा अध्ययन गर्न गठित संसदीय उपसमितिले विस्तृत अध्ययन नगरिकनै प्रतिवेदन उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलाई बुझाएको छ। अहिले इजाजत पाएका कम्पनीले नेटवर्किङ गरेका छन्? वा छैनन्? भन्ने स्पष्ट नपारीकनै प्रतिवेदन समितिलाई बुझाएको हो।

वस्तुको प्रत्यक्ष बिक्रीका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट इजाजत पाएका ७ वटा कम्पनीमध्ये केही कम्पनीले यसअघि नै पिरामिड शैलीमा सदस्य बनाउने र अवैध नेटवर्किङ व्यवसाय विस्तार गरिसकेको भएपनि अध्ययन उपसमितिले भने त्यसबारे प्रतिवेदनमा कुनै कुरा उल्लेख गरेको छैन। वस्तुको प्रत्यक्ष बिक्रीका लागि इजाजत पाएका नेचर हर्ब्स, आइबोसलगायत कम्पनीले ठूलो रकम असुल गरेर पिरामिड शैलीको संजाल विस्तार गरिरहेको विषयमा नेपाल लाइभले यसअघि समाचार प्रकाशित गरिसकेको छ। 

यो पनि पढ्नुहोस्

अवैधानिक नेटवर्किङ धन्दा : यस्तो छ नेचर हर्ब्सको सर्वसाधारण ठग्ने ‘मास्टर प्लान’ सोमबार, भदौ १, २०७७

नेकपा सांसद तथा समिति सदस्य सोमप्रसाद पाण्डेयको संयोजकत्वमा गत साउन १५ गते गठित ५ सदस्यीय अध्ययन उपसमितिले वस्तुको प्रत्यक्ष बिक्री वितरणका लागि लाइसेन्स दिँदा नेटवर्किङ व्यवसाय भए/नभएको यकीन गर्न र मौजुदा कानुनी व्यवस्थालाई बलियो संशोधन गरी थप बलियो बनाएर मात्र कार्यान्वयनमा लैजान सुझाव दिएको छ।

तर अहिले इजाजत पाएका कम्पनीले यसअघि नै अवैध धन्दा संचालन गरिरहेको र अहिले पनि पिरामिड शैलीको संजाल अस्तित्वमा रहेको विषयमा उपसमितिले स्पष्ट पारेको देखिँदैन। 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ‘नेटवर्किङ भएको छैन भनेर दावी गर्ने’ र प्रहरी प्रशासनले आफूलाई ‘सो विषयमा अध्ययन अनुसन्धान गर्न स्पष्ट निर्देशन नआएको’ भन्दै चुप लागेर बसेको अवस्थामा संसदिय समितिले अध्ययन थालेको थियो। तर समितिले पनि विस्तृत अध्ययनबिनै विषय टुंग्याउने तयारी गरेपछि अहिले संजाल विस्तार गरिसकेका कम्पनीको ठगी धन्दालाई कसले कानुनी दायरामा ल्याउने भन्ने अन्यौलता देखिएको हो। 

अध्ययन उपसमितिले समितिलाई दिएको सुझावको बुँदा नम्बर ५ मा ‘प्रचलित कानुन बमोजिम स्थापना भई ईजाजत प्राप्त कम्पनीहरु जुन उद्देश्यका लागि स्थापना भएका हुन् र जुन कार्यका लागि इजाजत प्रदान गरिएको हो। सोहीअनुरुप काम गरे नगरेको, कानूनको अपव्याख्या गरी कुनै गैरकानूनी कार्य गरे/नगरेको नियमित रुपमा अनुगमन गर्न निर्देशक समितिले विज्ञ समेत संलग्न गराई एक अनुगमन समिति गठन गरी नियमित अनुगमन गर्नुपर्ने देखिन्छ।’ भनी उल्लेख गरिएको छ।

साथै दर्ता भइसकेको कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा पिरामिड शैलीको नेटवर्किङ व्यवसाय सञ्चालन गर्न सक्ने कुनै प्रावधान रहेको पाइएमा उक्त व्यवस्था समेत ऐन तथा नियमावलीको प्रावधानअनुसार तत्काल संशोधन गर्नुपर्ने पनि उल्लेख छ। त्यस्तै अध्ययन उपसमितिले बुझाएको प्रतिवेदनको बुँदा नंम्बर १५ मा ‘विगतमा युनिटी, हर्बो, गोलक्वेष्टलगायत विभिन्न प्रकृतिका नेटवर्किङ व्यवसायको माध्यमबाट सर्वसाधारण जनतालाई ठगी गर्ने कम्पनीहरुले नै आफ्नो वा परिवारको नामबाट कम्पनी दर्ता गरी पुनः ठगी गर्न खोजेको बुझिन आएकोले त्यस्ता व्यक्तिहरुले कम्पनी दर्ता गर्न आएमा विगतमा त्यस्तो ठगीसम्बन्धी कारोबार गरे/नगरेको यकीन गरेर मात्र कम्पनी दर्ता गर्नुपर्ने’ उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

विगतमा नेटवर्किङको ठगी धन्दा चलाएको देखिएको कुरा प्रतिवेदनमा राखिएको भएपनि अहिले सोही प्रकृतिको काम भइरहेको विषयलाई भने उपसमितिले स्वीकारेको छैन। तर थप अध्ययन गर्न आवश्यक रहेको भने उल्लेख गरेको छ। 

यसरी अध्ययन उपसमितिले समस्याको वास्तविक कुरा पत्ता लगाउन नसकेपनि थप अध्ययन आवश्यक रहेको भनेर आफू पन्छिन खोजेको देखिन्छ।

सँगसँगै नेटवर्किङ भए/नभएको बारे अध्ययन गर्ने जिम्मा प्रहरी प्रशासनलाई दिने वा वाणिज्य विभागले गर्ने भन्ने विषयमा पनि अन्यौलता छ। समितिका एक सदस्य उपसमितिले सुझावमात्र दिएको र त्यसैका आधारमा समितिले मन्त्रालयलाई थप अध्ययन गर्नका लागि निर्देशन दिनसक्ने बताउँछन्। ‘उपसमितिले नेटवर्किङ भए/नभएको बारे स्पष्ट भएर मात्र वस्तुको प्रत्यक्ष बिक्री वितरणका लागि इजाजत दिन भनेर सुझाव दिएको छ।

यसको मतलब प्रहरी प्रशासन होस वा विभागले आफैंले पनि अनुसन्धान गर्न सक्छ।’ ती सदस्य भन्छन्। उपसमितिको प्रतिवेदन अहिले समितिमा छलफलको क्रममै रहेको छ। विस्तृत छलफलपछि मन्त्रालयलाई दिने निर्देशनबाट थप प्रष्ट हुने पनि उनको भनाइ छ। 

Xtrem

Xtrem

अध्ययन उपसमितिका संयोजक सोमप्रसाद पाण्डेय उपसमितिले प्रतिवेदन बुझाएको र समितिमा विस्तृत छलफल भइसकेपछि मात्रै यो विषयमा थप निर्णयहरु गरिने बताउँछन्। ‘प्रतिवेदन समितिमा गइसकेको छ। त्यहाँ छलफल हुन्छ। छलफलपछि समितिले सम्बन्धित निकायलाई केही निर्देशन गर्छ’ उनले भने।

यो पनि पढ्नुहोस्

विगतमा नेटवर्किङ धन्दा चलाएका व्यक्तिलाई वस्तुको प्रत्यक्ष बिक्री वितरणका लागि इजाजत नदिनू : अध्ययन उपसमितिआइतबार, भदौ २८, २०७७

यो पनि पढ्नुहोस्

नेटवर्किङ धन्दा : समितिको निर्देशनपछि इजाजत रोकियो, तर कारोबार रोकिएनसोमबार, साउन १९, २०७७

प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७  १५:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन्
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे
कोरलानाकाबाट ५४३ टन फलफूल आयात
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन् शुक्रबार, असोज २३, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
कांग्रेस सचेतक राईले गराए एपेन्डिसाइटिसको शल्यक्रिया शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्