• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख २८, २०८३ Mon, May 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

विगतमा नेटवर्किङ धन्दा चलाएका व्यक्तिलाई वस्तुको प्रत्यक्ष बिक्री वितरणका लागि इजाजत नदिनू : अध्ययन उपसमिति

मौजुदा कानूनी व्यवस्था संशोधन गरेर मात्रै वस्तुको प्रत्यक्ष बिक्री वितरण सम्बन्धी व्यवसाय गर्न दिनु
64x64
नेपाल लाइभ आइतबार, भदौ २८, २०७७  १५:५३
1140x725

काठमाडौं- प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमातहत गठित ‘वस्तुको प्रत्यक्ष बिक्रीसम्बन्धी अध्ययन उपसमिति’ले वस्तुको प्रत्यक्ष बिक्री वितरणका नाममा इजाजत लिएर अवैध नेटवर्किङ धन्दा चलाउन खोज्नेलाई उनीहरुको विगत हेरेर मात्र त्यस्तो इजाजत दिन सुझाव दिएको छ। 

नेकपा सांसद तथा समिति सदस्य सोमप्रसाद पाण्डेयको संयोजकत्वमा गत साउन १५ गते गठित ५ सदस्यीय अध्ययन उपसमितिले वस्तुको प्रत्यक्ष बिक्री वितरणका लागि लाइसेन्स दिँदा नेटवर्किङ व्यवसाय भए/नभएको यकीन गर्न र मौजुदा कानुनी व्यवस्थालाई बलियो संशोधन गरी थप बलियो बनाएर मात्र कार्यान्वयनमा लैजान सुझाव दिएको हो। 

वस्तुको प्रत्यक्ष बिक्री र नेटवर्किङबारे यस्ता छन् अध्ययन उपसमितिले दिएका सुझावः
१. वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन) गर्ने ऐन, २०७४ र नियमावली २०७६ को अधिनमा रहेर व्यवसाय गर्न खोज्ने जोसुकै नागरिकलाई व्यवसाय गर्न प्रतिबन्ध लगाउन सक्ने अवस्था देखिएन। ऐनको मूल मर्म बमोजिम कम्तिमा ५० प्रतिशत स्वदेशी वस्तु विक्री गर्ने प्रतिवद्धता लिने र बढीमा २ वर्षभित्र इजाजतपत्र प्राप्त कम्पनीले स्वदेशी वस्तुको उत्पादन तथा बिक्री वितरण अनिवार्य रुपमा गर्नुपर्ने र सो अनुसार नगर्ने कम्पनीको ईजाजतपत्र रद्द गर्ने व्यवस्था गर्नुपर्ने।

२. विभागमा वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धी कार्यको अनुगमन, नियमन र नियन्त्रण गर्न सक्ने भौतिक पूर्वाधार तथा जनशक्ति रहेको नपाईएकोले यसलाई तत्काल सम्बोधन गर्नुपर्ने। 

३. वस्तुको प्रत्यक्ष व्यापार गर्न हाल ईजाजत प्राप्त अधिकांश कम्पनीहरुको पूर्वाधार जस्तै कार्यालय, सफ्टवेयर, जनशक्ति तथा सेवाकेन्द्रहरु नरहेको, इजाजत लिएका कम्पनीहरुले वस्तुको प्रत्यक्ष व्यापार गर्ने सम्बन्धमा ठोस कार्ययोजना पेश गर्न नसकेको, कुन विधि र प्रक्रिया अन्तर्गत रहेर व्यापार व्यवसाय सञ्चालन गर्ने भन्ने अन्योलता कायमै रहेकोले विज्ञ समेत सम्मिलित गराई वस्तुको प्रत्यक्ष व्यापार सञ्चालन सम्बन्धी निर्देशिका र कार्यविधि तयार गरी इजाजत प्रदान गरिएका कम्पनीहरुलाई समेत कानुनी प्रक्रिया पूरा गरे नगरेको एकिन गरेर मात्र व्यवसाय गर्न दिन र नयाँ इजाजत लिन चाहने कम्पनीहरुलाई पनि माथि उल्लेखित भौतिक पूर्वाधारहरु र कानूनले तोकेका सम्पूर्ण प्रक्रियाहरु पूरा भएपछि मात्र इजाजत दिनुपर्ने । 

४. स्वदेशी उत्पादनहरु गरी बिक्री वितरण गरे नगरेको एकिन गर्न, कानूनले उपलब्ध गराएको अधिकतम उपभोक्ता मूल्यमा ४२ प्रतिशतका अतिरिक्त कुनै शुल्क, कमिसन आदि वितरण गरि उपभोक्ता ठगी गरे नगरेको, बिक्रेताले अर्को विकेता नियुक्त गरी नेटवर्क विस्तार गरे नगरेको, पिरामिड शैली अपनाई अन्तिम उपभोक्तालाई मारमा पारे नपारेको, ऐनको दफा ११ प्रतिकूल कुनै काम गरे नगरेको जस्ता कुराहरुलाई अनुगमन गर्न ऐनले व्यवस्था गरेको निर्देशक समिति सक्रिय हुनुपर्ने।

५. प्रचलित कानून बमोजिम स्थापना भई ईजाजत प्राप्त कम्पनीहरु जुन उद्देश्यका लागि स्थापना भएका हुन् र जुन कार्यका लागि ईजाजत प्रदान गरिएको हो सोही अनुरुप काम गरे नगरेको, कानूनको अपव्याख्या गरी कुनै गैरकानूनी कार्य गरे नगरेको नियमित रुपमा अनुगमन गर्न निर्देशक समितिले विज्ञ समेत संलग्न गराई एक अनुगमन समिति गठन गरी नियमित अनुगमन गर्नुपर्ने देखिन्छ। साथै दर्ता भैसकेको कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा पीरामिड शैलीको नेटवर्किङ व्यवसाय सञ्चालन गर्न सक्ने कुनै प्रावधान रहेको पाईएमा उक्त व्यवस्था समेत ऐन तथा नियमावलीको प्राबधान अनुसार तत्काल संशोधन गर्नुपर्ने।

६. वस्तुको प्रत्यक्ष बिक्री ९ व्यवस्थापन तथा नियमन ० गर्ने ऐन, २०७४ तथा नियमावली २०७६ र अन्तर्राष्ट्रिय प्रचलन समेतको व्यवस्था र व्याख्यालाई मध्यनजर गर्दै ईजाजतवाला कम्पनीले वितरक वा विक्रेतालाई कमिसन, वोनस वा सुबिधा वितरण गर्दा आफ्ना वितरक वा विक्रेतालाई वा वितरक वा विक्रेताको समूहलाई अधिकतम ४२ प्रतिशत भन्दा बढी नहुने गरी बिक्री प्रबन्ध गर्ने गराउने व्यवस्था प्रष्ट रुपमा निर्देशिका तथा कार्यविधि बनाई कार्यान्वयनमा ल्याउनुपर्ने।

nimb
nimb
Ncell 2
Ncell 2

७. विगतको इतिहास हेर्दा यस किसिमको व्यवसायमा पर्याप्त मात्रामा पुँजी लगानी नभएको कारण क्षणिक लाभको लागि व्यवसायमा प्रवेश र बहिर्गमन गरेको देखिन्छ। जसले गर्दा व्यवसायीलाई स्थायित्व भन्दा अस्थिरतातर्फ धकलिरहेको देखिएकोले यस प्रकारको व्यवसायमा वास्तविक व्यवसायीहरुमात्र प्रवेश गरुन् र कुनै कारणवस उपभोक्ताहरु ठगिन पुगे भने उनीहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन सकियोस् भन्ने मनसायले वस्तुको प्रत्यक्ष विक्री गर्ने कम्पनीको न्यूनतम चुक्ता पुँजी ३ करोड पुयाउन र हाल इजाजत लिईसकेका कम्पनीहरुलाई समेत ६ महिनाभित्र सोही बमोजिमको पुँजी बृद्धि गर्न लगाउनुपर्ने।

८. वस्तुको प्रत्यक्ष बिक्री  (व्यवस्थापन तथा नियमन) गर्ने ऐन, २०७४ र नियमावली, २०७६ लागु भैसकेपछि पनि देशमा अबैध रुपमा नेटवर्कजन्य वा डिजिटल करेन्सी जस्ता व्यवसायीक धन्दा सञ्चालन गरी ठूलो धनरासी विदेशीरहेको पाईएकोले त्यस्ता धन्दा सञ्चालन गर्ने गतिविधिलाई तत्काल रोक लगाउनुपर्ने। 

९. ऐनको दफा १६ को उपदफा १ को “तर नेपालमा उत्पादन नहुने वस्तुको हकमा यो व्यवस्था लागू हुने छैन” भनी स्वदेशी वस्तु उत्पादन तथा बिक्री वितरण गर्नैपर्ने अवस्थाबाट उन्मुक्ति लिन सकिने सम्भावना देखिएकोले ऐनको सो दफा आवश्यक प्रक्रिया पुरा गरी तत्काल संशोधन गर्नुपर्ने। 

१०. वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धी इजाजत प्रदान गर्ने र त्यसको अनुगमन गर्ने कार्य बाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागमा एउटै संयन्त्र रहँदा अनुगमन तथा नियन्त्रण कार्य प्रभावकारी नहुने देखिएकोले यसको अनुगमनको लागि निर्देशक समितिले मन्त्रालय वा विभागमा छुट्टै संयन्त्र बनाई लागु गर्नुपर्ने। 

११. प्रचलित कानूनको बर्खिलाप हुने गरी कुनैपनि इजाजत प्राप्त कम्पनीले उपभोक्ता ठगि गरेको प्रमाणित भएमा तत्काल बैङ्क ग्यारेन्टी जफत गरी कारोबार रोक्का गर्ने र यदि ठगिएको रकम अपुग भएका सञ्चालकहरुको घरघरनाबाट समेत असुल उपर गर्नुपर्ने। 

१२. वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन) गर्ने ऐन, २०७४ र नियमावली, २०७६ को मातहतमा रही कम्पनी दर्ता गरी नेटवर्किङ प्रकृतिको व्यवसाय गरेको पाईएमा मुलुकी अपराध संहिता ऐनको परिच्छेद २१ मा उल्लेखित ठगि सम्बन्धी कसुरमा मुद्दा चलाउने व्यवस्था गर्न कानून परिमार्जन गर्नुपर्ने

१२. संहिता ऐनको परिच्छेद २१ मा उल्लेखित ठगि सम्बन्धी कसुरमा मुद्दा चलाउने व्यवस्था गर्न कानून परिमार्जन गर्नुपर्ने। 

१३. कसैले पनि प्रत्यक्ष वस्तु बिक्री कारोबारको नाममा विदेशी कम्पनीको शाखाको रुपमा कारोबार गर्न पाउनेछैन। यदि कुनै कम्पनीले त्यस्तो विदेशी कम्पनीको शाखाको रुपमा कारोबार गरेको पाईएमा उक्त कम्पनीको इजाजत खारेज गरी कानून अनुसार कारबाही गर्नुपर्ने। 

१४. वस्तुको प्रत्यक्ष व्यापार गर्न इजाजत प्राप्त गरी व्यवसाय सञ्चालन गरेका कम्पनीले नेटवर्किङ प्रकृतिको व्यवसाय गरी जनता ठगिएको पाईएमा तत्कालीन अनुगमन र नियमन गर्ने निकायलाई समेत जिम्मेवार र जवाफदेही बनाउनुपर्ने। 

१५. विगतमा युनिटी, हर्बो, गोलक्वेष्ट लगायत विभिन्न प्रकृतिका नेटवर्किङ व्यवसायको माध्यमबाट सर्वसाधारण जनतालाई ठगि गर्ने कम्पनीहरुले नै आफ्नो वा परिवारको नामबाट कम्पनी दर्ता गरी पुनः ठगि गर्न खोजेको बुझिन आएकोले त्यस्ता ब्यक्तिहरुले कम्पनी दर्ता गर्न आएमा विगतमा त्यस्तो ठगि सम्बन्धी कारोबार गरे नगरेको एकिन गरेर मात्र कम्पनी दर्ता गर्नुपर्ने। 

१६. वस्तुको प्रत्यक्ष बिक्री वितरण, नियमन र अनुगमन कार्यलाई प्रभावकारी बनाउनको लागि संघीय ढाँचा अनुसार प्रदेश र स्थानीय तहको समेत भूमिका स्पष्ट गरिनुपर्ने।

१७. वस्तुको प्रत्यक्ष बिक्री ( व्यवस्थापन तथा नियमन ) गर्ने ऐन, २०७४ र नियमावली, २०७६ अनुसार इजाजत प्राप्त कम्पनीहरुले स्वदेशमै सहज उत्पादन हुने वस्तुहरु समेत स्वदेशमा उत्पादन हुन नसक्ने भनी विदेशबाट आयात गरी बिक्री वितरण गर्न सक्ने देखिएकोले यस सम्बन्धमा छानबिन गरी त्यस्तो गरेको पाइएमा त्यस्ता कम्पनीको इजाजत समेत खारेज गर्नुपर्ने ।

१८. वस्तुको प्रत्यक्ष विक्री (व्यवस्थापन तथा नियमन ) गर्ने ऐन, २०७४ र नियमावली, २०७६ का विभिन्न दफाहरुको प्राबधानबाट पीरामिड नेटवर्किङ शैलीको व्यवसायतिर उन्मुख हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै आवश्यक प्रक्रिया पूरा गरी तत्काल ऐन संशोधन गर्नुपर्ने।

प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  १५:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
कर्णाली प्रदेशमा सरकार नेतृत्व परिवर्तन हुने गगन थापाको संकेत
सरकारले उत्कृष्ट शिक्षक प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने
सम्बन्धित सामग्री
सुनको मूल्य घट्यो आज सुन तोलामा चार सय रुपैयाँले घटेर दुई लाख ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, वैशाख २८, २०८३
सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै दुवै सदनको संयुक्त बैठकलाई भोलि सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका प्रवक्... आइतबार, वैशाख २७, २०८३
सुनको मूल्य घट्यो सुन तोलामा १ हजारले घटेको छ भने चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ । आइतबार, वैशाख २७, २०८३
ताजा समाचारसबै
यस्तो छ आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ) सोमबार, वैशाख २८, २०८३
कर्णाली प्रदेशमा सरकार नेतृत्व परिवर्तन हुने गगन थापाको संकेत सोमबार, वैशाख २८, २०८३
सरकारले उत्कृष्ट शिक्षक प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने सोमबार, वैशाख २८, २०८३
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै (लाइभ) सोमबार, वैशाख २८, २०८३
सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिने सरकारको प्रतिवद्धता सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
यस्ता छन्, रास्वपा सचिवालय बैठकका तीन निर्णय आइतबार, वैशाख २७, २०८३
निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडु प्रहरीकाे नियन्त्रणमा सोमबार, वैशाख २८, २०८३
एसईईको नतिजा आजै सार्वजनिक हुने सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्