काठमाडौं–नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरूमा रहेको २० करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ।
केन्द्रीय बैंकले ‘क’,‘ख’र ‘ग’वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो।
केन्द्रीय बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न चाहेको हो। बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा १६ करोड, ‘ख’ वर्गका बैंकले ३ करोड र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १ करोड लाख बराबरको रकम मुद्दती निक्षेपमा राख्न खोजेको हो।
बैंकले शुक्रबार ७ बजेसम्म आवेदन दिन आग्रह गरेको छ। मुद्दती निक्षेपमा २०८२ जेठ ५ गतेदेखि २०८३ जेठ ५ गतेसम्म ३६६ दिनका लाग राखिने समेत राष्ट्र बैंकले जानकारी दिएको छ।
बैंकको तोकिएको न्यूनतम पुँजीकोष कायम भएको, बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको र निष्क्रिय कर्जा (एनपीएल) अनुपात ८ प्रतिशत र खुद निष्क्रिय कर्जा (खुद एनपीएल) अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने लगायत शर्त राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।