• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

अवैधानिक नेटवर्किङ धन्दा : यस्तो छ नेचर हर्ब्सको सर्वसाधारण ठग्ने ‘मास्टर प्लान’ 

३ देखि २५ प्रतिशतसम्म कमिसन र दैनिक १ लाखसम्म कमाई हुने झुटो आस्वासन दिएर ६ शीर्षकमा ठगी 
64x64
हेमन्त जोशी सोमबार, भदौ १, २०७७  ०७:५५
1140x725

काठमाडौं–नेचर हर्ब्स इन्टरनेसनल प्रालि नामको कम्पनीले गुपचुप रुपमा अवैध नेटवर्किङ व्यवसायको साम्राज्य खडा गरेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट वस्तुको प्रत्यक्ष बिक्री–वितरणका लागि इजाजत पाएको उक्त कम्पनीले अब नेपालमा नेटवर्किङ वैध भएको भन्दै आम मानिसलाई आफ्नो सदस्य बनाएर रकम असुली गर्न थालेको हो।

नेचर हर्ब्सले अहिले नेपालमा विस्तार गरिरहेको नेटवर्किङको शैली र उपभोक्तालाई कानुनविपरीत कति आश्वासन देखाएर ठगी गरिरहेको छ भन्ने विवरण नेपाल लाइभलाई प्राप्त भएको छ। श्रोतले नेपाल लाइभलाई उपलब्ध गराएको नेचर हर्ब्सको गैरकानुनी व्यवसायिक र बजारीकरण योजना (बिजनेस एण्ड मार्केटिङ प्लान) अनुसार अहिले देशमा मुख्य सहरहरुमा टोली खटाई प्रशिक्षणको काम भईरहेको छ। प्रशिक्षणपछि ती व्यक्तिहरुले सर्वसाधारणलाई नेचर हर्ब्सको सदस्य बनाउँछन्। 

उक्त कम्पनीले गरिरहेका यी सबै गतिविधि ‘वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धमा व्यवस्थापन तथा नियमन गर्न बनेको ऐन २०७४’ को प्रावधानविपरीत छन्। दैनिक एक लाख रुपैयाँभन्दा बढीसम्म कमाई हुने भन्दै कम्पनीमा आवद्ध व्यक्तिहरुले विभिन्न ६ शीर्षकमा पैसा संकलन गरिरहेको देखिएको छ। विगतमा युनिटी, हर्बो, गोल्डक्वेस्ट जस्ता कम्पनीले अपनाएको शैलीलाई केही परिवर्तन (नाम र योजना) गरी अवैध नेटवर्किङ धन्दा भईरहेको हो। 

यसरी चलिरहेको छ नेचर हर्ब्सको ठगी धन्दा 
कम्पनीमा आबद्ध व्यक्तिहरुले आफ्नो सम्पर्कमा रहेका र नयाँ चिनजानसमेत गरी उनीहरुलाई सामान्य व्यापार व्यवसाय र जागिरहरुको तुलनामा अथाह पैसा कमाउन सकिने आस्वासन बाड्छन्। नेचर हर्ब्सको अवैध ‘मार्केट प्लान’ अनुसार विभिन्न ६ किसिमबाट पैसा कमाउन सकिन्छ भनेर आस्वासन दिईछ। कम्पनीकै भाषामा (यद्यपि यो कानुनविपरीत हो) खुद्रा बोनस (रिटेल बोनस) १५ प्रतिशत, क्रियाशीलता बोनस (पर्फमेन्स बोनस) २५ प्रतिशत, समूहगत बोनस (ग्रुप बोनस) १७ दशमलब ५ प्रतिशत, नेतृत्वगत बोनस (लिडरसिप बोनस) ५ प्रतिशत, तहगत बोनस (लेभल बोनस) २५ प्रतिशत, स्टार रोयल्टी बोनस १५ प्रतिशत र प्रिभेलेज कार्डमार्फत् फाईदा लिन सकिन्छ भनेर प्रशिक्षण दिईन्छ। 

कम्पनीकै भाषामा ‘डोर वे प्लान’ भनिने योजनामा भने नाफा कमाउन नमिल्ने तर सामान किन्न सकिने भनेर सिकाईन्छ। यो योजनाबाट सामान किन्दा माथिल्लो तहका व्यक्तिहरुले कमिसन त पाउँछन् तर सामान किन्न व्यक्ति नेटवर्किङको हिस्सा भने हुँदैन। अथवा ११ हजार ७ सय रुपैयाँभन्दा कमको सामान किन्नेलाई ‘अयोग्य वितरक’ भनेर नाम दिएको छ।

११ हजार ७ सय रुपैयाँ तिरेपछि नेटवर्कमा आबद्ध हुन पाईन्छ। अर्थात ‘योग्य वितरक’ बन्न पाईन्छ। नेचर हर्ब्सले तोकेको यसको नाम ‘सिल्भर प्लान’ हो। तर त्यसको बिजनेस भ्यालु ९बिभि० भने २ सय रुपैयाँ बराबर मानिन्छ। अथवा २ सय ‘बिभि’का लागि ११ हजार ७ सय रुपैयाँ तिर्न लगाइन्छ। अझ स्पष्ट रुपमा भन्दा २ सय रुपैयाँ बराबरको लगानी हुन्छ भनेर सदस्य बनाउने नाममा ११ हजार ७ सय रुपैयाँ तिर्न लगाईन्छ। 

गैरकानुनी रुपमा बनाईएका सदस्यहरुलाई कम्पनीले कमाएको मुनाफा वितरणमा बढी ‘बिभि’ भए बढी कमाइने र कम ‘बिभि’ भए थोरै कमाइने भनेर सिकाईन्छ। त्यहीअनुसार बढी पैसा असुल्ने अरु विभिन्न नामका योजना कम्पनीले बनाएको छ। ‘सिल्भर प्लान’ भन्दा माथि ‘गोल्ड प्लान’ राखिएको छ। यसका लागि कम्पनीले ३७ हजार ५ सय रुपैयाँ तिर्न लगाउँछ। १ हजार ‘बिभि’ मानिएको यो प्लान खरिद गर्दा दैनिक २६ हजार २ सय ५० रुपैयाँ आम्दानी हुन्छ भनेर भ्रममा पारिन्छ।

त्यसैगरी ७५ हजार रुपैयाँ बराबरको ‘डाइमण्ड प्लान’ खरिदमा उपभोक्तालाई ७५ हजार रुपैयाँ तिर्न लगाईन्छ भने दैनिक साढे ५२ हजार रुपैयाँ बराबर दैनिक आम्दानी हुने झुटो आश्वासन दिने गरिएको छ। सबै माथि १ लाख ५० हजार रुपैयाँ बराबरको ‘सुपर डाइमण्ड प्लान’ राखिएको छ, जसमा दैनिक १ लाख ५ हजार रुपैयाँसम्म आम्दानी हुन्छ भन्ने आश्वासन दिने गरेको श्रोत बताउँछ। 

Ncell 2
Ncell 2
nimb
nimb

यी विभिन्न प्लान खरिद गरिसकेपछि उपभोक्तालाई अब पैसा कमाइन्छ भनेर आश्वासन दिईएको हुन्छ। सुरुमा विभिन्न प्लानमा पैसा हालिसकेपछि पैसा कमाई हुन्छ भन्ने कम्पनीले प्लान खरिद गरिसकेपछि भने अब ‘स्टार लिडर’ बन्नसकेमात्र पैसा कमाई हुन्छ भन्न थाल्छ। विभिन्न हिमालका नाममा विभिन्न रकमको योजना छुट्याईन्छ। धेरै रकम तिर्ने र धेरै सदस्य बनाउने व्यक्तिलाई विभिन्न स्टार तोकिन्छ (जस्तो माछापुच्छ्रे, कंचनजंघा, सगरमाथा आदि)।

बढी पैसा कमाउने नाममा सर्वसाधारणले फेरी त्यसमा पैसा हाल्छन। स्टार लिडरलाई ‘स्टार रोयल्टी’को लोभ देखाईन्छ। स्टार रोयल्टी बाँड्ने नाममा माछापुच्छ्रे स्टारलाई ४० प्रतिशत, अन्नपूर्ण स्टारलाई ३० प्रतिशत, धौलागिरी स्टारलाई २० प्रतिशत, कंचनजंघा स्टारलाई ७ प्रतिशत एभरेस्ट स्टारलाई ३ प्रतिशत नाफा बाँड्ने भनिन्छ। तर यसरी बाँडिने नाफा सबै सदस्यहरुलाई नै बाँढिन्छ भन्ने भ्रम सिर्जना कम्पनीले गरिदिन्छ। नेपाल लाइभलाई प्राप्त कम्पनीको बिजनेस प्लान डकुमेन्टअनुसार कम्पनीको कुल नाफाको १५ प्रतिशत नाफा बाँड्ने देखिन्छ। 

यसरी विभिन्न शीर्षकमा पैसा उठाईसकेपछि उपभोक्तालाई नेचर हर्ब्सको वस्तु खरिदमा १५ प्रतिशत छुट दिने भनिन्छ। जसलाई उनीहरुले ‘खुद्रा बोनस’ भन्छन्। जसमा उपभोक्तालाई कुनै एउटा प्लान खरिद गरिसकेपछि केही  सामान किन्नुपर्दा १५ प्रतिशत छुट दिने आश्वासन दिइन्छ। माथि भनिएका कुनै प्लान नलिएका ग्राहकले भने यो छुट पाउँदैन। 

त्यस्तै, कुनै व्यक्तिलाई सदस्य बनाएर सामान किनाउँदा २५ प्रतिशत कमिसन दिईन्छ। अर्थात् ‘ए’ भन्ने नेचर हर्ब्सको सदस्यले ‘बी’ भन्ने कुनै आम मानिसलाई सदस्य बनाएर सामान किन्न लगाएमा ‘ए’ ले २५ प्रतिशत कमिसन पाउँछ। त्यो कमिसन तहगत रुपमा जान्छ। अथवा विभिन्न तहका व्यक्तिहरुले त्यसको हिस्सा पाउँछन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बढीभन्दा बढी ठगी गर्न सकियोस भनेर म्याचिङ (दुईजना जोड्नु) वापत् कमिसन पाउने भनेर अरु जोड्न लगाईन्छ। नेतृत्वगत बोनस भनेर धेरै सदस्य जुटाउनेलाई दिने गरी अर्को शीर्षक बनाईएको छ। जसले सबैभन्दा धेरै सदस्य बनाउँछ त्यो व्यक्तिले नेतृत्वगत बोनस पाउने भनेर कम्पनीले प्रशिक्षण दिने गरेको छ। 

कम्पनीले ठगीका लागि तयार पारेको अर्को शीर्षक हो। ‘तहगत बोनस’। तहगत बोनसका रुपमा पहिलो तहमा ७ प्रतिशत, दोस्रो तहमा ६ प्रतिशत र तेस्रो तहमा ५ प्रतिशत दिनेगरी क्रमशः ७ तहसम्म कमिसन छुट्याउनुपर्छ। कुनै व्यक्ति सदस्य बन्दा वा सामान किन्दा यी सबै तहमा कमिसन जान्छ। 

‘प्रिभिलेज कार्ड’ को प्रावधान राखेर आम मानिसमा त्यसको भ्रम सिर्जना गर्नु नेचर हर्ब्सले गरिरहेको अवैध ठगी धन्दाको अर्को पक्ष हो। प्रिभिलेज कार्ड निश्चित रकम तिरेपछि कम्पनीले बनाएका अवैध सदस्यहरुलाई बाडिन्छ। स्रोतका श्रोतका अनुसार यस्तो कार्ड लिनका लागि ३० हजार रुपैयाँ तोकिएको छ। यो कार्ड लिएपछि इन्टरनेट शुल्कमा छुट, स्कुल–कलेज, होटल, अस्पताल जताततै छुट पाईन्छ भनेर कम्पनीले भ्रम छर्ने गरेको छ। आफूहरुले विभिन्न कम्पनीहरुसँग सम्झौता गरिसकेकाले त्यस्ता कम्पनीले दिने वस्तु र सेवामा छुट पाईने भन्दै यो शीर्षकमा पनि नेचर हर्ब्सले पैसा असुलिरहेको छ।

सम्बन्धित समाचार

नेटवर्किङ धन्दा : समितिको निर्देशनपछि इजाजत रोकियो, तर कारोबार रोकिएन

नेटवर्किङ व्यवसायबारे छानबिन गर्न संसदीय उपसमिति गठन

सांसद भन्छन्- नेटवर्किङबाट हामी नै ठगिएका छौंं, यसलाई तत्काल बन्द गरौं

संसदीय समितिमा वाणिज्य विभागका महानिर्देशकले भने-नेटवर्किङ गर्ने व्यक्तिको प्रहरी रिपोर्ट नहेरेर गल्ती भयो
अवैध नेटवर्किङ धन्दालाई राज्यको संरक्षण : बिहीबार स्पष्टीकरण, त्यसपछि २ दिन प्रशिक्षण, सोमबार ‘क्लीन चिट’

अवैध नेटवर्किङ व्यवसाय गर्ने नेचर हर्ब्सलाई वाणिज्य विभागले सोध्यो स्पष्टीकरण

वस्तुको प्रत्यक्ष बिक्रीका नाममा चलेको नेटवर्किङ धन्दामा नियामकको रहस्यमय मौनता

नेटवर्किङ धन्दाको चक्रव्यूह : पूर्व प्रदेश प्रमुखदेखि पूर्व एआइजीसम्म संलग्न 

कानुनविपरीत नेटवर्किङ धन्दा भइरहेको वाणिज्य विभागद्वारा स्वीकार

 

प्रकाशित मिति: सोमबार, भदौ १, २०७७  ०७:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार शनिबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैस... शनिबार, असोज ३१, २०८३
अर्थमन्त्री वाग्ले विदेश भ्रमणमा, कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्ने प्रस्ताव अलपत्र निष्क्रिय कम्पनीलाई कम्पनी ऐनअनुसार सरकारले स्वतः बन्द गर्न सक्छ। तर, नचलेका कम्पनी बन्द गर्ने नाममा करलगायतका खर्चका साथै अनावश्यक... शुक्रबार, असोज ३०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्