• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २४, २०८२ Fri, Oct 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

अवैध नेटवर्किङ धन्दाबाट ठगिएकाे भन्दै दर्जन बढी कम्पनीविरुद्ध वाणिज्य विभागमा उजुरी

अनुसन्धान भइरहेको छ, चाँडै कारबाहीको दायरामा ल्याउँछौं : विभाग
64x64
नेपाल लाइभ शनिबार, असोज ३, २०७७  ०७:२७
1140x725

काठमाडौं-अवैध नेटवर्किङ धन्दाबाट ठगीमा परेको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा दर्जनभन्दा बढी संस्था र व्यक्तिविरुद्ध उजुरी परेको छ। नेपाली र विदेशी कम्पनीसमेतले पिरामिड शैलीको नेटवर्किङ धन्दा चलाएर ठगी गरिरहेको भन्दै विभागमा उजुरी आएका हुन्। 

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीका अनुसार काठमाडौं उपत्यका र बाहिरका जिल्लाहरुबाट समेत यस्ता उजुरी आएका छन्। ‘काठमाडौं उपत्यका र झापालगायत तराईका जिल्लाबाट गुनासो र उजुरी आएका छन। यसअघि विभागबाट वस्तुको प्रत्यक्ष बिक्री वितरणका लागि इजाजत लिएका र त्यस्तो इजाजत नलिएका अरु कम्पनीविरुद्ध पनि उजुरी परेको छ,’ महानिर्देशक सुवेदीले भने।  

विभागले गत बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै अवैध नेटवर्किङ धन्दाबारे उजुरी आउन थालेको र यस्तो व्यवसाय प्रचलित कानुनविपरीत भएकाले त्यस्ता कार्य नगर्न नराउनसमेत सचेत गराएको छ। विभागले उक्त सूचनामार्फत् ‘केही नेपाली कम्पनी तथा व्यक्तिहरु तथा विदेशी समेतले वस्तुको प्रत्यक्ष बिक्रीका नाममा गैरकानुनी रुपमा नेटवर्किङ शैलीमा व्यवसाय गरी नेपाल तथा विदेशमा रहेका नेपालीहरु समेतलाई त्यसमा आवद्ध गरी ठगी गरेको तथा पूँजी पलायन गरेको गुनासो उजुरी आएको’ जनाएको छ।

यस विषयमा गम्भीर ध्यानाकर्षण भएको र गुनासो तथा उजुरीका आधारमा केही व्यक्ति तथा कम्पनीहरु उपर अनुसन्धान, जाँचबुझ तथा छानबिन पनि भईरहेको जनाएको छ। 

Ncell 2
Ncell 2

वस्तुको प्रत्यक्ष बिक्री वितरणसम्बन्धी काम हेरिरहेकाे वाणिज्य विभाग अन्तर्गतको वैदेशिक व्यापार नियमन शाखा प्रमुख शिवराज सेँढाईले पनि दर्जनौैं कम्पनी र व्यक्तिविरुद्ध उजुरी आएको र विभागले आवस्यक अनुसन्धान गरिरहेको बताए। नेपाली र विदेशी कम्पनीहरुसमेत यस्तो अवैध धन्दामा लागेको देखिएको र विभागले गम्भीरतापूर्वक छानबिन गरिरहेको उनले जानकारी दिए।

‘ठगीका धेरै गुनासो र उजुरी आएका छन। उजुरीकर्ताको संख्या निकै धेरै छ। उनीहरुले दर्जनाैं व्यक्ति र कम्पनीहरुको नाम खुलाएका छन। त्यसैका आधारमा विभागले अध्ययन र छानबिनको काम अघि बढाएको छ,’ सेँढाईले भने। 

अनसन्धान प्रकृयामा असर पर्नसक्ने भन्दै विभागले कुन–कुन कम्पनीविरुद्ध उजुरी परेको छ भन्ने खुलाउन चाहेन। त्यस्तै उजुरीकर्ताको संख्या पनि विभागले स्पष्ट पारेको छैन। ठगीसम्बन्धी मुद्दा भएकाले यसको अनुसन्धानमा नेपाल प्रहरीसँग समन्वय गरिरहेको पनि महानिर्देशक सुवेदीले बताए।

अहिले विभागले प्रहरीको सहयोगमा उजुरी परेको व्यक्ति र संस्थाहरुलाई खोज्ने काम गरिररहेको छ। केही व्यक्ति र संस्थालाई विभागले छानबिनको दायरामा ल्याईसकेको र विस्तृत अनुसन्धान चलिरहेको समेत जनाएको छ। 

वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन २०७४ तथा नियमावली २०७६ ले पिरामिडमा आधारित संजालयुक्त (नेटवर्किङ) गर्न नपाईने स्पष्ट व्यवस्था गरेको छ। यस्तो गैरकानुनी काम गरेको भेटिए मौजुदा कानुनी व्यवस्थाअनुसार १० लाख रुपैयाँ सम्म जरिवाना वा ५ वर्ष जेल सजाय वा दुवै सजाय हुन सक्ने पनि विभागले जनाएको छ।

विगतमा ठगी धन्दा चलाएका व्यक्ति तथा संस्थाहरु नै अहिले वस्तुको प्रत्यक्ष बिक्री वितरणका नाममा इजाजत लिएर अवैध नेटवर्किङ धन्दा चलाउन थालेपछि संसदीय समितिले समेत यसबारे छानबिन गरिरहेको छ। संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले एक अध्ययन उपसमितिसमेत बनाई वस्तुको प्रत्यक्ष बिक्रीका नाममा नेटवर्किङ धन्दा मौलाउन नदिन अवलम्बन गर्नुपर्ने सुझावसहितको प्रतिवेदन तयार पारी समितिलाई बुझाईसकेको छ। तर समितिले मन्त्रालय र विभागलाई थप निर्देशन भने गरेको छैन।

प्रकाशित मिति: शनिबार, असोज ३, २०७७  ०७:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परिवर्तन आत्मसात गरी चुनावमा जान दलका नेतालाई प्रधानमन्त्रीको आग्रह
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो
टी–२० विश्वकप छनोट : जापानविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल
सम्बन्धित सामग्री
नेताको घरमा पैसा भेटिएको विषय जोड्दै अर्थ मन्त्रालयले सम्झायो नगद कारोबारको कानुनी व्यवस्था सरकारले विद्युतीय कारोबारलाई प्रोत्साहित गरिरहेको भन्दै विद्युतीय भुक्तानीमार्फत जुनसुकै सीमासम्मको रकमको कारोबार गर्न सकिने भएकोले... आइतबार, असोज १२, २०८२
आजदेखि अर्थ मन्त्रालयका सबै टिप्पणी डिजिटल स्वीकृतिबाट मात्र डिजिटल स्वीकृति प्रणाली लागू भएपछि कागजी काममा लाग्ने समय घट्ने र दक्षता बढ्ने विश्वास लिइएको छ। शुक्रबार, असोज १०, २०८२
सरकारी ऋण २७ खर्ब ४३ अर्ब नाघ्यो यो नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४४.९२ प्रतिशत हो । गत असारसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेको थियो । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
परिवर्तन आत्मसात गरी चुनावमा जान दलका नेतालाई प्रधानमन्त्रीको आग्रह शुक्रबार, असोज २४, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
टी–२० विश्वकप छनोट : जापानविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल शुक्रबार, असोज २४, २०८२
राष्ट्रपतिले बोलाए दलहरूलाई शुक्रबार, असोज २४, २०८२
सप्तरीमा आगलागी हुँदा ७ घर जले, एक जना घाइते शुक्रबार, असोज २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
राष्ट्रपतिले बोलाए दलहरूलाई शुक्रबार, असोज २४, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
माइतीघरबाट डा‍. निकोलस भुसालसहित १८ जना पक्राउ बिहीबार, असोज २३, २०८२
नक्कली आयोग मन्जुर छैन, प्रतिवेदन मानिँदैन : केपी ओली बिहीबार, असोज २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्