राजविराज– सप्तरीको रुपनी गाउँपालिका–१ रुपनीमा बिहीबार राति आगलागी हुँदा जलेर एक जना घाइते भएका छन् । ७ वटा घरमा क्षति पुगेको छ ।
घरमा भएका नगद, गरगहना, अन्नपात, लत्ताकपडा र पशुचौपाया जल्दा ५० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ ।
स्थानीय ललित यादवको घरमा जडान गरिएको मिटरमा विद्युत सर्ट भई आगलागी भएको हो । आगो निभाउने क्रममा २८ वर्षीय श्यामसुन्दर यादवको ढाड र हात जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी डम्बरबहादुर पुरीले जानकारी दिए । घाइते यादवको मधेश प्रदेश प्रहरी अस्पताल रुपनीमा उपचार भइरहेको छ । उनको अवस्था समान्य छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।