काठमाडौं– आगामी टी–२० विश्वकपका लागि एसिया प्यासिफिक छनोट अन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेल जापानसँग खेल्दैछ ।
ओमानमा जारी प्रतियोगिता अन्तर्गत आजको खेलमा नेपालले टस जित्दै बलिङ रोजेर जापानलाई ब्याटिङको निम्तो दिएको हो ।
दुई टिमले कुवेतलाई हराएका छन् । एक/एक खेल जितेका दुवै टोलीबीच आजको खेल जसले जित्छ, त्यसले दुई अंक लिएर सुपर सिक्समा जानेछ ।
सुपर सिक्समा शीर्ष तीन टोलीहरु भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकप २०२६ का लागि छनोट हुनेछन् । नेपालले पहिलो खेलकै प्लेइङ ११ लाई उतार्ने भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।