काठमाडौं– माइतीघरमा प्रदर्शन गर्न खोज्नेहरूलाई प्रहरीले धमाधम पक्राउ गरेको छ ।
जेनजीका विभिन्न समूह बिहीबार प्रदर्शन गर्ने भन्दै माइतीघर पुगेका हुन् । प्रहरीले उनीहरूलाई प्रदर्शन गर्न रोक लगाएको छ ।
हालसम्म पक्राउ पर्नेको सङ्ख्या १८ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा डा.निकोलस भुसाल र सञ्जीव दाहाल लगायतका छन् । प्रदर्शनकारीहरूले शान्तिपूर्ण प्रदर्शन गर्ने बताएपछि घुसपैठ हुने र हिंसा भड्किन सक्ने सुरक्षा विश्लेषण छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।