काठमाडौं– तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दल र सरकारसँग छलफल गर्ने भएका छन् ।
संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल र सरकारलाई राष्ट्रपतिले डाकेका हुन् ।छलफल राष्ट्रपति निवास शीतल निवासमा दिउँसो ४ बजे सुरु हुने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
जेन-जी आन्दोलनपछि बनेको अन्तरिम सरकारलाई ६ महिनाभित्र चुनाव गर्नुपर्ने म्यान्डेट छ । प्रतिनिधिसभाको निर्वाचन गराउने जिम्मेवारीसहित सरकार गठन भएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीले ९ असोजमा राष्ट्रका नाममा सम्बोधन गरेकी थिइन् । निर्वाचन धाँधलीरहित र सबैलाई भाग लिने वातावरणसहितको हुने उनको दाबी थियो ।
२१ फागुनमा निर्वाचन मिति घोषणा भइसकेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।