काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको गौरी बहादुर कार्की नेतृत्वको आयोगलाई नक्कलीको संज्ञा दिएका छन् ।
बिहीबार एमाले भक्तपुर जिल्ला कमिटीले गुण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दे ओलीले अयोगबारे यस्तो टिप्पणी गरेका हुन् ।
‘सम्पत्ति छानबिन गर्ने रे, एक पटक होइन दश पटक गर्नुस् । मन्त्रीज्यूहरु आफ्नै सम्पत्ति छानबिन गर्नुहुन्छ ?’, प्रश्न गर्दै ओलीले गजबको ड्रामा गरिएको बताए ।
‘यस्ता नाटक एमालेलाई मन्जुर र स्वीकार छैन’, ओलीको भनाई छ । ओलीले आयोगको प्रतिवेदन नमान्ने समेत बताए । ‘के गर्नुस् गर्नुस्’, उनले भने एमाले चिचिपट खेलेर नआएको भन्दै देश विकासको मार्गचित्र प्रस्तुत गरेर आएको बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।