• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ २२, २०८२ Thu, Jun 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार
विदेशबाट निःशुल्क उद्धारका लागि ६ हजार श्रमिकको आवेदन फिर्ती केन्द्रका ४१३ को विवरण प्राप्त, छानबिन हुँदै ६ हजारभन्दा बढी निवेदन
64x64
निर्मला घिमिरे बुधबार, साउन २१, २०७७  २०:१६
1140x725

काठमाडौं- विदेशबाट निः शुल्क उद्धारका लागि हालसम्म रोजगारी गुमाएका ६ हजार श्रमिकहरुको आवेदन परेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। 

मलेसिया, खाडीलगायत विभिन्न ९ मुलुकस्थित नेपाली दूतावासमा रोजगारी गुमाएर अलपत्र परेका ६ हजार श्रमिकहरुले निःशुल्क उद्धारका लागि आवेदन दिएका हुन्। 

आवेदन दिएका ६ हजार श्रमिकहरुको उद्धार सम्बन्धमा दूतावासहरुले छानबिन सुरु गरेको मन्त्रालयका सहसचिव सुमन घिमिरेले बताए। 

‘उनीहरुलाई स्वदेश फिर्तीका लागि खर्च सम्बन्धीत रोजगारदाताले व्यहोर्ने वा कोषबाट नै बेहोर्नुपर्ने हो यसबारे नियोगहरुले छानबिन गरिरहेका छन्,’ सहसचिव घिमिरेले नेपाल लाइभसँग भने।

कोषको रकमबाट उद्धार गर्नुपर्ने घरफिर्ती केन्द्रका ४१३ को विवरण प्राप्त 
सहसचिव घिमिरेका अनुसार वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरी उद्धार गर्नुपर्ने डिटेन्सन सेन्टर (घर फिर्तीकेन्द्र) मा रहेका ४ सय १३ जना श्रमिकहरुको विवरण प्राप्त भएको छ। 

हालसम्म मलेसिया, बहराइन लगायत ३ मुलुकका घरफिर्ती केन्द्रमा रहेका ४ सय १३ श्रमिकहरुको विवरण मात्र प्राप्त भएको मन्त्रालयले जनाएको छ। अन्य गन्तव्य मुलुकमा आममाफी पाएर घरफिर्ती केन्द्रमा रहेका श्रमिकहरुका सम्बन्धमा विवरण आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ। 

विदेशमा अलपत्र परेका श्रमिकहरुलाई कल्याणकारी कोषको रकम प्रयोग गरी उद्धारसम्बन्धी निर्देशिकाले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएर अलपत्र परेका कामदारलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकममार्फत् स्वदेश फर्काउने व्यवस्था गरको छ।

निर्देशिकाको दफा ६ ले आफ्नै खर्चमा नेपाल फर्कन नसकी अलपत्र परेका श्रमिकलाई स्वदेश फर्काउन खर्चको मापदण्डसम्बन्धी व्यवस्था गरेको छ। त्यसअनुसार एक वर्षभन्दा कम रोजगार करार अवधिमा रोजगारी गुमाएका कामदारका लागि लाग्ने हवाई टिकटको सबै रकम कोषले व्यहोर्नेछ। एक वर्ष वा सोभन्दा बढी करार अवधिभित्र रोजगारी गुमाएका कामदारका लागि लाग्ने हवाई टिकट खर्चको ७५ प्रतिशत रकम कोषले व्यहोरिदिनेछ भने बाँकी स्वयंले व्यहोर्नुपर्नेछ। 

Ncell 2
Ncell 2

पुनः श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएर अलपत्र परेका श्रमिकहरुको हकमा हवाई टिकट खर्चको ५० प्रतिशत रकममात्र कोषले व्यहोर्नेछ। करार अवधिभित्र थुनामा परेर आममाफी पाई स्वदेश फिर्ती केन्द्रमा रहेका श्रमिकहरुका लागि लाग्ने हवाई टिकट बापतको सबै खर्च कोषले व्यहोर्नेछ। 

उद्धार गरिएका श्रमिकहरुलाई विमानस्थलबाट सम्बन्धित क्वारेन्टाइनसम्म पुर्याईउँदा लाग्ने यातायातसहित अन्य सबै खर्च समेत कोषले व्यहोर्नेछ। सरकारले तोकेको स्थानीय तथा प्रदेशस्तरीय क्वारेन्टाइनको खर्च सरकारले कोरोना कोषमार्फत् व्यहोर्ने व्यवस्था गरिएको छ। 

निः शुल्क उद्धारका लागि यस्तो छ छानबिन प्रक्रिया 
निःशुल्क उद्धारका लागि कूटनीतिक नियोगहरुमा श्रमिकहरुको निवेदन प्राप्त भएपछि सम्बन्धित गन्तव्य मुलुकको सरकार, रोजगारदाता वा रोजगारीमा पठाउने म्यानपावर तथा अन्य स्रोतबाट श्रमिकहरुलाई हवाई टिकट वा अन्य खर्च उपलब्ध भए वा नभएको नियोगले छानबिन गर्छ। 

कामदारले सम्बन्धीत देशमा प्राप्त गरेको पारिश्रमिक खुल्ने रोजगार करार पत्र, काम गरेको अवधिको तलब वा अन्य सुविधा पाए वा नपाएको छानबिन गर्दा आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने अवस्था देखिएमा उनीहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरी स्वदेश फर्काइने व्यवस्था कामदारको उद्धार गरी स्वदेश फिर्ता गर्ने सम्बन्धी निर्देशिका २०७७ ले गरेको छ।

रोजगारदाता वा अन्य कुनै पक्षबाट स्वदेश फिर्तीका लागि आर्थिक सहयोग नपाएको अवस्थाका श्रमिकहरुलाई सम्बन्धित नियोगले वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत विवरण रुजु गरी प्रमाणीत गर्छ। सो प्रमाणित भएको विवरण परराष्ट्र मन्त्रालयमार्फत् वैदेशिक रोजगार बोर्डमा पठाउनुपर्ने व्यवस्था छ।

प्राप्त विवरणका आधारमा बोर्डले त्यस्ता श्रमिकहरुलाई स्वदेश फिर्ता गर्न कोषबाट रकम उपलब्ध गराउनेछ। सबै प्रक्रिया पूरा भएपछि सम्बन्धीत कूटनीतिक नियोगले परराष्ट्र मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र श्रम मन्त्रालयको समन्वयमा त्यस्ता कामदारहरुलाई स्वदेश फर्काइनेछ। 

उद्धारका लागि विवरण आएको छैन : बोर्ड 
निः शुल्क उद्धार गर्नुपर्ने अवस्थाका श्रमिकहरुको विवरण बोर्डमा नआएको बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले बताए। 
‘अहिले सम्म बोर्डमा विवरण प्राप्त भएको छैन। कुन मुलुकबाट स्वदेश ल्याउने श्रमिकहरुलाई कोषले कति रकम बेहोर्नुपर्ने हो सो सम्बन्धमा स्पष्ट विवरण आएपछि हामी कोषबाट रकम पठाउँछौँ,’ बोर्डका सूचना अधिकारी सुवेदीले नेपाल लाइभसँग भने। 

२० हजार श्रमिकको हवाई शुल्क रोजगारदाताले व्यहोर्ने 
कोरोनाका कारण अप्ठ्यारो परी तत्काल स्वदेश फर्कनुपर्ने २० हजार श्रमिकको हवाई शुल्क रोजगारदाताले व्यहोर्ने भएका छन्। रोजगारदाताले हवाई शुल्क व्यहोर्ने २० हजार श्रमिकको विवरण प्राप्त भएको श्रम मन्त्रालयले जनाएको छ। 

रोजगारदाताले हवाई शुल्क बेहोरिदिने २० हजार श्रमिकहरु उद्धारका लागि विवरण प्राप्त भएको श्रम मन्त्रालयले जनाएको छ। 

४३ हजारभन्दा बढी लकडाउनमा नै फर्किए 
आफैँ खर्च व्यहोर्ने तथा रोजगारदाताले खर्च बेहोरिदिएका ४३ हजार ३ सय २९ नेपाली स्वदेश फर्किएका छन्। बुधबारसम्म विभिन्न विभिन्न २९ वटा मुलुकबाट हवाई उडानमार्फत् उनीहरु स्वदेश फर्किएका हुन्।

प्रकाशित मिति: बुधबार, साउन २१, २०७७  २०:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालका अनुसार गत वैशाखदेखि लक्की पोलि इन्डस्ट्रिजले प्लाष्टिकका सामान... शुक्रबार, जेठ ९, २०८२
काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन सरकारी निकाय, गैरसरकारी सङ्घसंस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर तालिम निःशुल्क प्रदान गर्ने तयारी रहेको पनि झाले जान... शनिबार, जेठ ३, २०८२
गण्डकीमा‘राइड सेयरिङ’ले पायो कानुनी मान्यता,दर्ता र नविकरण नगरे जरिवाना मङ्गलबारको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशको सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० पारित गरेको थियो। ‘सम्मानित सर्वोच्च अदालत... बुधबार, वैशाख ३१, २०८२
ताजा समाचारसबै
हङकङ संग मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल बिहीबार, जेठ २२, २०८२
ट्रम्पले लगाए १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध बिहीबार, जेठ २२, २०८२
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची बिहीबार, जेठ २२, २०८२
आज विश्व वातावरण दिवस, विविध कार्यक्रम गरी मनाइँदै बिहीबार, जेठ २२, २०८२
आज कञ्चनपुरका चार पालिकामा सार्वजनिक बिदा बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
चालू बर्षमा सम्पन्न हुने र दायित्व सिर्जना भएका योजनाहरुलाई कटौती गरिएको छैन : अर्थमन्त्री पौडेल
चालू बर्षमा सम्पन्न हुने र दायित्व सिर्जना भएका योजनाहरुलाई कटौती गरिएको छैन : अर्थमन्त्री पौडेल बुधबार, जेठ २१, २०८२
राष्ट्रिय सभा (अठाराैँ अधिवेशन) बैठक
राष्ट्रिय सभा (अठाराैँ अधिवेशन) बैठक बुधबार, जेठ २१, २०८२
सांसदहरुले गरे सार्वजनिक यातायात सञ्चालन गरेर जिम्मेवार बन्न यातायात व्यवसायीहरुलाई आग्रह
सांसदहरुले गरे सार्वजनिक यातायात सञ्चालन गरेर जिम्मेवार बन्न यातायात व्यवसायीहरुलाई आग्रह मंगलबार, जेठ २०, २०८२
राजावादीको प्रदर्शन सिफल चौर
राजावादीको प्रदर्शन सिफल चौर मंगलबार, जेठ २०, २०८२
प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार बिकास समिति बैठक
प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार बिकास समिति बैठक मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आरसिबीको जितको उत्सव मनाउने क्रममा भागदौड, ११ जनाको मृत्यु, ३३ जना घाइते बिहीबार, जेठ २२, २०८२
दक्षिण कोरियाको राष्ट्रपतिमा जे–म्यूङ निर्वाचित, उत्तर कोरियासँगको ‘घाउ निको पार्ने’ प्रतिबद्धता बुधबार, जेठ २१, २०८२
ट्रम्पले लगाए १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध बिहीबार, जेठ २२, २०८२
ललितपुरमा बाटो चौडा बनाउने क्रममा पोलले लागेर एक जनाको मृत्यु, ठैब क्षेत्र तनाग्रस्त बुधबार, जेठ २१, २०८२
विश्वकप लिग २: नेपालले टस हार्‍यो, पहिले फिल्डिङ गर्ने, प्लेइङ ११ मा एक परिवर्तन बुधबार, जेठ २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
आजको राजावादी प्रदर्शन सकियो, ३ जना नियन्त्रणमा बिहीबार, जेठ १५, २०८२
कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार बढ्यो बिहीबार, जेठ १५, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्