• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

विदेशबाट निःशुल्क उद्धारका लागि ६ हजार श्रमिकको आवेदन

फिर्ती केन्द्रका ४१३ को विवरण प्राप्त, छानबिन हुँदै ६ हजारभन्दा बढी निवेदन
64x64
निर्मला घिमिरे बुधबार, साउन २१, २०७७  २०:१६
1140x725

काठमाडौं- विदेशबाट निः शुल्क उद्धारका लागि हालसम्म रोजगारी गुमाएका ६ हजार श्रमिकहरुको आवेदन परेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। 

मलेसिया, खाडीलगायत विभिन्न ९ मुलुकस्थित नेपाली दूतावासमा रोजगारी गुमाएर अलपत्र परेका ६ हजार श्रमिकहरुले निःशुल्क उद्धारका लागि आवेदन दिएका हुन्। 

आवेदन दिएका ६ हजार श्रमिकहरुको उद्धार सम्बन्धमा दूतावासहरुले छानबिन सुरु गरेको मन्त्रालयका सहसचिव सुमन घिमिरेले बताए। 

‘उनीहरुलाई स्वदेश फिर्तीका लागि खर्च सम्बन्धीत रोजगारदाताले व्यहोर्ने वा कोषबाट नै बेहोर्नुपर्ने हो यसबारे नियोगहरुले छानबिन गरिरहेका छन्,’ सहसचिव घिमिरेले नेपाल लाइभसँग भने।

कोषको रकमबाट उद्धार गर्नुपर्ने घरफिर्ती केन्द्रका ४१३ को विवरण प्राप्त 
सहसचिव घिमिरेका अनुसार वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरी उद्धार गर्नुपर्ने डिटेन्सन सेन्टर (घर फिर्तीकेन्द्र) मा रहेका ४ सय १३ जना श्रमिकहरुको विवरण प्राप्त भएको छ। 

हालसम्म मलेसिया, बहराइन लगायत ३ मुलुकका घरफिर्ती केन्द्रमा रहेका ४ सय १३ श्रमिकहरुको विवरण मात्र प्राप्त भएको मन्त्रालयले जनाएको छ। अन्य गन्तव्य मुलुकमा आममाफी पाएर घरफिर्ती केन्द्रमा रहेका श्रमिकहरुका सम्बन्धमा विवरण आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ। 

विदेशमा अलपत्र परेका श्रमिकहरुलाई कल्याणकारी कोषको रकम प्रयोग गरी उद्धारसम्बन्धी निर्देशिकाले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएर अलपत्र परेका कामदारलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकममार्फत् स्वदेश फर्काउने व्यवस्था गरको छ।

निर्देशिकाको दफा ६ ले आफ्नै खर्चमा नेपाल फर्कन नसकी अलपत्र परेका श्रमिकलाई स्वदेश फर्काउन खर्चको मापदण्डसम्बन्धी व्यवस्था गरेको छ। त्यसअनुसार एक वर्षभन्दा कम रोजगार करार अवधिमा रोजगारी गुमाएका कामदारका लागि लाग्ने हवाई टिकटको सबै रकम कोषले व्यहोर्नेछ। एक वर्ष वा सोभन्दा बढी करार अवधिभित्र रोजगारी गुमाएका कामदारका लागि लाग्ने हवाई टिकट खर्चको ७५ प्रतिशत रकम कोषले व्यहोरिदिनेछ भने बाँकी स्वयंले व्यहोर्नुपर्नेछ। 

Ncell 2
Ncell 2
nimb
nimb

पुनः श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएर अलपत्र परेका श्रमिकहरुको हकमा हवाई टिकट खर्चको ५० प्रतिशत रकममात्र कोषले व्यहोर्नेछ। करार अवधिभित्र थुनामा परेर आममाफी पाई स्वदेश फिर्ती केन्द्रमा रहेका श्रमिकहरुका लागि लाग्ने हवाई टिकट बापतको सबै खर्च कोषले व्यहोर्नेछ। 

उद्धार गरिएका श्रमिकहरुलाई विमानस्थलबाट सम्बन्धित क्वारेन्टाइनसम्म पुर्याईउँदा लाग्ने यातायातसहित अन्य सबै खर्च समेत कोषले व्यहोर्नेछ। सरकारले तोकेको स्थानीय तथा प्रदेशस्तरीय क्वारेन्टाइनको खर्च सरकारले कोरोना कोषमार्फत् व्यहोर्ने व्यवस्था गरिएको छ। 

निः शुल्क उद्धारका लागि यस्तो छ छानबिन प्रक्रिया 
निःशुल्क उद्धारका लागि कूटनीतिक नियोगहरुमा श्रमिकहरुको निवेदन प्राप्त भएपछि सम्बन्धित गन्तव्य मुलुकको सरकार, रोजगारदाता वा रोजगारीमा पठाउने म्यानपावर तथा अन्य स्रोतबाट श्रमिकहरुलाई हवाई टिकट वा अन्य खर्च उपलब्ध भए वा नभएको नियोगले छानबिन गर्छ। 

कामदारले सम्बन्धीत देशमा प्राप्त गरेको पारिश्रमिक खुल्ने रोजगार करार पत्र, काम गरेको अवधिको तलब वा अन्य सुविधा पाए वा नपाएको छानबिन गर्दा आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने अवस्था देखिएमा उनीहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरी स्वदेश फर्काइने व्यवस्था कामदारको उद्धार गरी स्वदेश फिर्ता गर्ने सम्बन्धी निर्देशिका २०७७ ले गरेको छ।

रोजगारदाता वा अन्य कुनै पक्षबाट स्वदेश फिर्तीका लागि आर्थिक सहयोग नपाएको अवस्थाका श्रमिकहरुलाई सम्बन्धित नियोगले वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत विवरण रुजु गरी प्रमाणीत गर्छ। सो प्रमाणित भएको विवरण परराष्ट्र मन्त्रालयमार्फत् वैदेशिक रोजगार बोर्डमा पठाउनुपर्ने व्यवस्था छ।

प्राप्त विवरणका आधारमा बोर्डले त्यस्ता श्रमिकहरुलाई स्वदेश फिर्ता गर्न कोषबाट रकम उपलब्ध गराउनेछ। सबै प्रक्रिया पूरा भएपछि सम्बन्धीत कूटनीतिक नियोगले परराष्ट्र मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र श्रम मन्त्रालयको समन्वयमा त्यस्ता कामदारहरुलाई स्वदेश फर्काइनेछ। 

उद्धारका लागि विवरण आएको छैन : बोर्ड 
निः शुल्क उद्धार गर्नुपर्ने अवस्थाका श्रमिकहरुको विवरण बोर्डमा नआएको बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले बताए। 
‘अहिले सम्म बोर्डमा विवरण प्राप्त भएको छैन। कुन मुलुकबाट स्वदेश ल्याउने श्रमिकहरुलाई कोषले कति रकम बेहोर्नुपर्ने हो सो सम्बन्धमा स्पष्ट विवरण आएपछि हामी कोषबाट रकम पठाउँछौँ,’ बोर्डका सूचना अधिकारी सुवेदीले नेपाल लाइभसँग भने। 

२० हजार श्रमिकको हवाई शुल्क रोजगारदाताले व्यहोर्ने 
कोरोनाका कारण अप्ठ्यारो परी तत्काल स्वदेश फर्कनुपर्ने २० हजार श्रमिकको हवाई शुल्क रोजगारदाताले व्यहोर्ने भएका छन्। रोजगारदाताले हवाई शुल्क व्यहोर्ने २० हजार श्रमिकको विवरण प्राप्त भएको श्रम मन्त्रालयले जनाएको छ। 

रोजगारदाताले हवाई शुल्क बेहोरिदिने २० हजार श्रमिकहरु उद्धारका लागि विवरण प्राप्त भएको श्रम मन्त्रालयले जनाएको छ। 

४३ हजारभन्दा बढी लकडाउनमा नै फर्किए 
आफैँ खर्च व्यहोर्ने तथा रोजगारदाताले खर्च बेहोरिदिएका ४३ हजार ३ सय २९ नेपाली स्वदेश फर्किएका छन्। बुधबारसम्म विभिन्न विभिन्न २९ वटा मुलुकबाट हवाई उडानमार्फत् उनीहरु स्वदेश फर्किएका हुन्।

प्रकाशित मिति: बुधबार, साउन २१, २०७७  २०:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
विभिन्न दल र नागरिक समाजसँग छलफलमा छौं, सरकारविरुद्ध आन्दोलनको तयारी हुँदैछ : प्रचण्ड शुक्रबार, असोज २, २०८३
असनमा प्रहरीको अपरेशन : डेढ किलो सुनसहित समातिए भारतीय गिरोहका सदस्य शुक्रबार, असोज २, २०८३
युक्रेनसँगको युद्धपछि रुसमा पहिलोपटक संसदीय निर्वाचन, कब्जा गरेको भूभागमा पनि मतदान शुक्रबार, असोज २, २०८३
जनमत महाधिवेशन : अध्यक्षमा राउत निर्विरोध, उपाध्यक्षमा १४ उम्मेदवार शुक्रबार, असोज २, २०८३
जेन्जी सांसदसँग प्रधानमन्त्री बालेन्द्रको विशेष अन्तरक्रिया, प्रविधि र युवा रोजगारी मुख्य एजेन्डा शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्