complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो

64x64
निर्मला घिमिरे सोमबार, माघ ५, २०७७  १७:५५
1140x725

काठमाडौं- परदेश...! जहाँ सुन्दर पसिनाको खोजीमा लाखौं नेपाली पुगेका छन्। 

कति पसिना पोखेर, सपनाको कुम्लो पारेर फर्किएका छन्। कति संघर्ष गर्दागर्दै उतै अस्ताएका छन्। 

संघर्षकै क्रममा थुप्रै युवा परदेशकै माटोमा बिलाएका छन्।

अमृतमाया राईका शब्द सापटी लिने हो भने परदेशले धेरैका छोरा चुँडेको छ। 

हुन पनि हो, परदेशले हजारौँका सन्तान चुँडेको छ। कतिका अभिभावक छिनेको छ। सिउँदो पुछेको छ। सफलताका सयौँ कथाहरुसँग पीडाका एकादुई घटनाहरु पनि दाँजि साध्य छैनन्। परदेश साँच्चै निर्मम छ। निर्दयी छ।  

‘जेठमा घर आउँछु। आएर बिहे गर्ने हो, दुई वटा बंगुर र एउटा राँगा पालिराख्नु भन्थ्यो। खसी चाहिँ म आफैँ किन्छु भनेको थियो। आउन नपाई असोजमै माथि गइहाल्यो,’ वैदेशिक रोजगार विभाग अगाडि भेटिएकी अमृतमाया राईले दक्षिण कोरियामा ज्यान गुमाएको कान्छो छोरासँगको अन्तिम संवाद सम्झिइन्। 

No description available.

‘प्रेसरले हान्यो कि के भयो ढ्यांग लडेको थियो रे! त्यसपछि साथीले अस्पताल पुर्‍याउँदा ऊ ... गइगएछ। हामीलाई त्यस्तो खबर आयो,’ अमृतमायाका श्रीमान् अम्बरबहादुर राईले सुस्तरी थपे। उनको स्वर अड्किए जस्तो थियो। आँखा रसाएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

६८ बसन्त पार गरिसकेकी अमृतमाया र ७६ बसन्त पार गरिसकेका अम्बरबहादुरले बुढेसकालको सहारा सोचेको कान्छो छोरा (अर्जुन राई) ४ महिना अगाडि गुमाए। त्यही पीडा पोखिरहेका छन् उनीहरू।

No description available.

000

असोज ११ गते अमृतमाया राई घुँडा दुखेर छटपटाइरहेकी थिइन्। केही दिनदेखि ज्वरोले पनि निकै सताएको थियो। त्यही दिन बिहानै कोरियाबाट फोन आयो। नातिनीले फोन उठाएर बोल्न दिइन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘अर्जुन हिजो हिँड्दा-हिँड्दै लड्यो। त्यहीँ बेहोस् भयो। हामीले तुरुन्त अस्पताल त पुर्‍यायौँ तर अस्पतालले मृत घोषणा गर्‍यो,’ फोनमा आवाज सुनियो। बिरामले थलिएकी अमृतमायाको होस हरायो। त्यसपछि के भयो निकै बेर उनले चाल पाइनन्। 

000

होस आउँदा कताकता छोराको मृत्यु भ्रम हो कि भन्ने पनि लाग्यो। छोराले २०७८ जेठमा फर्कन्छु, बिहे भोजका लागि २ वटा बंगुर र एउटा राँगो किनिराख्नु भनेको सम्झिइन्।

अमृतमायालाई जेठमा बिहे गर्न छोरा आउँछ जस्तै लागिरहेकै थियो। छोराको मृत्युको खबर भ्रम जस्तै लागिरह्यो। तर त्यो भ्रम नभएर नियतिको सत्य र चोटिलो प्रहार थियो।

पसिनासँग खुसी साटेर फर्किने वाचा गरेर ४ वर्ष अगाडि कोरिया पुगेका कान्छा छोरा अर्जुन राई (वर्ष २७) काठको बाकसमा फर्किए। उनका सबै सपनाका पोका त्यही बाकसमा लाश बनेर फर्किए। बिहे गर्न आउँदैछु भनेका छोराको अन्तिम संस्कार गर्नुपर्‍यो बुढेसकालका बुबाआमाले।

बुढेसकालको सहारा सोचेको कान्छो छोराको मृत्युले उनीको सपना छरपस्ट बनाइदियो। हुन त यस्तै नियतिले अमृतमाया र अम्बरबहादुरलाई पटक-पटक चिमोटिसकेको थियो। यस अगाडि पनि अघिल्लो रात सद्दे सुतेका दुई छोरा भोलिपल्ट मृत भेटिएका थिए। अब छोराहरुले कमाउँछन् र थप सहज हुन्छ भन्ने बेलामा जेठा र माइला छोराको मृत्यूको पीडा खेप्नु परेको थियो।

‘अघिल्लो रात सद्दे सुतेको जेठो र माइलो भोलिपल्ट हेर्दा मरिराखेका भेटियो। जेठी छोरी पनि धरानमा रोगले मरी। खै के भयो-भयो। मेरो त छोराछोरी भगवानले माथि बोलाएको बोलाइछन्,’ अमृतमाया बर्बराइन्। उनका आँखा टिलपिलाए।

No description available.

000

अमृतमाया र अम्बरबहादुरका ४ छोरा र दुई छोरी गरी ६ सन्तान थिए। खेतबारीको काम गरेर छोराछोरीलाई पढाएकै थिए। जग्गा जमिन काम गरेर खान पुग्ने थियो। बंगुर, खसी, बाख्रा पनि पाल्थे। यसो हुँदा घर खर्च चलाउन खासै दुःख थिएन। साइला र कान्छा घरमा दुःख भएर होइन, श्रम गर्न सक्ने उमेरमा कमाउन विदेशिएका थिए।

पुर्ख्यौली सम्पतिमा आफ्नो पसिना पनि मिसाएर थप खुसी बटुल्ने उनीहरूको सोच थियो। घर पनि राम्रै चलिरहेको थियो। तर क्रमशः आफ्ना सन्तानहरुको मृत्युले सहिनसक्नु चोट थुपारिरह्यो।

अमृतमाया र अम्बरबहादुरका ६ सन्तानमध्ये अब २ जना (साइला छोरा र कान्छी छोरी) मात्रै बाँकी छन्। उनीहरू पनि साथमा छैनन्। साइला छोरा कोरियामै छन्। कान्छी छोरी पनि विदेशमै छन्। साइली बुहारी पनि छन् तर उनी पनि सहरमा बस्छिन्। बुढ्यौलीले ढपक्कै ढाकेको उमेरले सहारा खोज्दै गएको छ। तर उनीहरू दिनप्रतिदिन एक्लिँदै छन्। 

प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  १७:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
भिसा दुरुपयोग गरि जापान पठाउने नाममा लाखौं असुली, यामानोमाथि विभागले अनुसन्धान गर्ने जापानी नागरिक यामानो शिनिचिरोले नेपालमा आफ्नो भिसाको दुरुपयोग गर्दै म्यानपावर कम्पनी र जापान जाने कामदारलाई पैसा उठाएको विषयमा बैदेश... शुक्रबार, असोज ९, २०८३
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू मलेसिया जाने नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावरलाई मुख्य कम्पनी र अन्यलाई सबएजेन्ट बनाइएको विषयमा विवाद भइरहेका बेला व... शुक्रबार, असोज २, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्