complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

आफूसँग सीप छ, स्वदेशमै सबथोक छ

64x64
निर्मला घिमिरे शुक्रबार, माघ ९, २०७७  ०६:३४
1140x725

काठमाडौं- सिमेन्टको धुलो र हिलो लतपतिएर धुस्रेफुस्रे भएको हुलिया। दिउँसो करिब २ बजे। हिलाम्य हातले टायल मिलाउँदै बिच्छ्याइरहेका थिए २७ वर्षीय रामेछापका सौरभ श्रेष्ठ। ३ वर्षदेखि उनी यसैगरी हिलो र धुलोसँग संघर्ष गरिरहेका छन्। 

पसिनासँग खुसी साट्न खाँडीदेखि मलेसियासम्म चहारेका उनलाई अब भने आफ्नै देशको हिलो र माटो प्यारो लाग्न थालेको छ। किनकि परदेश भोगेर फर्किएका उनले संघर्ष के हो बुझिसकेका छन्। 

मलेसियादेखि खाडीसम्म चहारेर फर्किएका उनले पसिनाको मूल्य बुझिसकेका छन्। विदेशबाट फर्किएर टायल बिच्छ्याउने सीप सिकेका उनलाई हिजोआज देशमा कामको दुःख पनि छैन। दैनिक १५ सयसम्म कमाइ गर्छन्। बिदा नबसी काम गर्दा मासिक ४५ हजार कमाउँछन्। काम नपाएर बेरोजगार बस्नुपरेको पनि छैन।

‘कमाइ पनि राम्रो छ। त्यसमा पनि आफ्नै परिवारसँग बसेर काम गर्न पाउनु अर्को सौभाग्य छ,’ सौरभको मुस्कान मास्कबाहिरबाटै प्रस्ट देखिन्छ। परदेशमा बिताएका ४ वर्षहरुसँग पनि उनलाई कुनै पछुतो लागेको छैन। बरु कमाउन नसके पनि परदेश के हो भनेर बुझ्न पाएकोमा उनले चित्त बुझाएका छन्। 

No description available.

कामकै खोजीमा विदेशिनुपर्ने बाध्यता सौरभको मात्र नभएर आम नेपाली युवाको हो। किनकी एसइई सक्नेबित्तिकै अधिकांश नेपाली युवाहरुका लागि ३ वटा विकल्प हुन्छन्। खाडी जाने की देशमै काम खोज्दै भौँतारिने? अथवा अध्ययनलाई निरन्तरता दिने। सक्नेहरु अध्ययनतिर लाग्छन्। नसक्नेहरु खाडीतिर। अध्ययनलाई निरन्तरता दिनेको संख्या त सायदै कम हुन्छ। केही त देशमै काम पाइन्छ कि भनेर भौँतारिनेहरू पनि भेटिन्छन्। सीप नचलेपछि उनीहरू खाडीको बाटो रोज्न बाध्य हुन्छन्। 

रामेछापका सौरभ श्रेष्ठले पनि एसएलसीपछि नै परदेशकै बाटो रोज्न बाध्य भए। सामान्य परिवारमा जन्मिएका सौरभको पढाइलाई निरन्तरता दिन सक्ने अवस्था थिएन। 

‘पढ्ने मन त थियो नि तर कलेज पढ्नलाई पैसा थिएन। त्यसपछि के गर्ने भनेर सोच्दा विदेश नै रोजियो,’ सौरभले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

उनका बुबा श्याम श्रेष्ठ दैनिक ज्यालामजदूरी गर्थे। त्यही मजदूरी गरेरै उनलाई एसएलसीसम्म पढाएका थिए। बुबाले ज्यालामजदूरी गरेर कलेज पढ्न सक्ने अवस्था थिएन‚ जसले गर्दा सौरभले परदेश रोजेका थिए। 

‘त्यतिबेला मैले यहाँ काम गरेको भए पनि त्यही ज्यालामजदूरीकै काम थियो। तर विदेशमा यहाँभन्दा काम र कमाइ पनि राम्रो होला भन्ने लाग्यो। त्यसपछि मैले  परदेश रोजेँ,’ उनले सुनाए। 

हेल्पर कामका लागि भनेर मलेसिया गएका उनले मलेसियास्थित टायर कम्पनीमा काम पाएका थिए। महिनाभरि काममा खट्दा कमाइ भने निकै कम थियो। त्यहाँ उनको कमाइ नेपालको २५ हजार रुपैयाँ थियो। कमाइ नभएकै कारण ३ वर्षको करार अवधिका लागि मलेसिया गएका उनी २ वर्षमै स्वदेश फर्किए। 

No description available.

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मलेसियाबाट फर्किएर उनले स्वदेशमै केही गरौँ की भन्ने सोचे। तर साउदीमा राम्रो कमाइ हुने सुने। पसिनासँग पैसा साटेर गुजारा गर्नेहरुलाई कमाइ राम्रो सुनेपछि लोभ लाग्नु स्वाभाविक हो। उनको मन त्यतै लोभियो। त्यसपछि उनी साउदीमा चिया पकाउने कामका लागि पुगे। काम दैनिक ८ घण्टा भनिएको थियो। ९ देखि १० घण्टासम्म खट्नुपर्थ्यो। कमाइ महिनाको ३० हजार नेपाली रुपैयाँ। 

परदेशको ठाउँ ३० हजार कमाइ। ‘स्वदेशमै यसरी खट्न सके, ३० हजार कमाइ कसो नहोला?,’ उनले यही सोचे। करार अवधि सकेर उनी स्वदेश फर्किए।  

बुबा टायल बिच्छ्याउने काम गर्थे। विदेशबाट फर्किएर बुबासँग बुझ्दा उनलाई आफ्नै बुबाको पेशामा पसिना बगाउन मन लाग्यो। ‘जहाँ पनि काम नै त गर्ने हो। झन् आफ्नै परिवारसँग बसेर काम गर्न पाउनु निकै खुसीको कुरा हो,’ उनी भन्छन्, ‘फर्किएर बुबासँग सल्लाह गरेँ। त्यसपछि काम सिकेँ।’ 

केही दिनमै उनले त्यो काम सिके। लगभग १५ दिनजतिमा त उनले राम्रोसँग काम गर्न थाले। बुबा साथमै भएकाले काम सिक्न गाह्रो पनि भएन।  

No description available.

सुरुमा काम गर्दा त दिनको १ हजार कमाउथे। काममा पोख्त हुँदै गए। दैनिक १२ सयबाट ज्याला १५ सय पुग्यो। ‘मेहनतअनुसार कमाइ राम्रो छ। आफूसँग सीप भयो भने नेपालमै काम पाउन गाह्रो छैन,’ सौरभ भन्छन्। 

फेरि उनका बुबा श्याम श्रेष्ठले बेलाबेला उनलाई अर्ति दिइरहन्छन्। २२ वर्षदेखि टायलकै काम गर्दै आएका उनी भन्छन्, ‘मलाई त देश पनि यही विदेश पनि यहीँ।’ श्यामले पनि परिवार पाल्नबाहेक अर्को उपलब्धि गर्न सकेका छैनन्। तर यस्तै कामका लागि विदेश धाउनेहरुको अवस्था पनि त उस्तै हो। त्यही सम्झिएर उनी आफ्नो संघर्षसँग ढुक्क छन्। ‘आफूसँग सीप छ देशमै सबथोक छ,’ छोरा सौरभलाई पनि उनले यही सिकाएका छन्। 

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७  ०६:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
भिसा दुरुपयोग गरि जापान पठाउने नाममा लाखौं असुली, यामानोमाथि विभागले अनुसन्धान गर्ने जापानी नागरिक यामानो शिनिचिरोले नेपालमा आफ्नो भिसाको दुरुपयोग गर्दै म्यानपावर कम्पनी र जापान जाने कामदारलाई पैसा उठाएको विषयमा बैदेश... शुक्रबार, असोज ९, २०८३
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू मलेसिया जाने नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावरलाई मुख्य कम्पनी र अन्यलाई सबएजेन्ट बनाइएको विषयमा विवाद भइरहेका बेला व... शुक्रबार, असोज २, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्