• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस १४, २०८२ Mon, Dec 29, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

कृषिमा वैदेशिक लगानी कति आवश्यक?

64x64
निर्मला घिमिरे मंगलबार, माघ ६, २०७७  २२:४२
1140x725

काठमाडौं– सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ संशोधन गरी कृषि तथा पशुपन्छी क्षेत्रमा वैदेशिक लगानी खुल्ला गर्ने व्यवस्था गरेपछि चौतर्फी आलोचना बढेको छ।

नेपालको कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउँदा नेपाली लगानीकर्तासँगै किसानहरूसमेत प्रभावित हुने त होइनन् भन्ने आशंका उपशंकाहरु समेत उब्जिन थालेका छन्। अहिलेको सन्दर्भमा नेपालको कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउनु कति उचित हो वा होइन भन्ने सन्दर्भमा बहस हुन थालेका छन्। 

सम्बन्धित सरोकारवालाहरुसँगको समन्वयबिना कामचलाउ सरकारले रातारात विदेशी लगानी भित्र्याउन खोज्नु लज्जास्पद कुरा भएको अधिकांश लगानीकर्ताहरुको  प्रतिक्रिया छ। केही भने विदेशी लगानी भित्र्याउनु गलत नभएको पनि बताइरहेका छन्। 

नेपालीले लगानी गर्न सक्ने ठाउँमा विदेशी लगानी भित्र्याउनु गलत : डेरी एसोसिएसन
डेरी एसोसियसन नेपालका महासचिव प्रल्हाद दाहाल सरकारले अन्तराष्ट्रिय अभ्यासलाई समेत नहेरी कृषिमा रातारात कृषिमा विदेशी लगानी भित्र्याउनु गलत भएको जिकीर गर्छन्। 

‘जहाँ राज्य र जनताले लगानी गर्न सक्दैनन् ती क्षेत्रमा मात्रै  विदेशी लगानी भित्र्याउने अन्तर्राष्ट्रिय अभ्यास छ। तर नेपालमा जनताले लगानी गर्न सक्ने अवस्था हुँदाहुँदै पनि विदेशी लगानी भित्र्याउनु गलत हो,’ उनले भने, ‘कुनै छलफल नगरी रातारात निर्णय गर्नु व्यक्तिगत निहीत स्वार्थका लागि हो। यसमा केही मान्छेहरु लागि परेका छन्।’ 

सरकारले आफ्नो देशका लगानीकर्ता तथा कृषकहरुलाई बेवास्ता गरेर विदेशी लगानी भित्र्याउनु लज्जास्पद भएको उनको भनाइ छ। 

विदेशी लगानी भित्र्याउनु गलत होइन : गोल्यान समूह 
गोल्यान समूहका अध्यक्ष पवन गोल्यान भने विदेशी लगानीले नेपालका लगानीकर्ता तथा किसानहरुलाई कुनै घाटा नहुने दावी गर्छन्।

‘विदेशी लगानीले यहाँका लगानीकर्ता र किसानलाई कसरी घाटा?,’ उनी प्रश्न गर्छन्, ‘आफू बजारको मागअनुसार उत्पादन दिन नसक्ने अनि विरोध किन गर्ने?’

Ncell 2
Ncell 2

विदेशी लगानीसँगै नेपाली उत्पादन विश्वबजारमा निर्यात गर्न पहल हुनेहुँदा यसले थप सहज हुने उनको विश्वास छ। 

कृषिमा हामी आफैँ आत्मनिर्भर बन्दै गइरहेका छौँ, किन चाहियो वैदेशिक लगानी? : उद्योग वाणिज्य महासंघ
उद्योग वाणिज्य महासंघअन्तर्गत वस्तुगतका संयोजक अरनिको राज भण्डारी विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा विदेशी लगानी निषेध गर्ने व्यवस्था हुँदाहुँदै समन्वयबिना रातरात संसदबाट अर्को निर्णय गरिनु प्रजातान्त्रिक अभ्यास नभएको बताउँछन्। 

‘सरकारले यत्रो ठूलो निर्णय रातारात गर्‍यो उद्योगी, किसानलगायत हामी सरोकारवालाहरुलाई किन खबर भएन? कृषिमा विदेशी लगानी भित्र्याउन खासै आवश्यक नै छैन। हामी आफैँ आत्मनिर्भर बन्दै गएका छौँ। उत्पादकत्व विस्तारै बढ्दै गएको छ। आगामी वर्षसम्म हामी आत्मनिर्भर हुन्छौँ,’ उनले भने। 

भारतले पनि आफ्ना उद्योगहरुको क्षमता बढाएर मात्रै विदेशी लगानी ल्याएकाले पहिले आफ्ना लगानीकर्ताहरूबीच प्रतिस्पर्धी क्षमता बढाउन आवश्यक रहेको उनले औँल्याए। 

विदेशी लगानी भित्र्याउनतिर होइन उत्पादकत्व बढाउनतिर सरकारको ध्यान जान आवश्यक रहेको उनले जिकिर गरे।

विदेशी लगानीले नेपाली किसानलाई विस्थापित गर्छ : राष्ट्रिय कृषक समूह‚ महासंघ नेपाल 
राष्ट्रिय कृषक समूह महासंघ नेपालले विदेशी लगानीले हाम्रा किसानहरुलाई पेशाबाटै विस्थापित गर्ने भन्दै आपत्ति जनाएको छ। 

महासंघका अध्यक्ष नवराज बस्नेतले कृषिमा विदेशी लगानी भित्र्याउँदा नेपाली मौलिकपन नै हराउने र नेपाली कृषि संस्कृतिमाथि निकै ठूलो घात हुने उल्लेख गरे। 

‘यो साना किसानमैत्री छैन। यसले हाम्रा किसानलाई विस्थापित गर्छ। धरासायी बनाउँछ। नेपालीहरुको रोजगारी गुम्छ भन्ने हाम्रो ठहर हो। खेतीपाती गरी जिविका चलाउने अर्धबेरोजगार तथा साना किसानहरुको अधिकार सुनिश्चितताका लागि महासंघ ध्यानाकर्षण गराउन चाहान्छ,’ उनले भने। 

सरकारबाट सुनुवाई नभएमा आफू अदालतको ढोकासम्म पुग्नेसमेत उनले बताए। 

कृषिमा विदेशी लगानीबारे के भन्छन् सरकारी अधिकारी? 
कृषिमा विदेशी लगानी भित्र्याउनु गलत नभएको सरकारी अधिकारीहरको दावी छ। तर सम्बन्धित सरोकारवालाबीच समन्वय हुन नसकेको भने अधिकारीहरु स्वीकार गर्छन्।

व्यापक अध्ययन नभएकै हो : सहसचिव कृषि तथा पशुपन्छी विकास मन्त्रालय 
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता श्रीराम घिमिरे कृषिमा विदेशी लगानी चाहिँदैन भनेर पन्छाउन नमिल्ने बताउँछन्। तर नेपालको कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउन व्यापक अध्ययन आवश्यक रहेको उनको भनाइ छ। 

‘कृषिमा विदेशी लगानी नै चाहिँदैन भनेर कसैले भन्छ भने यो गलत हो। लगानी चाहिन्छ। तर व्यापक अध्ययन आवश्यक छ,’ प्रवक्ता घिमिरे भन्छन्, ‘तर यसमा व्यापक अध्ययन नभएकै हो।’

नेपालको कृषि क्षेत्रमा विदेशी लगानीको कुरा निकै समय अगाडिदेखि उठ्दै आएकाले यसमा छलफल धेरै पटक भएको तर प्रशस्त गृहकार्यको अभाव रहेको सहसचिव घिमिरेले उल्लेख गरे।

सर्वोच्च अदालतले कृषिमा वैदेशिक लगानी भित्र्याउने निर्णय नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। 

‘लगानी ल्याउने तर कुन–कुन क्षेत्रमा ल्याउने भनेर तोक्न जरुरी छ। अहिले पनि केही बिग्रिसकेको छैन। हामी निर्देशिका बनाउँछौँ। त्यसमा विभिन्न शर्तहरु हुन्छन्। कुन क्षेत्रमा कति विदेशी लगानी गर्ने भन्ने प्रष्ट कुरा त्यसैमा खुलाउने मन्त्रालयको धारणा हो,’ उनले भने। 

विदेशी लगानी भित्र्याउँदा पनि निर्यातमा जोड दिने स्रोत र साधन नेपालकै प्रयोग गर्ने गरी व्यवस्था गरियो भने त्यसले सबैलाई फाइदा नै पुग्ने उनको विश्वास छ। 

सरोकारवालाबीच छलफल भएकै हो : वैदेशिक लगानी शाखा प्रमुख, उद्योग विभाग 
कृषिमा विदेशी लगानी भित्र्याउने व्यवस्था गर्नुअघि सरोकारवालाबीच छलफल तथा समन्वय भएको उद्योग विभागस्थित वैदेशिक लगानी शाखाका प्रमुख उदयकुमार गुप्ता बताउँछन्। 

‘यसअघि पनि मन्त्रालय, मातहतका निकाय तथा सरोकारवालाबीच छलफल भएकै हो। अझै पनि समस्या माथि छलफल गर्न सकिन्छ,’ उनले भने। 

स्वदेशी उद्योग, कृषक, मजदूर सबैलाई अनुकुल हुने गरी निर्देशिका तयार गरेर अगाडि बढ्न सकिने उनको भनाइ छ। समस्या सम्बोधमा सहकार्य गरेर अगाडि बढ्न सरकार तयारी रहेको उनले उल्लेख गरे। 

प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७  २२:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत... बिहीबार, मंसिर ४, २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य त्यसैगरी, मटरकोसा प्रतिकिलो १६०, घिउ सिमी (लोकल) प्रतिकिलो १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, ट... शनिबार, कात्तिक २९, २०८२
कृषिवस्तुहरु ओसारपसार तथा ढुवानीमा सहयोग गरिदिन कृषि विभागको आग्रह ढुवानीको क्रममा राजमार्गमा सिर्जित समस्याले कृषक/कृषि उद्यमी एंव कृषि व्यवसायीबाट गुनासो आएकाले ओसारपसारमा सहजीकरण गरिदिन विभागले आग... शुक्रबार, भदौ २७, २०८२
ताजा समाचारसबै
आयोगमा रमेश लेखकले भने– आन्दोलनमा बल प्रयोगको आदेश दिएको थिइनँ, लोकतन्त्र विरोधीले आन्दोलन हाइज्याक गरे (पूर्णपाठसहित) सोमबार, पुस १४, २०८२
मेक्सिकोमा यात्रु बहाक रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु, ९८ घाइते सोमबार, पुस १४, २०८२
काँग्रेस समानुपातिक उम्मेदवारमा संस्थापन पक्षबाट ६०-४० को भागबन्डा प्रस्ताव सोमबार, पुस १४, २०८२
समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउन दलहरू आयोग परिसरमा सोमबार, पुस १४, २०८२
रमेश लेखक बयानका लागि आयोगमा उपस्थित सोमबार, पुस १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
रास्वपा–बालेनबिच सात बुँदे सहमति: रवि पार्टी सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार आइतबार, पुस १३, २०८२
सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल औपचारिक रूपमा समाप्त आइतबार, पुस १३, २०८२
बालेन-रवि सहमतिबारे पोखरेलको टिप्पणी: ‘नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछ’ आइतबार, पुस १३, २०८२
योगेश भट्टराईको दाबी : ‘राजनीतिमा बाह्य चुनौती बढिरहेको छ’ आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्