complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

कृषिमा वैदेशिक लगानी कति आवश्यक?

64x64
निर्मला घिमिरे मंगलबार, माघ ६, २०७७  २२:४२
1140x725

काठमाडौं– सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ संशोधन गरी कृषि तथा पशुपन्छी क्षेत्रमा वैदेशिक लगानी खुल्ला गर्ने व्यवस्था गरेपछि चौतर्फी आलोचना बढेको छ।

नेपालको कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउँदा नेपाली लगानीकर्तासँगै किसानहरूसमेत प्रभावित हुने त होइनन् भन्ने आशंका उपशंकाहरु समेत उब्जिन थालेका छन्। अहिलेको सन्दर्भमा नेपालको कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउनु कति उचित हो वा होइन भन्ने सन्दर्भमा बहस हुन थालेका छन्। 

सम्बन्धित सरोकारवालाहरुसँगको समन्वयबिना कामचलाउ सरकारले रातारात विदेशी लगानी भित्र्याउन खोज्नु लज्जास्पद कुरा भएको अधिकांश लगानीकर्ताहरुको  प्रतिक्रिया छ। केही भने विदेशी लगानी भित्र्याउनु गलत नभएको पनि बताइरहेका छन्। 

नेपालीले लगानी गर्न सक्ने ठाउँमा विदेशी लगानी भित्र्याउनु गलत : डेरी एसोसिएसन
डेरी एसोसियसन नेपालका महासचिव प्रल्हाद दाहाल सरकारले अन्तराष्ट्रिय अभ्यासलाई समेत नहेरी कृषिमा रातारात कृषिमा विदेशी लगानी भित्र्याउनु गलत भएको जिकीर गर्छन्। 

‘जहाँ राज्य र जनताले लगानी गर्न सक्दैनन् ती क्षेत्रमा मात्रै  विदेशी लगानी भित्र्याउने अन्तर्राष्ट्रिय अभ्यास छ। तर नेपालमा जनताले लगानी गर्न सक्ने अवस्था हुँदाहुँदै पनि विदेशी लगानी भित्र्याउनु गलत हो,’ उनले भने, ‘कुनै छलफल नगरी रातारात निर्णय गर्नु व्यक्तिगत निहीत स्वार्थका लागि हो। यसमा केही मान्छेहरु लागि परेका छन्।’ 

सरकारले आफ्नो देशका लगानीकर्ता तथा कृषकहरुलाई बेवास्ता गरेर विदेशी लगानी भित्र्याउनु लज्जास्पद भएको उनको भनाइ छ। 

विदेशी लगानी भित्र्याउनु गलत होइन : गोल्यान समूह 
गोल्यान समूहका अध्यक्ष पवन गोल्यान भने विदेशी लगानीले नेपालका लगानीकर्ता तथा किसानहरुलाई कुनै घाटा नहुने दावी गर्छन्।

‘विदेशी लगानीले यहाँका लगानीकर्ता र किसानलाई कसरी घाटा?,’ उनी प्रश्न गर्छन्, ‘आफू बजारको मागअनुसार उत्पादन दिन नसक्ने अनि विरोध किन गर्ने?’

Ncell 2
Ncell 2
nimb
nimb

विदेशी लगानीसँगै नेपाली उत्पादन विश्वबजारमा निर्यात गर्न पहल हुनेहुँदा यसले थप सहज हुने उनको विश्वास छ। 

कृषिमा हामी आफैँ आत्मनिर्भर बन्दै गइरहेका छौँ, किन चाहियो वैदेशिक लगानी? : उद्योग वाणिज्य महासंघ
उद्योग वाणिज्य महासंघअन्तर्गत वस्तुगतका संयोजक अरनिको राज भण्डारी विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा विदेशी लगानी निषेध गर्ने व्यवस्था हुँदाहुँदै समन्वयबिना रातरात संसदबाट अर्को निर्णय गरिनु प्रजातान्त्रिक अभ्यास नभएको बताउँछन्। 

‘सरकारले यत्रो ठूलो निर्णय रातारात गर्‍यो उद्योगी, किसानलगायत हामी सरोकारवालाहरुलाई किन खबर भएन? कृषिमा विदेशी लगानी भित्र्याउन खासै आवश्यक नै छैन। हामी आफैँ आत्मनिर्भर बन्दै गएका छौँ। उत्पादकत्व विस्तारै बढ्दै गएको छ। आगामी वर्षसम्म हामी आत्मनिर्भर हुन्छौँ,’ उनले भने। 

भारतले पनि आफ्ना उद्योगहरुको क्षमता बढाएर मात्रै विदेशी लगानी ल्याएकाले पहिले आफ्ना लगानीकर्ताहरूबीच प्रतिस्पर्धी क्षमता बढाउन आवश्यक रहेको उनले औँल्याए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विदेशी लगानी भित्र्याउनतिर होइन उत्पादकत्व बढाउनतिर सरकारको ध्यान जान आवश्यक रहेको उनले जिकिर गरे।

विदेशी लगानीले नेपाली किसानलाई विस्थापित गर्छ : राष्ट्रिय कृषक समूह‚ महासंघ नेपाल 
राष्ट्रिय कृषक समूह महासंघ नेपालले विदेशी लगानीले हाम्रा किसानहरुलाई पेशाबाटै विस्थापित गर्ने भन्दै आपत्ति जनाएको छ। 

महासंघका अध्यक्ष नवराज बस्नेतले कृषिमा विदेशी लगानी भित्र्याउँदा नेपाली मौलिकपन नै हराउने र नेपाली कृषि संस्कृतिमाथि निकै ठूलो घात हुने उल्लेख गरे। 

‘यो साना किसानमैत्री छैन। यसले हाम्रा किसानलाई विस्थापित गर्छ। धरासायी बनाउँछ। नेपालीहरुको रोजगारी गुम्छ भन्ने हाम्रो ठहर हो। खेतीपाती गरी जिविका चलाउने अर्धबेरोजगार तथा साना किसानहरुको अधिकार सुनिश्चितताका लागि महासंघ ध्यानाकर्षण गराउन चाहान्छ,’ उनले भने। 

सरकारबाट सुनुवाई नभएमा आफू अदालतको ढोकासम्म पुग्नेसमेत उनले बताए। 

कृषिमा विदेशी लगानीबारे के भन्छन् सरकारी अधिकारी? 
कृषिमा विदेशी लगानी भित्र्याउनु गलत नभएको सरकारी अधिकारीहरको दावी छ। तर सम्बन्धित सरोकारवालाबीच समन्वय हुन नसकेको भने अधिकारीहरु स्वीकार गर्छन्।

व्यापक अध्ययन नभएकै हो : सहसचिव कृषि तथा पशुपन्छी विकास मन्त्रालय 
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता श्रीराम घिमिरे कृषिमा विदेशी लगानी चाहिँदैन भनेर पन्छाउन नमिल्ने बताउँछन्। तर नेपालको कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउन व्यापक अध्ययन आवश्यक रहेको उनको भनाइ छ। 

‘कृषिमा विदेशी लगानी नै चाहिँदैन भनेर कसैले भन्छ भने यो गलत हो। लगानी चाहिन्छ। तर व्यापक अध्ययन आवश्यक छ,’ प्रवक्ता घिमिरे भन्छन्, ‘तर यसमा व्यापक अध्ययन नभएकै हो।’

नेपालको कृषि क्षेत्रमा विदेशी लगानीको कुरा निकै समय अगाडिदेखि उठ्दै आएकाले यसमा छलफल धेरै पटक भएको तर प्रशस्त गृहकार्यको अभाव रहेको सहसचिव घिमिरेले उल्लेख गरे।

सर्वोच्च अदालतले कृषिमा वैदेशिक लगानी भित्र्याउने निर्णय नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। 

‘लगानी ल्याउने तर कुन–कुन क्षेत्रमा ल्याउने भनेर तोक्न जरुरी छ। अहिले पनि केही बिग्रिसकेको छैन। हामी निर्देशिका बनाउँछौँ। त्यसमा विभिन्न शर्तहरु हुन्छन्। कुन क्षेत्रमा कति विदेशी लगानी गर्ने भन्ने प्रष्ट कुरा त्यसैमा खुलाउने मन्त्रालयको धारणा हो,’ उनले भने। 

विदेशी लगानी भित्र्याउँदा पनि निर्यातमा जोड दिने स्रोत र साधन नेपालकै प्रयोग गर्ने गरी व्यवस्था गरियो भने त्यसले सबैलाई फाइदा नै पुग्ने उनको विश्वास छ। 

सरोकारवालाबीच छलफल भएकै हो : वैदेशिक लगानी शाखा प्रमुख, उद्योग विभाग 
कृषिमा विदेशी लगानी भित्र्याउने व्यवस्था गर्नुअघि सरोकारवालाबीच छलफल तथा समन्वय भएको उद्योग विभागस्थित वैदेशिक लगानी शाखाका प्रमुख उदयकुमार गुप्ता बताउँछन्। 

‘यसअघि पनि मन्त्रालय, मातहतका निकाय तथा सरोकारवालाबीच छलफल भएकै हो। अझै पनि समस्या माथि छलफल गर्न सकिन्छ,’ उनले भने। 

स्वदेशी उद्योग, कृषक, मजदूर सबैलाई अनुकुल हुने गरी निर्देशिका तयार गरेर अगाडि बढ्न सकिने उनको भनाइ छ। समस्या सम्बोधमा सहकार्य गरेर अगाडि बढ्न सरकार तयारी रहेको उनले उल्लेख गरे। 

प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७  २२:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले स्वदेशी कृषि यन्त्र उत्पादन गर्ने उद्योगलाई पाँच वर्षसम्म आयकर छुट, बैंकको ब्याजमा अनुदा... बुधबार, असोज २८, २०८३
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्