• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, साउन १४, २०८३ Thu, Jul 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

ब्युँतियो ओरियन्टल सहकारी : निक्षेप फिर्ताका लागि निवेदन दिन सुधीर बस्नेतले जारी गरे ६० दिने सूचना

व्यवस्थापन समिति भन्छ- ओरेयन्टल अब हाम्रो क्षेत्राधिकार भित्र रहेन, थप ठगी हुन नदिन नियामक चनाखो हुनु पर्‍याे
64x64
हेमन्त जोशी शनिबार, साउन १७, २०७७  ११:४०
1140x725

काठमाडौं- सुधीर बस्नेत संचालक रहेको ओरियन्टल कोअपरेटिभ लिमिटेड फेरि ब्युँतिएको छ। सर्वोच्च अदालतको गत फागुन ११ गतेको फैसलाबमोजिम समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ओरेन्टलको दायित्व फरकफारक गर्न नपाउने भएपछि बस्नेत आफैले त्यसको काम सुरु गरेका हुन्।

ओरियन्टल कोअपरेटिभबाट पीडित सदस्यहरुको निक्षेप फरफारक गर्ने भन्दै तत्कालीन संचालक सुधीर बस्नेतका नामबाट शुक्रबार सार्वजनिक सूचना जारी भएको छ। सूचनाअनुसार यहि साउन २९ गतेबाट ६० दिनभित्र आफ्नो निक्षेप रहेको शाखा, निक्षेप जम्मा गरेको खाता नंम्बर, बचत रकम, सम्पर्क नम्बर, निक्षेपलाई लिएर मुद्दा गरे नगरेको समेत खुलाएर विवरणहरु पेश गर्न भनिएको छ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको रोहबरमा ओरियन्टल पीडितको प्रतिनिधिका रुपमा कुन्तीदेवी पोखरेल, कोहिनुर हिल हाउजिङ प्रालिका संचालक सुधीर बस्नेत र भेगासिटी उपभोक्ता व्यवस्थापन समितिका प्रतिनिधि तेजबहादुर गुरुङबीच २०७५ असार २५ गते भएको त्रिपक्षिय सम्झौताअनुसार काम गर्ने उक्त सूचनामा उल्लेख गरिएको छ। दुई वर्षअघि यी तीन पक्षबीच हाउजिङ परियोजनाका अधुरा निर्माण काम पुरा गर्ने र ओरियन्टल पीडितको निक्षेप फिर्ता गर्ने सम्झौता भएको थियो। सर्वोच्च अदालतले पनि यहि सम्झौताअनुसार काम गर्न भनेपछि बस्नेतले सार्वजनिक सूचना निकालेका हुन्।

‘निक्षेपकर्तालाई सहकारीका नाममा रहेको अचल सम्पत्ति तथा लगानी कर्जामा रोक्का राखिएका घरजग्गा चल–अचल सम्पत्तिलाई कानुनी प्रक्रिया पूरा गरी सहकारीको सम्पत्तिमा साभार गरी साथै भक्तपुर गुण्डुलगायत देशका विभिन्न भागमा सहकारीको सम्पत्तिका रुपमा रहेका जग्गाहरुलाई समेत विगतमा पीडितहरुको आधिकारिक प्रतिनिधि अध्यक्ष कुन्तीदेवी पोखरेलसँग भएको द्विपक्षीय र त्रिपक्षीय सम्झौताका आधारमा जग्गा परिचालन र निक्षेप फरफारक गर्न लागिएको,’ उक्त सुचनामा उल्लेख छ।

ओरियन्टलबाट समिति दायित्वमुक्त,  बस्नेत आफैले काम गर्ने 
सर्वोच्च अदालतको आदेश पाएर ओरियन्टलको काम सुधीर बस्नेत आफैले गर्ने भएपछि हाल यसको व्यवस्थापनको जिम्मा लिएको समस्याग्रस्त सहकारी व्यवस्थापन समिति पनि दायित्व मुक्त भएको छ। समितिका अध्यक्ष कुमारप्रसाद पोखरेलले सर्वोच्च अदालतको फैसला र २०७० सालमा गठन भएको समस्याग्रस्त सहकारीको सम्पत्ति व्यवस्थापन तथा छानबिन आयोगले दिएका सुझावअनुसार सुधीर बस्नेतले काम गर्न थालेको बताए।

‘ओरियन्टलको हकमा हामीले सुधीर बस्नेतलाई यो गर्न पाउँछौं/पाउँदैनौं भन्ने ठाउँ रहेन। सर्वोच्च अदालतको फैसलापछि समितिको क्षेत्राधिकारमै रहेन। हामीबाट बाहिर गइसक्यो,’ पोखरेलले भने, ‘तथापि, पीडितहरुलाई राहत दिने विषयमा मैले व्यक्तिगत रुपमा केहि गर्न सक्ने ठाउँ भए अनौपचारिक रुपमा केहि काम गर्न खोज्दैछु। जति सक्छु, गर्छु।’

निक्षेप संकलन गरेर फेरि ठगी त हुँदैन?
समितिका अनुसार ओरियन्टल सहकारीले १६ अर्ब रुपैयाँभन्दा बढीको दायित्व फरफारक गर्नुपर्ने देखिन्छ। तर, दायित्वअनुसारको सम्पत्ति भने बस्नेतसँग छैन।

बस्नेतले अब ओरियन्टल संचालन गर्न पाउने भएपछि उनले कतै थप निक्षेप संकलन गरेर पुरानै प्रवृत्ति त दोहोर्‍याउँदैनन् भन्ने प्रश्न पनि शंकाका रुपमा देखिएको छ। यस्तो शंका कायमै भएका कारण अरु नियामकले यसलाई गम्भीर रुपमा हेर्नुपर्ने समितिका अध्यक्ष पोखरेल बताउँछन। ‘सर्वोच्च अदालतले ओरियन्टल र सुधीर बस्नेतको पाटोमा समितिले केहि पनि गर्न पाउँदैन भनेपछि हामी बाँधियौं। अब समितिले काम गर्न नपाएपनि सरकारका अरु निकायले नजिकबाट हेर्नुपर्छ। सुधीर बस्नेतले फेरि कानुन विपरीत काम नगरुन् भनेर हेर्नु सरकारका अरु निकायको पनि जिम्मेवारी हो। पीडितलाई मुक्ति दिलाउने काम त सरकारका अरु निकायको पनि हो,’ पोखरेलले भने, ‘मुख्यरुपमा सहकारी विभाग चनाखो हुनुपर्छ। थप पीडित नहुन् र ओरेन्टलको ठगीमा नपरुन भनेर विभागले हेर्नुपर्छ। किनभने हाम्रो क्षेत्राधिकारबाट बाहिर गएपनि विभागलगायत अरु नियामकको क्षेत्राधिकार भन्दा बाहिर गएको छैन।’

nimb
nimb
Ncell 2
Ncell 2

समिति ओरियन्टलको दायित्वबाट पूर्णरुपमा बाहिरिएको हो वा उसले अझै केहि काम गर्न पाउँछ भन्ने विषयमा भने समिति आफै द्विविधामा देखिएको छ। ओरियन्टल र सुधीर बस्नेतसँग सम्बन्धित सबै फैसलाहरु टुंगो नलागेका कारण समिति अन्यौलमा देखिन्छ। ‘समितिले सर्वोच्चका फैसलाहरु संकलन गरिरहेको छ। सुधीर बस्नेत र ओरेन्टलसँग सम्बन्धित १९ वटा मुद्दा अदालतमा दर्ता भएका रहेछन्। तर समितिमा ७ वटा मुद्दाको फैसलाको मात्रै पूर्ण पाठ आएको छ। केहि मुद्दा अझै फैसला भइसकेका छैनन्,’ अध्यक्ष पोखरेल भन्छन्।

त्यस्तै, अब कसरी काम गर्ने भनेर पनि समितिले मन्त्रालयका सचिव, समितिका पूर्व पदाधिकारीहरु, सहकारी विभागका रजिस्ट्रार र सरकारी वकिलसमेतलाई राखेर छलफल गर्न लागेको पनि उनले बताए। ‘समितिले अब केहि काम गर्न सक्छ कि सक्दैन? गर्न पाउँछ कि पाउँदैन? यदि समितिले काम गर्न सक्छ भने कुन बाटोबाट कसरी गर्ने, मिल्दैन भने के गर्ने भनेर छलफल गर्न खोजेका छौं,’ पोखरेल भन्छन्।

सर्वोच्चको फैसलामा के छ? 
सर्वोच्च अदालतका न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको संयुक्त इजलाशले सरकारले ओरियन्टल कोअपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको नमिलेको फैसला गत फागुन ११ गते सुनाएको थियो। उक्त फैसलामा ओरियन्टललाई समितिले नभई सुधीर बस्नेत आफैले व्यवस्थापन गर्नुपर्ने र दायित्व फरफारक गर्नुपर्ने समेत उल्लेख छ।

‘ओरेन्टल सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने विपक्षीहरु मध्येको सहकारी तथा गरिबी निवारण मन्त्रालयको २०७४ कात्तिक २० गतेको निर्णय पाश्चातदर्शी असर दिनेगरी भएको देखिन आएकाले मन्त्रालणको सो निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ,’ सर्वोच्चको फैसलामा भनिएको छ, ‘समस्याग्रस्त घोषणा भएको सहकारी संस्थालाई पर्याप्त आधार र सम्भावना रहेसम्म पुनः संचालन गर्ने गरी व्यवस्थापन गर्नुपर्ने रहेको देखिन्छ।’

सोहि फैसलाले समितिलाई ओरियन्टलका हकमा कुनै पनि कामकारबाही नगर्न समेत भनेको छ। ‘सहकारी ऐन २०७४ को दफा १०५ बमोजिम गठन भएको समितिको काम कारबाही निवेदकको हकमा अगाडि नबढाई यथास्थितिमा राख्नु र सहकारी तथा गरिबी निवारण मन्त्रालयको २०७४ कात्तिक २० गतेको निर्णयसँग अन्तरसम्बन्ध राख्ने रोक्का सम्बन्धी कुनै कामकारबाही प्रस्तुत मिसिलको सन्दर्भमा रोक्का राखिएको भए सो फुकुवा गरिदिनु भनी विपक्षीहरुका नाममा परमादेशसमेत जारी गरिएको छ,’ फैसलामा भनिएको छ।

सम्बन्धित समाचार:

सुधीर बस्नेतसँग सम्बन्ध विच्छेद भएको भन्दै नितुद्वारा सेयर फुकुवाका लागि निवेदन

सुधीर बस्नेतले आफ्नो सम्पत्तिको व्यवस्थापन आफैं गर्न पाउने

ओरियन्टल सहकारीका सुधीर बस्नेतविरुद्ध सर्वोच्चका २ मुद्दामध्ये एक खारेज, एक जारी

के भेगास सिटी अपार्टमेन्टले सुधीर बस्नेतलाई पुनर्स्थापित गराउला?

सुधीर बस्नेतसँग १६ अर्ब उठाउन किन सकिएन?

१६ अर्ब रुपैयाँभन्दा बढी अनियमितताको आरोप लागेका सुधीर बस्नेतको पक्षमा सर्वोच्चको फैसला

ओरियन्टल सहकारी पीडित र पीडक किन आए एकै कित्तामा?

ओरियन्टल सहकारी हिनामिना काण्ड : १ अर्ब सम्पत्ति, १६ अर्बको दाबी

पीडितलाई न्याय नदिई बिदा भयो समस्याग्रस्त सहकारी व्यवस्थापन समिति

प्रकाशित मिति: शनिबार, साउन १७, २०७७  ११:४०
  • #ओरियन्टल-सहकारी
  • #सुधीर-बस्नेत

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो आज सुन तोलामा एक हजार रुपैयाँले घटेर दुई लाख ८३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  । बुधबार, साउन १३, २०८३
समस्याग्रस्त सहकारी : हालसम्म ११ हजार बचतकर्ताको ७१ करोड फिर्ता समितिले आफ्नो पछिल्लो ९१ दिने कार्यकालको कार्यप्रगति र भावी कार्ययोजना सार्वजनिक गर्दै सहकारीको ऋण अपचलन गर्ने सञ्चालक तथा ऋणीहरूमाथ... मंगलबार, साउन १२, २०८३
सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला दुई लाख ८४ हजार २०० रुपैयाँ कायम भएको छ। मंगलबार, साउन १२, २०८३
ताजा समाचारसबै
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग बिहीबार, साउन १४, २०८३
प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची बिहीबार, साउन १४, २०८३
सुनसरी घटनामा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप बुधबार, साउन १३, २०८३
रास्वपा वरिष्ठ नेतामा बालेन अनुमोदित बुधबार, साउन १३, २०८३
सरकार र चिकित्सक संघ सहमति : के भयो उपलब्धि? बुधबार, साउन १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बुधबार, साउन १३, २०८३
सुनसरी घटनामा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप बुधबार, साउन १३, २०८३
कपिलवस्तुमा ट्रकले किचेर ३ जनाको मृत्यु बुधबार, साउन १३, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, साउन १३, २०८३
संयुक्त विज्ञप्ति जारी गर्ने सर्वदलीय बैठकको निर्णय बुधबार, साउन १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्