• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सुधीर बस्नेतले आफ्नो सम्पत्तिको व्यवस्थापन आफैं गर्न पाउने

ओरियन्टल सहकारी समस्याग्रस्त घोषणा गरेको नमिलेको सर्वोच्चको फैसला
64x64
हेमन्त जोशी बिहीबार, फागुन १५, २०७६  १९:०६
1140x725

काठमाडौं- सुधीर बस्नेत संचालक रहेको ओरियन्टल को-अपरेटिभ लिमिटेडलाई सरकारले समस्याग्रस्त घोषणा गरेको नमिलेको भन्दै सर्वोच्च अदालतले बस्नेतले आफ्नो सम्पत्ति स्वयं व्यवस्थापन गर्न पाउनुपर्ने निर्णय गरेको छ।

गत आइतबार बस्नेतका २ वटा मुद्दामाथि फैसला गर्दै सर्वोच्च अदालतले ‘सहकारी ऐन २०७४ को दफा १०४ मा भएको प्रावधानअनुसार ओरियन्टल को-अपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको नमिलेको’ फैसला सुनाएको हो। ओरियन्टल को-अपरेटिभ लिमिटेडलाई सरकारले २०७४ कात्तिक २० गते समस्याग्रस्त घोषणा गरेको थियो।

सर्वोच्च अदालतका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको संयुक्त इजलासले यस्तो फैसला गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयलाई विपक्षी बनाई बस्नेतले दायर गरेका २ वटा मुद्दामा एउटा उनको पक्षमा फैसला गरिएको छ भने अर्को मुद्दा खारेज गरिएको छ। पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको प्रतिवेदनअनुसार काम गर्न पाउनुपर्ने भन्दै बस्नेतले दायर गरेको मुद्दा खारेज गरिएको हो भने सहकारी ऐन २०७४ अनुसार ओरियन्टललाई समस्याग्रस्त घोषणा गर्न नमिल्ने भन्दै दायर गरिएको मुद्दामा बस्नेतको पक्षमा फैसला गरिएको सर्वोच्च अदालतले जनाएको छ।

गौरीबहादुर कार्कीको संयोजकत्वमा २०७० सालमा गठित ‘बचत तथा ऋणको कारोबार गर्ने समस्याग्रस्त सहकारी संस्थाहरुको छानबिन गर्न गठित जाँचबुझ आयोग’को प्रतिवेदनले दिएको सुझावअनुसार सरकारले दुई वर्षअघि ओरियन्टललाई समस्याग्रस्त घोषणा गरेको थियो। २०६९ सालमै आर्थिक रुपमा समस्याग्रस्त अवस्थामा पुगिसकेको तथा सरकारले सम्पत्ति रोक्का राखेको ओरियन्टल कोअपरेटिभलाई सहकारी ऐन २०७४ आएपछि मात्र समस्याग्रस्त घोषणा गरी कानुन पश्चादर्शी नहुने विश्वव्यापी मान्यताको विपरीत रहेको भन्दै सर्वोच्चले यस्तो फैसला गरेको हो। 

ओरियन्टल को-अपरेटिभको हकमा सहकारी ऐन २०७४ आकर्षित नहुने भन्दै हालेको मुद्दा सुधीर बस्नेतले जितेपछि अब उनको सम्पत्तिको व्यवस्थापन समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले नभई बस्नेत स्वयंले गर्न पाउने छन्। बस्नेतले नयाँ निक्षेप लिन नपाउने तर पुराना ऋणी तथा बचतकर्ताहरुसँगको कारोबार गर्न पाउने र सम्पत्तिको व्यवस्थापन गर्न सक्ने सर्वोच्चको फैसलामा उल्लेख छ। 

सहकारी ऐन २०७४ प्रमाणिकरण भएको २० दिनपछि सरकारले ओरियन्टललाई समस्याग्रस्त सहकारी घोषणा गरेको थियो। २०७४ सालमा जारी भएको सहकारी ऐनमा ‘सहकारी संघ वा संस्थालाई समस्याग्रस्त घोषणा गर्न सकिने’ प्रावधान राखिएको थियो। सोही व्यवस्थाअनुसार सरकारले ओरियन्टललाई समस्याग्रस्त घोषणा गरेको भएपनि सरकारको उक्त निर्णय कानुनविपरीत रहेको सर्वोच्चको फैसलामा उल्लेख छ। 

ऐन जारी भइसकेपछि २०७४ माघमा पूर्व न्यायाधीश कार्कीकै अध्यक्षतामा सरकारले ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ गठन गरेको थियो भने उक्त समितिलाई समस्याग्रस्त घोषणा भइसकेको ओरियन्टल सहकारीलगायत अरु १० वटा सहकारीको व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको थियो। सरकारले ओरियन्टल सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्नु कानुनसम्मत् नभएको र आफैले सम्पत्तिको व्यवस्थापन गर्न पाउनु पर्ने भन्दै बस्नेतले डिल्लीबजार कारागारमा छँदै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। सोही मुद्दा माथि फैसला सुनाउँदै सर्वोच्चले सुधीर बस्नेतलाई नै आफ्नो सम्पत्तिको व्यवस्थापन गर्न पाउने आदेश दिएको हो। 

जाँचबुझ आयोगले बस्नेतसँग २०७० सालमै लिएको बयानमा उनले आफूले सहकारीको पैसा जग्गा र त्यहाँ बनाइएको अपार्टमेन्टमा लगानी गरेको र त्यसको बिक्रीबाट बचतकर्ताको रकम फिर्ता दिने बताएका थिए। सहकारीका निक्षेपकर्तालाई भेगास सिटीको त्यही जग्गा फिर्ता दिने भनेर बस्नेतले तत्कालीन जाँचबुझ आयोग, त्यसपछि गठित व्यवस्थापन समिति तथा अदालतमा पनि दोहोर्‍याउँदै आएका थिए। अहिले पनि बस्नेतले भेगास सिटी अपार्टमेन्ट र विभिन्न जिल्लामा उनके नाममा रहेके जग्गा बचतकर्ताको नाममा नामसारी गरिरहेका छन्। 

nimb
nimb

कति छ बस्नेतको सम्पत्ति?  
अहिले सुधीर बस्नेत र ओरियन्टल को-अपरेटिभसँग सम्पत्तिको व्यवस्थापन र दायित्व फछ्र्यौटको काम गरिरहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार बस्नेतले अहिले १६ अर्ब ४ करोड रुपैयाँ बराबरको दायित्व भुक्तानी गर्न बाँकी छ।

गौरीबहादुर कार्कीको आयोगले तयार पारेको प्रतिवेदनअनुसार २०७० सालमा ओरियन्टलका बचतकर्ता र विभिन्न अपार्टमेन्टका बुकिङकर्ताको ५ अर्ब ३८ करोड रुपैयाँ बराबरको साँवा रकम ब्याज बढेर १६ अर्ब नाघेको छ। सुधीर बस्नेतले घरजग्गामा लगानी गरेका थिए।

आर्थिक रुपमा टाट पल्टिएपछि उनको अधिकांश सम्पत्ति लिलाम भइसकेको छ। उनकाे नाममा एक/दुई ठाउँमा जग्गा र अपार्टमेन्ट बाँकी छन्। तर त्यो पनि कानुनी रुपमा उनको भने होइन। बस्नेतले बिभिन्न समयमा गरेका दूइपक्षिय र त्रिपक्षिय सम्झौताअनुसार त्यो सम्पत्तिमा सहकारीका बचतकर्ता, कर्जा दाता र अपार्टमेन्ट खरिदकर्ताको त्यो सम्पत्तिमा हक छ। 

कोहिनुरले प्रवर्द्धन गरेका आयोजनामध्येको एक कोहिनुर हिल हाउजिङ प्रालीको नाममा इमाडोलमा ४६ रोपनी जग्गा र भेगाससिटी अपार्टमेन्ट छ। त्यस्तै ओरियन्टलको नाममा ६ जिल्लामा जग्गा छ। भक्तपुरको गुण्डुमा मात्रै डेढ सय रोपनी भन्दा बढी जग्गा बस्नेतको नाममा छ।

सुधीर बस्नेतले सञ्चालन गरेका कम्पनी, सहकारी, सञ्चालक र कर्मचारीको नाममा १९ लाख ११ हजार रुपैयाँ बराबरमात्रै नगद मौज्दात रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको तथ्यांकमा उल्लेख छ। त्यसैगरी बस्नेतकी श्रीमती नितु थापा बस्नेत, कर्मचारी राजेश श्रेष्ठ उनकी श्रीमती प्रतिमा शर्मा र अर्का कर्मचारी सन्ध्या भट्टराईको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा सेयर लगानी रहेको देखिन्छ।

सम्बन्धित समाचार

के भेगास सिटी अपार्टमेन्टले सुधीर बस्नेतलाई पुनर्स्थापित गराउला?

ओरियन्टल सहकारी पीडित र पीडक किन आए एकै कित्तामा?

[तस्बिरः अर्थ- बिजनेश ब्लग]

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६  १९:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१ पैसा... शनिबार, भदौ १३, २०८३
बाढी-पहिरो पीडितका लागि चौधरी फाउन्डेसनद्वारा १५ करोड बढीको सहयोग घोषणा बाढी तथा पहिरोका कारण प्रभावित भएका नागरिकहरूलाई तत्काल सहायता पुर्‍याउने उद्देश्यले उक्त सहयोगको घोषणा गरिएको हो। शनिबार, भदौ १३, २०८३
युरोपेली आयोगद्वारा नेपाललाई २० लाख यूरो मानवीय सहायता घोषणा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनले नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित नागरिकका लागि तत्काल २० लाख युरो मानव... शुक्रबार, भदौ १२, २०८३
ताजा समाचारसबै
ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा शनिबार, भदौ १३, २०८३
गुगलले सुरू गर्‍यो नेपालको बाढीसम्बन्धी आपतकालीन अपडेट शनिबार, भदौ १३, २०८३
इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई ५ वर्षको जेल सजाय शनिबार, भदौ १३, २०८३
अध्यक्षलाई अमर्यादित गालीगलौज गरेको आरोप, गुणराज लोहनी नेकपा बहुमतबाट निष्कासित शनिबार, भदौ १३, २०८३
महामारीको जोखिम भएपछि २२९ शवको डीएनए संकलन गरी जमिनमुनि गाडिने शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्