• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सुधीर बस्नेतले आफ्नो सम्पत्तिको व्यवस्थापन आफैं गर्न पाउने

ओरियन्टल सहकारी समस्याग्रस्त घोषणा गरेको नमिलेको सर्वोच्चको फैसला
64x64
हेमन्त जोशी बिहीबार, फागुन १५, २०७६  १९:०६
1140x725

काठमाडौं- सुधीर बस्नेत संचालक रहेको ओरियन्टल को-अपरेटिभ लिमिटेडलाई सरकारले समस्याग्रस्त घोषणा गरेको नमिलेको भन्दै सर्वोच्च अदालतले बस्नेतले आफ्नो सम्पत्ति स्वयं व्यवस्थापन गर्न पाउनुपर्ने निर्णय गरेको छ।

गत आइतबार बस्नेतका २ वटा मुद्दामाथि फैसला गर्दै सर्वोच्च अदालतले ‘सहकारी ऐन २०७४ को दफा १०४ मा भएको प्रावधानअनुसार ओरियन्टल को-अपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको नमिलेको’ फैसला सुनाएको हो। ओरियन्टल को-अपरेटिभ लिमिटेडलाई सरकारले २०७४ कात्तिक २० गते समस्याग्रस्त घोषणा गरेको थियो।

सर्वोच्च अदालतका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको संयुक्त इजलासले यस्तो फैसला गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयलाई विपक्षी बनाई बस्नेतले दायर गरेका २ वटा मुद्दामा एउटा उनको पक्षमा फैसला गरिएको छ भने अर्को मुद्दा खारेज गरिएको छ। पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको प्रतिवेदनअनुसार काम गर्न पाउनुपर्ने भन्दै बस्नेतले दायर गरेको मुद्दा खारेज गरिएको हो भने सहकारी ऐन २०७४ अनुसार ओरियन्टललाई समस्याग्रस्त घोषणा गर्न नमिल्ने भन्दै दायर गरिएको मुद्दामा बस्नेतको पक्षमा फैसला गरिएको सर्वोच्च अदालतले जनाएको छ।

गौरीबहादुर कार्कीको संयोजकत्वमा २०७० सालमा गठित ‘बचत तथा ऋणको कारोबार गर्ने समस्याग्रस्त सहकारी संस्थाहरुको छानबिन गर्न गठित जाँचबुझ आयोग’को प्रतिवेदनले दिएको सुझावअनुसार सरकारले दुई वर्षअघि ओरियन्टललाई समस्याग्रस्त घोषणा गरेको थियो। २०६९ सालमै आर्थिक रुपमा समस्याग्रस्त अवस्थामा पुगिसकेको तथा सरकारले सम्पत्ति रोक्का राखेको ओरियन्टल कोअपरेटिभलाई सहकारी ऐन २०७४ आएपछि मात्र समस्याग्रस्त घोषणा गरी कानुन पश्चादर्शी नहुने विश्वव्यापी मान्यताको विपरीत रहेको भन्दै सर्वोच्चले यस्तो फैसला गरेको हो। 

ओरियन्टल को-अपरेटिभको हकमा सहकारी ऐन २०७४ आकर्षित नहुने भन्दै हालेको मुद्दा सुधीर बस्नेतले जितेपछि अब उनको सम्पत्तिको व्यवस्थापन समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले नभई बस्नेत स्वयंले गर्न पाउने छन्। बस्नेतले नयाँ निक्षेप लिन नपाउने तर पुराना ऋणी तथा बचतकर्ताहरुसँगको कारोबार गर्न पाउने र सम्पत्तिको व्यवस्थापन गर्न सक्ने सर्वोच्चको फैसलामा उल्लेख छ। 

सहकारी ऐन २०७४ प्रमाणिकरण भएको २० दिनपछि सरकारले ओरियन्टललाई समस्याग्रस्त सहकारी घोषणा गरेको थियो। २०७४ सालमा जारी भएको सहकारी ऐनमा ‘सहकारी संघ वा संस्थालाई समस्याग्रस्त घोषणा गर्न सकिने’ प्रावधान राखिएको थियो। सोही व्यवस्थाअनुसार सरकारले ओरियन्टललाई समस्याग्रस्त घोषणा गरेको भएपनि सरकारको उक्त निर्णय कानुनविपरीत रहेको सर्वोच्चको फैसलामा उल्लेख छ। 

ऐन जारी भइसकेपछि २०७४ माघमा पूर्व न्यायाधीश कार्कीकै अध्यक्षतामा सरकारले ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ गठन गरेको थियो भने उक्त समितिलाई समस्याग्रस्त घोषणा भइसकेको ओरियन्टल सहकारीलगायत अरु १० वटा सहकारीको व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको थियो। सरकारले ओरियन्टल सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्नु कानुनसम्मत् नभएको र आफैले सम्पत्तिको व्यवस्थापन गर्न पाउनु पर्ने भन्दै बस्नेतले डिल्लीबजार कारागारमा छँदै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। सोही मुद्दा माथि फैसला सुनाउँदै सर्वोच्चले सुधीर बस्नेतलाई नै आफ्नो सम्पत्तिको व्यवस्थापन गर्न पाउने आदेश दिएको हो। 

जाँचबुझ आयोगले बस्नेतसँग २०७० सालमै लिएको बयानमा उनले आफूले सहकारीको पैसा जग्गा र त्यहाँ बनाइएको अपार्टमेन्टमा लगानी गरेको र त्यसको बिक्रीबाट बचतकर्ताको रकम फिर्ता दिने बताएका थिए। सहकारीका निक्षेपकर्तालाई भेगास सिटीको त्यही जग्गा फिर्ता दिने भनेर बस्नेतले तत्कालीन जाँचबुझ आयोग, त्यसपछि गठित व्यवस्थापन समिति तथा अदालतमा पनि दोहोर्‍याउँदै आएका थिए। अहिले पनि बस्नेतले भेगास सिटी अपार्टमेन्ट र विभिन्न जिल्लामा उनके नाममा रहेके जग्गा बचतकर्ताको नाममा नामसारी गरिरहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

कति छ बस्नेतको सम्पत्ति?  
अहिले सुधीर बस्नेत र ओरियन्टल को-अपरेटिभसँग सम्पत्तिको व्यवस्थापन र दायित्व फछ्र्यौटको काम गरिरहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार बस्नेतले अहिले १६ अर्ब ४ करोड रुपैयाँ बराबरको दायित्व भुक्तानी गर्न बाँकी छ।

गौरीबहादुर कार्कीको आयोगले तयार पारेको प्रतिवेदनअनुसार २०७० सालमा ओरियन्टलका बचतकर्ता र विभिन्न अपार्टमेन्टका बुकिङकर्ताको ५ अर्ब ३८ करोड रुपैयाँ बराबरको साँवा रकम ब्याज बढेर १६ अर्ब नाघेको छ। सुधीर बस्नेतले घरजग्गामा लगानी गरेका थिए।

आर्थिक रुपमा टाट पल्टिएपछि उनको अधिकांश सम्पत्ति लिलाम भइसकेको छ। उनकाे नाममा एक/दुई ठाउँमा जग्गा र अपार्टमेन्ट बाँकी छन्। तर त्यो पनि कानुनी रुपमा उनको भने होइन। बस्नेतले बिभिन्न समयमा गरेका दूइपक्षिय र त्रिपक्षिय सम्झौताअनुसार त्यो सम्पत्तिमा सहकारीका बचतकर्ता, कर्जा दाता र अपार्टमेन्ट खरिदकर्ताको त्यो सम्पत्तिमा हक छ। 

कोहिनुरले प्रवर्द्धन गरेका आयोजनामध्येको एक कोहिनुर हिल हाउजिङ प्रालीको नाममा इमाडोलमा ४६ रोपनी जग्गा र भेगाससिटी अपार्टमेन्ट छ। त्यस्तै ओरियन्टलको नाममा ६ जिल्लामा जग्गा छ। भक्तपुरको गुण्डुमा मात्रै डेढ सय रोपनी भन्दा बढी जग्गा बस्नेतको नाममा छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सुधीर बस्नेतले सञ्चालन गरेका कम्पनी, सहकारी, सञ्चालक र कर्मचारीको नाममा १९ लाख ११ हजार रुपैयाँ बराबरमात्रै नगद मौज्दात रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको तथ्यांकमा उल्लेख छ। त्यसैगरी बस्नेतकी श्रीमती नितु थापा बस्नेत, कर्मचारी राजेश श्रेष्ठ उनकी श्रीमती प्रतिमा शर्मा र अर्का कर्मचारी सन्ध्या भट्टराईको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा सेयर लगानी रहेको देखिन्छ।

सम्बन्धित समाचार

के भेगास सिटी अपार्टमेन्टले सुधीर बस्नेतलाई पुनर्स्थापित गराउला?

ओरियन्टल सहकारी पीडित र पीडक किन आए एकै कित्तामा?

[तस्बिरः अर्थ- बिजनेश ब्लग]

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६  १९:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
ग्यास किन्दा बिल अनिवार्य, निगमको निर्णय कार्यान्वयन गर्न व्यवसायीलाई आग्रह महासंघले बुधबार विज्ञप्ति जारी गर्दै ग्यासको कारोबारलाई पारदर्शी, व्यवस्थित र सुरक्षित बनाउन निगमले अघि सारेको व्यवस्था सकारात्मक रह... बुधबार, कात्तिक ११, २०८३
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँ... मंगलबार, कात्तिक १०, २०८३
हुम्लामा चार करोड खसीको व्यापार हुम्लामा चार करोड मुल्य बराबरको खसीबोकाको व्यापार भएको छ । दसैं वर्षको एक पटक आउने मुख्य चाडपर्व भएको र खसीबोकाको वलि दिनैपर्ने सामा... मंगलबार, कात्तिक १०, २०८३
ताजा समाचारसबै
ग्यास किन्दा बिल अनिवार्य, निगमको निर्णय कार्यान्वयन गर्न व्यवसायीलाई आग्रह बुधबार, कात्तिक ११, २०८३
मलेसियाले मानेन नेपालको प्रस्ताव, १२५ म्यानपावरबाटै कामदार लैजाने नीति कायम बुधबार, कात्तिक ११, २०८३
संसदीय विशेष समिति माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्यांक बुधबार, कात्तिक ११, २०८३
एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला बुधबार, कात्तिक ११, २०८३
भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व अन्त्य गरेको ट्रम्पको दाबी बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्