• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

पीडितलाई न्याय नदिई बिदा भयो समस्याग्रस्त सहकारी व्यवस्थापन समिति

64x64
नेपाल लाइभ बुधबार, माघ ८, २०७६  १४:१३
1140x725

काठमाडौं– समस्याग्रस्त घोषणा गरिएका सहकारीहरूको सम्पत्ति व्यवस्थापन र सदस्यको बचत फिर्ता गर्ने प्रकृया नटुंग्याई समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यकाल सकिएको छ। 

समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन गरी पीडितलाई बचत रकम फिर्ता दिने र दायित्व फरफारक गर्ने जिम्मा पाएको समितिका पदाधिकारी आफ्नो २ वर्षे कार्यकाल सकाएर बिदा भएका छन्। तर यो अवधिमा समितिले पीडितको बचत फिर्ता दिलाउन त सकेन नै समस्याग्रस्त सहकारीलाई कसरी टुंगोमा पुर्‍याउने भन्नेसमेत निक्र्यौल गर्न सकेन। 

‘बचत तथा ऋण कारोबार गर्ने समस्याग्रस्त सहकारी संस्थाहरूको छानबिन गर्न गठित जाँचबुझ आयोग’ ले २०७० सालमा प्रतिवेदन तयार पारेर त्यस्ता सहकारी संस्थाको विवरण सरकारलाई बुझाएको थियो। जाँचबुझ आयोगको प्रतिवेदनले १ सय ३२ सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गरेको थियो। 

ती सस्थाहरूमा सर्वसाधारण बचतकर्ताको करिब ११ अर्ब रुपियाँ हिनामिना भएको प्रतिवेदनमा उल्लेख छ। सहकारी ऐन २०७४ मा समस्याग्रस्त सहकारी संस्थाहरूको व्यवस्थापन गर्नका लागि समिति गठन गर्ने उल्लेख छ। सोही व्यवस्थाअनुसार सरकारले २०७४ साल माघ ८ गते गौरीबहादुर कार्कीको संयोजकत्वमा समस्याग्रस्त सहकारी संस्था व्यवस्थापन समिति गठन भएको थियो। 

सरकारले २०७५ असार २० गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा निर्वाचन आयोगबाट निर्वाचन आचारसंहिता लागू भएको भन्दै २०७४ साल भदौ १४ पछिका सबै राजनितीक नियुक्ति तथा मनोनयन खारेज गर्ने निर्णय ग¥यो। सरकारको उक्त निर्णयपछि व्यवस्थापन समितिका अध्यक्ष गौरीबहादुर कार्कीले राजीनामा दिए। तर अरु सदस्यले भने सर्वोच्च अदालतमा गएर थमौती ल्याएका थिए। 

कार्कीको राजीनामापछि सरकारले समितिको अध्यक्षमा गतवर्ष असोजमा युवराज सुवेदीलाई नियुक्त गरेको थियो। सुवेदीको कार्यकाल अझै ९ महिना बाकी रहे पनि सरकारले उनलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा नियुक्त गरेपछि उनले व्यवस्थापन समितिबाट राजीनामा दिएका छन। अरु सदस्यहरू काशीनाथ मरासिनी, टीका बुढाथोकी, गोबिन्दबहादुर मल्ल, दीपकप्रसाद पौडेल र हुमाकान्त पन्थी पनि मंगलबार समितिबाट बिदा भएका छन्। यसरी व्यवस्थापन समितिले आफ्नो कार्य अवधिमा समस्याग्रस्त सहकारी व्यवस्थापन गर्न नसकेपछि त्यस्ता संस्थाका सदस्यहरूले आफ्नो बचत कहिले फिर्ता पाउँछन् भन्नेमा अन्योलता देखिएको छ।

समितिको काम ओरेन्टलमा मात्रै केन्द्रित, नतिजा भने शून्यप्राय:

सरकारले २०७४ कात्तिक २० गते ओरेन्टल को-अपरेटिभ लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको थियो। त्यस्तै २०७५ असार १८ गते थप ९ वटा सहकारी संस्था समस्याग्रस्त घोषणा भए। साविकको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले सदस्यको बचत फिर्ता गर्न नसकेका स्ट्याण्र्डड, प्यासिफिक, प्रभु, कोहिनुर हिल, कन्जुमर, कुबेर, चार्टर्ड र भेगास बचत तथा ऋणका साथै स्याण्र्डड मल्टिप्रपोज कोअपरेटिभलाई एकैपटक समस्याग्रस्त घोषणा गर्‍यो।

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै सरकारले गत बैशाखमा सोसाइटल बचत तथा ऋण सहकारी र कात्तिकमा लुःनिभा बचत तथा ऋण सहकारीलाई पनि समस्याग्रस्त घोषणा गरेको छ। यसरी व्यवस्थापन समितिलाई १ दर्जन सहकारी व्यवस्थापनको जिम्मेवारी सरकारले दिएको भए पनि ओरेन्टललाई मात्रै प्राथमिकतामा राखेर अरु सहकारीको प्रारम्भिक चरणको अध्ययनसमेत गरेन। 

सहकारी क्षेत्रमा मुलुकभित्र भएको सबैभन्दा ठूलो रकम हिनामिना काण्ड मानिने ओरेन्टल पीडितलाई दायित्व भुक्तानी गर्न समितिले केही काम गरे पनि अरु सहकारीको हकमा भने समितिले कुनै प्रकृया अघि बढाउन सकेन। गौरीबहादुर कार्की छँदै समितिले ओरेण्टल सहकारी संस्थासँग सम्बन्धित पीडितको निवेदन आह्वान गरी करिब ८ हजार सदस्यको निवेदन संकलन गरेको थियो। ती निवेदनहरू विद्युतीय प्रणालीमा राख्ने काम यो अवधिमा समितिले गरेको देखिन्छ। त्यस्तै उक्त सहकारीका मुख्य कार्यालयसहित विभिन्न जिल्लामा रहेका शाखा कार्यालयहरू बन्द गराई ती कार्यालयमा रहेका कागजात समितिको कार्यालयमा ल्याई अध्ययन गर्ने र भौतिक सामानको लागत तयार गरी लिलाम बिक्री गर्ने कार्य अगाडि बढाइएको थियो। 

तर व्यवस्थापन समितिको जिम्मेवारीमा सुवेदी आएपछि कामको गति सुस्ताएको समितिका एक सदस्य बताउँछन। ‘गौरीबहादुर कार्की अध्यक्ष हुँदा पीडितहरूले आफ्नो बचत रकम फिर्ता पाउँछन् कि भन्ने हामीले पनि आश गरेका थियौं। तर सुवेदी आएपछि भने समितिको कार्यशैली परिवर्तन भयो। सुवेदीले जे काम गर्थे त्यसमा अदालत बाधक भैदिन्थ्यो। यहीकारण बचतकर्ताले आफ्नो रकम फिर्ता पाउन सकेनन्,’ ती सदस्यले नाम उल्लेख नगर्ने शर्तमा भने।
समितिका अर्का सदस्य काशीनाथ मरासिनीले भने आफू समितिबाट बिदा भईसकेको भन्दै यस विषयमा बोल्न माननेन। मंगलबार नेपाल लाइभकर्मीले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा भेट्दा मरासिनीले आफूले केही बोल्न नचाहेको बताए। ‘हामीले २ वर्षसम्म के काम ग¥यौं भन्ने कुरा त यही समितिमै छ। अब हामी बिदा भइसक्यौं, जे छ यही छ,’ उनले भने। 

अदालती मुद्दाको झमेला

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

व्यवस्थापन समितिमा अध्यक्षको जिम्मेवारी पाएलगत्तै सुवेदीले ओरेन्टल सहकारीका सञ्चालक सुधिर बस्नेतको सम्पत्ति खोज्न थाले। समितिले सहकारी संस्थाको नाममा विभिन्न ५ जिल्लामा रहेको अचल–सम्पति, बस्नेतले सञ्चालन गरेका कम्पनी, सहकारी, सञ्चालक तथा कर्मचारी र बस्नेतको परिवारका सदस्यको नाममा रहेको सम्पत्ति खोज्न थाल्यो। बस्नेतकि श्रीमती नितु थापा बस्नेतको नाममा विभिन्न बैंकमा रहेको सेयर कारोबार रोक्का गर्ने र त्यसको बिक्री पछिको रकम समितिमा ल्याउने समितिको निर्णयविरुद्ध बस्नेतले सर्वोच्च अदालतमा मुद्दा हाले। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै त्यो सम्पत्ति व्यवस्थापन समितिले आफ्नो मातहत ल्याउन नपाउने निर्णय गर्‍यो। 

त्यसपछि समितिले बस्नेतको स्वामित्वमा रहेको भेगासिटी अपार्टमेन्टलाई आफ्नो मातहत ल्याउन खोज्यो। त्यसमा पनि सर्वोच्चको आदेश नै बाधक बन्यो। व्यवस्थापन समितिले ओरेन्टल पीडितले प्रयोग गरिरहको सामूहिक भ्वाइस मेल सेवा बन्द गर्न भन्दै प्रहरी प्रशासनलाई लेखि पठाएपछि उनीहरू पनि समितिसँग टाढिए। यही विषयमा उनीहरू पनि समितिविरुद्ध अदालत गए। यो प्रकरणमा पनि समिति कमजोर देखियो। सुधीर बस्नेतले आफ्नो सम्पत्ति व्यवस्थापन आफैं गर्ने भन्दै काठमाडौं उपत्यका विभिन्न स्थान र चितवनमा रहेको जग्गा वितरण गर्न थालेपछि त्यसलाई पनि व्यवस्थापन समितिले रोकेको थियो। तर सर्वोच्चले बस्नेतले काम गर्न पाउनुपर्ने भन्दै आदेश दिएपछि समितिको काममा थप अंकुश लाग्यो। यहीबचि २०७५ चैत १९ गते सुधिर बस्नेत पक्राउ परे। तर सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट परेपछि बस्नेत बैशाख २ गते छुटे।

समस्याग्रस्त घोषणा भएका ९ सहकारी ओरेन्टलसँगै सम्बन्धित

यसरी समस्याग्रस्त घोषणा भएका ९ वटा सहकारी संस्थाहरू सुधिर बस्नेत सञ्चालक रहेको ओरेन्टल को–अपरेटिभसँगै सम्बन्धित थिए। व्यवस्थापन समितिले २०७५ जेठ ७ गते साबिकको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई लेखेको पत्रमा प्यासिफिक सेभिङ एण्ड क्रेडिट, स्टाण्डर्ड सेभिङ एण्ड क्रेडिट, प्रभु बचत तथा ऋण सहकारी संस्था, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ, चार्टड सेभिङ एण्ड क्रेडिट, कन्जुमर सेभिङ एण्ड क्रेडिट, भेगास बचत तथा ऋण सहकारी, र कुबेर बचत तथा ऋण सहकारी ओरेन्टल को–अपरेटिभसँग सम्बन्धित रहेको भन्दै मन्त्रालयलाई पत्र पठाएको देखिन्छ। सोही आधारमा मन्त्रालयले गतवर्ष असार १८ गते ती संस्थालाई पनि समस्याग्रस्त घोषणा गरेको थियो। 


 

प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  १४:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
पश्चिमी वायुको प्रभावका कारण आइतबार वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक १, २०८३
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्