• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर २६, २०८२ Fri, Dec 12, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

१६ अर्ब रुपैयाँभन्दा बढी अनियमितताको आरोप लागेका सुधीर बस्नेतको पक्षमा सर्वोच्चको फैसला

‍रोकिएला त ओरिएन्टल सहकारी लगायतमाथिको छानबिन प्रक्रिया?
64x64
नेपाल लाइभ बिहीबार, साउन १६, २०७६  ११:१०
1140x725

काठमाडौं– सर्वोच्च अदालतले व्यापारी सुधीर बस्नेतको पक्षमा फैसला सुनाएको छ। न्यायाधीश बमकुमार श्रेष्ठ र मनोज शर्माको इजलाशले बुधबार कोहिनुर हाउजिङ प्रालिका तर्फबाट २०७५ चैत १३ गते दायर रिटमा सुनुवाई गर्दै बस्नेतको पक्षमा फैसला सुनाएको हो।

बस्नेतले आफूलाई काम गर्ने वातावरण दिनु पर्ने र सवै उपभोक्ताको ऋण चुक्ता गर्ने भन्दै काम गरिरहेको अवस्थामा पक्राउ गरिएको दाबी गर्दै सर्वोच्चमा रिट हालेका थिए। उक्त रिटमा सर्वोच्चले फैसला गर्दै बस्नेतको पक्षमा आदेश जारी गरेको हो।

१६ अर्ब रुपैयाँभन्दा बढी दायित्व रहेको ओरिएन्टल को-अपरेटिभ लिमिटेडको अनियमितता छानबिन प्रक्रियामा पनि अव के हुने भन्ने अन्योल उत्पन्न भएको छ। सर्वोच्चको पूर्ण फैसला नआएसम्म यो विषयमा यसै हुन्छ भन्न नसकिने अवस्था रहेको भूमिसुधार मन्त्रालय स्रोतले जनाएको छ। संकटग्रस्त ओरिएन्टल सहकारी छानबिन समितिले पनि सर्वोच्चको पूर्ण फैसला पढेपछि मात्र यस विषयमा के गर्ने भन्ने निर्णय गर्न सकिने बताएको छ।

छानबिनका लागि भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र समस्याग्रस्त सहकारी संस्था व्यवस्थापन समितिबाट जारी भएका सूचना एवम् सबै परिपत्र सर्वोच्चको यो फैसलापछि बदर हुने देखिन्छ। तर, त्यसको हकमा फैसलाले के भनेको छ, त्यो फैसलाको पूर्णपाठ हेरेपछि मात्र थाहा हुनेछ।

सर्वोच्चको फैसलापछि ठूलो परिमाणको रकम लगानी रहेको को-अपरेटिभको दायित्व एवम् छानबिनपछि गरिएको कारबाही सिफारिसको कार्यान्वयन भने रोकिने निश्चित भएको छ।

सरकारको निर्णयअनुरूप ओरिएन्टल को-अपरेटिभ लिमिटेडलाई समस्याग्रस्त सहकारी संस्था घोषणा गरिएको थियो। संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका विषयमा सरकारको २०७४ पुस २८ को निर्णयअनुसार अधिकार सम्पन्न छानबिन समिति गठन भएको थियो। समितिले सहकारीका सञ्चालकलाई पक्राउ गर्न तथा प्रहरी अनुसन्धानपछि मुद्दा चलाउन सिफारिस गरेको थियो। सर्वसाधारणको करोडौं रकम जोखिममा परेको भन्दै कारोबार एवम् कामकारबाही रोक्ने गरी समितिले सूचना जारी गरेको थियो।

सोपश्चात् मन्त्रालय र समितिका निर्णय खारेज गर्न मागसहित को-अपरेटिभका सञ्चालक सुधीर बस्नेत लगायतले सर्वोच्चमा मुद्दा हालेका थिए। सुधीरसँगै भेगासिटी र अन्य सरोकारवाला निकाय पनि सर्वोच्च पुगेका थिए।

छानबिन चलिरहेको अवस्थामा को-अपरेटिभको रकमद्वारा सञ्चालित हाउजिङ अपार्टमेन्टका बुकिङकर्तालाई पुनः सम्झौता गर्न र रकम बुझाउन भन्दै सूचना जारी भएपछि समिति र लिमिटेडबीच थप विवाद भएको थियो।

Ncell 2
Ncell 2

समितिले को-अपरेटिभको सूचनालाई ‘गैरकानुनी’ भनेको छ। लिमिटेडमा जम्मा भएको रकमले हाउजिङ प्रालि सञ्चालन गरी निक्षेप हिनामिना गरिएको निष्कर्ष समितिले निकालेको थियो।

को-अपरेटिभको निक्षेप जग्गा विकास, आवास, हाउजिङ, अपार्टमेन्टलगायतका विभिन्न क्षेत्रमा लगानी गरिएको थियो। निक्षेपकर्ता सेयर सदस्यहरूको आयआर्जन वृद्धिका लागि भनेर थप निक्षेप संकलन एवम् बुकिङ गर्न लिमिटेडका तर्फबाट आह्वान भएको सूचना समितिले रोकेको थियो।

छानबिनका क्रममा समितिसँग भएका सर्तसमेत उल्लंघन भएको भन्दै सहकारीका तर्फबाट थप रकम माग गर्नेलगायतका काम भएमा अपार्टमेन्ट बुकिङ नवीकरण, समायोजन, किस्ता रकम, शुल्क दस्तुरलगायत नबुझाउनु र थप बुकिङ नगर्न भन्दै २०७५ मंसिर १३ गते समितिबाट अपार्टेमेन्टका नाममा सूचनासमेत प्रकाशित भएको थियो।

यस्तै बस्नेत संलग्न कन्जुमर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड र कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडसहित सरोकारवाला सबैलाई दाबी पेस गर्न समितिले २०७५ साल फागुन ९ गते सूचना निकालेको थियो।

छानबिनका क्रममा विभिन्न कम्पनी खडा गरी घरजग्गा कारोबार, अपार्टमेन्ट निर्माण, हवाइजहाज कम्पनी र यातायात क्षेत्रमा लगानी भएको भेटिएको थियो। सहकारीको रकमबाट आयुषा डेभलपर्स प्रालि, कोहिनुर हिल हाउजिङ प्रालि र ओरिएन्टल बिल्डर्स प्रालि नामक विभिन्न हाउजिङ कम्पनी खडा गर्दै बैंक तथा वित्तीय संस्थाबाट करोडौं रकम कर्जा लिइएको थियो।

प्रकाशित मिति: बिहीबार, साउन १६, २०७६  ११:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनपीएल २: विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा
जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने मन्त्रिपरिषद्को निर्णय
राष्ट्रपति पौडेल भेट्न पुगिन् प्रधानमन्त्री कार्की
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एनपीएल २: विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा बिहीबार, मंसिर २५, २०८२
जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने मन्त्रिपरिषद्को निर्णय बिहीबार, मंसिर २५, २०८२
राष्ट्रपति पौडेल भेट्न पुगिन् प्रधानमन्त्री कार्की बिहीबार, मंसिर २५, २०८२
जेनजीसँगको सम्झौतालाई सरकारले गर्‍यो अनुमोदन, राजपत्रमा प्रकाशित गरिने बिहीबार, मंसिर २५, २०८२
लुम्बिनीले विराटनगरलाई दियो १३५ रनको सामान्य लक्ष्य बिहीबार, मंसिर २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख शाक्य पक्राउ, १ अर्ब रुपैयाँ नोक्सानीको आरोप बुधबार, मंसिर २४, २०८२
जाहेरवालाका वकिल न्यायाधीशको आफन्त परेपछि रवि-छविको मुद्दा हेर्न नमिल्नेमा बिहीबार, मंसिर २५, २०८२
बहुविवाहको आरोपमा डिएसपी नेपाल पक्राउ बुधबार, मंसिर २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्