• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

१६ अर्ब रुपैयाँभन्दा बढी अनियमितताको आरोप लागेका सुधीर बस्नेतको पक्षमा सर्वोच्चको फैसला

‍रोकिएला त ओरिएन्टल सहकारी लगायतमाथिको छानबिन प्रक्रिया?
64x64
नेपाल लाइभ बिहीबार, साउन १६, २०७६  ११:१०
1140x725

काठमाडौं– सर्वोच्च अदालतले व्यापारी सुधीर बस्नेतको पक्षमा फैसला सुनाएको छ। न्यायाधीश बमकुमार श्रेष्ठ र मनोज शर्माको इजलाशले बुधबार कोहिनुर हाउजिङ प्रालिका तर्फबाट २०७५ चैत १३ गते दायर रिटमा सुनुवाई गर्दै बस्नेतको पक्षमा फैसला सुनाएको हो।

बस्नेतले आफूलाई काम गर्ने वातावरण दिनु पर्ने र सवै उपभोक्ताको ऋण चुक्ता गर्ने भन्दै काम गरिरहेको अवस्थामा पक्राउ गरिएको दाबी गर्दै सर्वोच्चमा रिट हालेका थिए। उक्त रिटमा सर्वोच्चले फैसला गर्दै बस्नेतको पक्षमा आदेश जारी गरेको हो।

१६ अर्ब रुपैयाँभन्दा बढी दायित्व रहेको ओरिएन्टल को-अपरेटिभ लिमिटेडको अनियमितता छानबिन प्रक्रियामा पनि अव के हुने भन्ने अन्योल उत्पन्न भएको छ। सर्वोच्चको पूर्ण फैसला नआएसम्म यो विषयमा यसै हुन्छ भन्न नसकिने अवस्था रहेको भूमिसुधार मन्त्रालय स्रोतले जनाएको छ। संकटग्रस्त ओरिएन्टल सहकारी छानबिन समितिले पनि सर्वोच्चको पूर्ण फैसला पढेपछि मात्र यस विषयमा के गर्ने भन्ने निर्णय गर्न सकिने बताएको छ।

छानबिनका लागि भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र समस्याग्रस्त सहकारी संस्था व्यवस्थापन समितिबाट जारी भएका सूचना एवम् सबै परिपत्र सर्वोच्चको यो फैसलापछि बदर हुने देखिन्छ। तर, त्यसको हकमा फैसलाले के भनेको छ, त्यो फैसलाको पूर्णपाठ हेरेपछि मात्र थाहा हुनेछ।

सर्वोच्चको फैसलापछि ठूलो परिमाणको रकम लगानी रहेको को-अपरेटिभको दायित्व एवम् छानबिनपछि गरिएको कारबाही सिफारिसको कार्यान्वयन भने रोकिने निश्चित भएको छ।

सरकारको निर्णयअनुरूप ओरिएन्टल को-अपरेटिभ लिमिटेडलाई समस्याग्रस्त सहकारी संस्था घोषणा गरिएको थियो। संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका विषयमा सरकारको २०७४ पुस २८ को निर्णयअनुसार अधिकार सम्पन्न छानबिन समिति गठन भएको थियो। समितिले सहकारीका सञ्चालकलाई पक्राउ गर्न तथा प्रहरी अनुसन्धानपछि मुद्दा चलाउन सिफारिस गरेको थियो। सर्वसाधारणको करोडौं रकम जोखिममा परेको भन्दै कारोबार एवम् कामकारबाही रोक्ने गरी समितिले सूचना जारी गरेको थियो।

सोपश्चात् मन्त्रालय र समितिका निर्णय खारेज गर्न मागसहित को-अपरेटिभका सञ्चालक सुधीर बस्नेत लगायतले सर्वोच्चमा मुद्दा हालेका थिए। सुधीरसँगै भेगासिटी र अन्य सरोकारवाला निकाय पनि सर्वोच्च पुगेका थिए।

छानबिन चलिरहेको अवस्थामा को-अपरेटिभको रकमद्वारा सञ्चालित हाउजिङ अपार्टमेन्टका बुकिङकर्तालाई पुनः सम्झौता गर्न र रकम बुझाउन भन्दै सूचना जारी भएपछि समिति र लिमिटेडबीच थप विवाद भएको थियो।

nimb
nimb

समितिले को-अपरेटिभको सूचनालाई ‘गैरकानुनी’ भनेको छ। लिमिटेडमा जम्मा भएको रकमले हाउजिङ प्रालि सञ्चालन गरी निक्षेप हिनामिना गरिएको निष्कर्ष समितिले निकालेको थियो।

को-अपरेटिभको निक्षेप जग्गा विकास, आवास, हाउजिङ, अपार्टमेन्टलगायतका विभिन्न क्षेत्रमा लगानी गरिएको थियो। निक्षेपकर्ता सेयर सदस्यहरूको आयआर्जन वृद्धिका लागि भनेर थप निक्षेप संकलन एवम् बुकिङ गर्न लिमिटेडका तर्फबाट आह्वान भएको सूचना समितिले रोकेको थियो।

छानबिनका क्रममा समितिसँग भएका सर्तसमेत उल्लंघन भएको भन्दै सहकारीका तर्फबाट थप रकम माग गर्नेलगायतका काम भएमा अपार्टमेन्ट बुकिङ नवीकरण, समायोजन, किस्ता रकम, शुल्क दस्तुरलगायत नबुझाउनु र थप बुकिङ नगर्न भन्दै २०७५ मंसिर १३ गते समितिबाट अपार्टेमेन्टका नाममा सूचनासमेत प्रकाशित भएको थियो।

यस्तै बस्नेत संलग्न कन्जुमर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड र कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडसहित सरोकारवाला सबैलाई दाबी पेस गर्न समितिले २०७५ साल फागुन ९ गते सूचना निकालेको थियो।

छानबिनका क्रममा विभिन्न कम्पनी खडा गरी घरजग्गा कारोबार, अपार्टमेन्ट निर्माण, हवाइजहाज कम्पनी र यातायात क्षेत्रमा लगानी भएको भेटिएको थियो। सहकारीको रकमबाट आयुषा डेभलपर्स प्रालि, कोहिनुर हिल हाउजिङ प्रालि र ओरिएन्टल बिल्डर्स प्रालि नामक विभिन्न हाउजिङ कम्पनी खडा गर्दै बैंक तथा वित्तीय संस्थाबाट करोडौं रकम कर्जा लिइएको थियो।

प्रकाशित मिति: बिहीबार, साउन १६, २०७६  ११:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा
गुगलले सुरू गर्‍यो नेपालको बाढीसम्बन्धी आपतकालीन अपडेट
इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई ५ वर्षको जेल सजाय
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा शनिबार, भदौ १३, २०८३
गुगलले सुरू गर्‍यो नेपालको बाढीसम्बन्धी आपतकालीन अपडेट शनिबार, भदौ १३, २०८३
इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई ५ वर्षको जेल सजाय शनिबार, भदौ १३, २०८३
अध्यक्षलाई अमर्यादित गालीगलौज गरेको आरोप, गुणराज लोहनी नेकपा बहुमतबाट निष्कासित शनिबार, भदौ १३, २०८३
महामारीको जोखिम भएपछि २२९ शवको डीएनए संकलन गरी जमिनमुनि गाडिने शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्