काठमाडौं– भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा सुकुमबासीहरुले आन्दोलन थालेका छन् ।
विरोध प्रदर्शनपछि सेन्टरमा प्रहरी पुगेको छ । उनीहरुले थाल ठटाएर सरकारको विरोध गरिरहेका छन् ।
स्थानीय प्रशासनले सेन्टरमा बसेका सुकुमबासीहरुलाई २ बजेसम्ममा सो स्थान छाड्न निर्देशन दिएपछि उनीहरूले थाल ठटाएर विरोध प्रदर्शन गरेका हुन् ।
आवासको विकल्प नदिएर जबरजस्ती होल्डिङ सेन्टरबाटसमेत लखेट्न खोजेको भन्दै सुकुमबासीहरु आन्दोलनमा उत्रिएका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।