• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

स्वदेश फर्कन जोखिमपूर्ण हवाई यात्रा

कोरोना नेगेटिभ भएका र परीक्षण नगरेका एउटै विमानमा
64x64
निर्मला घिमिरे शनिबार, साउन ३, २०७७  ०६:२०
1140x725

काठमाडौं- चार्टर्ड उडानमार्फत् गत असार २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका गण्डकी प्रदेशका महेश अधिकारीसँग कोरोना परीक्षणको आरडिटी वा पिसीआर परीक्षणको रिपोर्ट केही पनि थिएन। उनीसँगै फर्किएका १५४ मध्ये ७ जनासँग मात्रै पिसीआर परीक्षणको रिपोेर्ट थियो। बाँकीसँग सम्बन्धित गन्तव्य मुलुकले उपलब्ध गराएको ‘फिट फर ट्राभल’ रिपोर्ट मात्रै थियो। 

१५४ मध्ये पिसीआर परीक्षणको रिपोर्ट भएका ७ जनालाई छुट्टै राखेर होम क्वारेन्टाइन पठाइयो भने फिट फर ट्राभल रिपोर्ट भएका बाँकीलाई होटल क्वारेन्टाइन पठाइयो।

युएईबाट फर्किएका शिवलाल चौधरीसँग पिसीआर परीक्षणको नेगेटिभ रिपोर्ट थियो। उनीसहित १६८ जना एयर अरेबियाको जहाजमा फर्किएका थिए। उनीहरु मध्ये कतिपयसँग पिसीआर परीक्षण र केहीसँग आरडिटी परीक्षणको नेगेटिभ रिपोर्ट थियो भने कोरोना परीक्षण नै नगराई फर्किएकाहरु पनि थिए।

एउटै उडानमार्फत् आएका ३ किसिमका व्यक्तिहरुमध्ये पिसीआर रिपोर्ट नेगेटिभ भएकाहरुलाई होम क्वारेन्टाइन पठाइयो। चौधरी आफू र पिसीआर रिपोर्ट नेगेटिभ भएका अन्य साथीहरुलाई होम क्वारेन्टाइनमा पठाइएको बताउँछन्। बाँकी कोरोना परीक्षण नगराई फर्किएका तथा आरडिटीमात्र गरेर फर्किएकाहरुलाई अन्य स्थानीय तथा प्रदेशस्तरीय क्वारेन्टाइनमा पठाइएको थियो। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डे यसरी कोरोना परीक्षणको पिसीआर रिपोर्ट नेगेटिभ भएका, आरडिटी रिपोर्टमात्र भएका वा रिपोर्ट नै नभएकाहरु सबैलाई एउटै उडानमार्फत् फर्काउँदा जोखिम हुने बताउँछन्। सबैलाई सँगै ल्याउनुपर्ने अवस्था भएमा सम्बन्धित गन्तव्य मुलुकमा कोरोना परीक्षणको पिसीआर नेगेटिभ भएकाहरुले स्वदेश फर्किएर पनि पुनः परीक्षण गराउनुपर्ने उनको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘पिसीआर रिपोर्ट नभएकासँगै एउटै उडानमार्फत् फर्किएपछि पिसीआर रिपोर्ट नेगेटिभ हुनेहरु पनि ढुक्क हुने अवस्था रहँदैन। उहाँहरुमा पनि कोरोना संक्रमणको जोखिम हुन्छ,’ डा पाण्डेले नेपाल लाइभसँग भने। यस्तो अवस्थामा पिसीआर रिपोर्ट नेगेटिभ भएकाहरुलाई पनि सिधै होम क्वारेन्टाइनमा नपठाएर तोकिएको क्वारेन्टाइनमा राखि पुनः कोरोना परीक्षण गरेरमात्रै घर पठाउनुपर्ने उनको भनाइ छ। 

जोखिमपूर्ण हवाई उडानमार्फत् फर्किए २८ हजार बढी 
कोरोनाका कारण विदेशमा समस्यामा परेका २८ हजार जनाभन्दा बढी नेपालीहरु जोखिमपूर्ण हवाई उद्धार उडानमार्फत् स्वदेश फर्किसकेका छन्। बिहीबारसम्म हवाई उडानमार्फत् स्वदेश फर्किएका २८ हजार ७ सय ११ मध्ये अधिकांश कोरोना परीक्षण नगराई फर्कनेहरु छन्।

ओमान तथा म्यानमारलगायत केही मुलुकबाट मात्रै एउटै उडानमार्फत् फर्कनेहरु सबैले एकै किसिमको (पिसीआर) परीक्षण गराएर फर्किएका थिए। बाँकी अधिकांशलाई भद्रगोल तरिकाबाट जोखिमपूर्ण यात्रा गराइएको पाइएको छ।

स्वास्थ्य प्रोटोकलमा पिसीआर रिपोर्ट नेगेटिभ भएका, आरडिटी नेगेटिभ भएका तथा यी दुवै परीक्षण नगराएकाहरुलाई छुट्टाछुट्टै उडानमार्फत् फर्काउनुपर्ने व्यवस्था भएपनि सबैलाई एकै उडानमार्फत् स्वदेश फर्काइएको पाइएको हो। त्रुटिपूर्ण उद्धारकै कारण यसबीचमा कोरोना संक्रमण दरसमेत बढेको थियो। विदेशमा कोरोना नेगेटिभ भएकाहरु नेपाल फर्किएपछि कोरोना पोजिटिभका थुप्रै घटनाहरु बाहिरिएका थिए।

विदेशबाट फर्किएकाहरुमा अहिले पनि कोरोना पुष्टि भएका, आशंका भएका तथा अन्य गरी ४९ जना विभिन्न अस्पतालमा उपचाररत छन्। यसअघि कोरोना पुष्टि भएका कतिपय कोरोनामुक्त भइसकेका छन्। 

छुट्टाछुट्टै उडानमार्फत् फर्काइएको सिसिएमसीको दाबी 
कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का सचिव महेन्द्र गुरागाइँ एउटा उडानमार्फत् कोरोना परीक्षणको एउटै किसिमको रिपोर्ट भएका व्यक्तिहरुलाई मात्रै स्वदेश फर्काइएको दाबी गर्छन्। 

‘हामीले पिसीआर र आरडिटी नेगेटिभ भएकालाई एउटै उडानमा मिसाएर नपठाउन सम्बन्धित नियोगहरुलाई निर्देशन दिएका छौँ। जुन देशमा जस्तो परीक्षणको व्यवस्था छ, सबैले सोही किसिमको परीक्षण गराएर फर्कनुभएको छ,’ गुरागाँइले नेपाल लाइभसँग भने। कोरोना परीक्षणको व्यवस्था नभएका मुलुकहरुबाट फिट फर ट्राभल डकुमेन्टका आधारमा उनीहरुलाई छुट्टै फर्काइएको सिसिएमसीले दाबी गरेको छ।

प्रकाशित मिति: शनिबार, साउन ३, २०७७  ०६:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू मलेसिया जाने नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावरलाई मुख्य कम्पनी र अन्यलाई सबएजेन्ट बनाइएको विषयमा विवाद भइरहेका बेला व... शुक्रबार, असोज २, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
ताजा समाचारसबै
१३ देशका लागि राजदूत सिफारिस: भारतमा निश्चलनाथ, अमेरिकामा चिरनजंग शुक्रबार, असोज २, २०८३
मन्त्रिपरिषद् बैठक सुरु, राजदूत सिफारिसको सम्भावना शुक्रबार, असोज २, २०८३
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू शुक्रबार, असोज २, २०८३
विभिन्न दल र नागरिक समाजसँग छलफलमा छौं, सरकारविरुद्ध आन्दोलनको तयारी हुँदैछ : प्रचण्ड शुक्रबार, असोज २, २०८३
असनमा प्रहरीको अपरेशन : डेढ किलो सुनसहित समातिए भारतीय गिरोहका सदस्य शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्