• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ २०, २०८२ Tue, Jun 3, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार
स्वदेश फर्कन जोखिमपूर्ण हवाई यात्रा कोरोना नेगेटिभ भएका र परीक्षण नगरेका एउटै विमानमा
64x64
निर्मला घिमिरे शनिबार, साउन ३, २०७७  ०६:२०
1140x725

काठमाडौं- चार्टर्ड उडानमार्फत् गत असार २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका गण्डकी प्रदेशका महेश अधिकारीसँग कोरोना परीक्षणको आरडिटी वा पिसीआर परीक्षणको रिपोर्ट केही पनि थिएन। उनीसँगै फर्किएका १५४ मध्ये ७ जनासँग मात्रै पिसीआर परीक्षणको रिपोेर्ट थियो। बाँकीसँग सम्बन्धित गन्तव्य मुलुकले उपलब्ध गराएको ‘फिट फर ट्राभल’ रिपोर्ट मात्रै थियो। 

१५४ मध्ये पिसीआर परीक्षणको रिपोर्ट भएका ७ जनालाई छुट्टै राखेर होम क्वारेन्टाइन पठाइयो भने फिट फर ट्राभल रिपोर्ट भएका बाँकीलाई होटल क्वारेन्टाइन पठाइयो।

युएईबाट फर्किएका शिवलाल चौधरीसँग पिसीआर परीक्षणको नेगेटिभ रिपोर्ट थियो। उनीसहित १६८ जना एयर अरेबियाको जहाजमा फर्किएका थिए। उनीहरु मध्ये कतिपयसँग पिसीआर परीक्षण र केहीसँग आरडिटी परीक्षणको नेगेटिभ रिपोर्ट थियो भने कोरोना परीक्षण नै नगराई फर्किएकाहरु पनि थिए।

एउटै उडानमार्फत् आएका ३ किसिमका व्यक्तिहरुमध्ये पिसीआर रिपोर्ट नेगेटिभ भएकाहरुलाई होम क्वारेन्टाइन पठाइयो। चौधरी आफू र पिसीआर रिपोर्ट नेगेटिभ भएका अन्य साथीहरुलाई होम क्वारेन्टाइनमा पठाइएको बताउँछन्। बाँकी कोरोना परीक्षण नगराई फर्किएका तथा आरडिटीमात्र गरेर फर्किएकाहरुलाई अन्य स्थानीय तथा प्रदेशस्तरीय क्वारेन्टाइनमा पठाइएको थियो। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डे यसरी कोरोना परीक्षणको पिसीआर रिपोर्ट नेगेटिभ भएका, आरडिटी रिपोर्टमात्र भएका वा रिपोर्ट नै नभएकाहरु सबैलाई एउटै उडानमार्फत् फर्काउँदा जोखिम हुने बताउँछन्। सबैलाई सँगै ल्याउनुपर्ने अवस्था भएमा सम्बन्धित गन्तव्य मुलुकमा कोरोना परीक्षणको पिसीआर नेगेटिभ भएकाहरुले स्वदेश फर्किएर पनि पुनः परीक्षण गराउनुपर्ने उनको भनाइ छ। 

‘पिसीआर रिपोर्ट नभएकासँगै एउटै उडानमार्फत् फर्किएपछि पिसीआर रिपोर्ट नेगेटिभ हुनेहरु पनि ढुक्क हुने अवस्था रहँदैन। उहाँहरुमा पनि कोरोना संक्रमणको जोखिम हुन्छ,’ डा पाण्डेले नेपाल लाइभसँग भने। यस्तो अवस्थामा पिसीआर रिपोर्ट नेगेटिभ भएकाहरुलाई पनि सिधै होम क्वारेन्टाइनमा नपठाएर तोकिएको क्वारेन्टाइनमा राखि पुनः कोरोना परीक्षण गरेरमात्रै घर पठाउनुपर्ने उनको भनाइ छ। 

जोखिमपूर्ण हवाई उडानमार्फत् फर्किए २८ हजार बढी 
कोरोनाका कारण विदेशमा समस्यामा परेका २८ हजार जनाभन्दा बढी नेपालीहरु जोखिमपूर्ण हवाई उद्धार उडानमार्फत् स्वदेश फर्किसकेका छन्। बिहीबारसम्म हवाई उडानमार्फत् स्वदेश फर्किएका २८ हजार ७ सय ११ मध्ये अधिकांश कोरोना परीक्षण नगराई फर्कनेहरु छन्।

ओमान तथा म्यानमारलगायत केही मुलुकबाट मात्रै एउटै उडानमार्फत् फर्कनेहरु सबैले एकै किसिमको (पिसीआर) परीक्षण गराएर फर्किएका थिए। बाँकी अधिकांशलाई भद्रगोल तरिकाबाट जोखिमपूर्ण यात्रा गराइएको पाइएको छ।

स्वास्थ्य प्रोटोकलमा पिसीआर रिपोर्ट नेगेटिभ भएका, आरडिटी नेगेटिभ भएका तथा यी दुवै परीक्षण नगराएकाहरुलाई छुट्टाछुट्टै उडानमार्फत् फर्काउनुपर्ने व्यवस्था भएपनि सबैलाई एकै उडानमार्फत् स्वदेश फर्काइएको पाइएको हो। त्रुटिपूर्ण उद्धारकै कारण यसबीचमा कोरोना संक्रमण दरसमेत बढेको थियो। विदेशमा कोरोना नेगेटिभ भएकाहरु नेपाल फर्किएपछि कोरोना पोजिटिभका थुप्रै घटनाहरु बाहिरिएका थिए।

विदेशबाट फर्किएकाहरुमा अहिले पनि कोरोना पुष्टि भएका, आशंका भएका तथा अन्य गरी ४९ जना विभिन्न अस्पतालमा उपचाररत छन्। यसअघि कोरोना पुष्टि भएका कतिपय कोरोनामुक्त भइसकेका छन्। 

छुट्टाछुट्टै उडानमार्फत् फर्काइएको सिसिएमसीको दाबी 
कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का सचिव महेन्द्र गुरागाइँ एउटा उडानमार्फत् कोरोना परीक्षणको एउटै किसिमको रिपोर्ट भएका व्यक्तिहरुलाई मात्रै स्वदेश फर्काइएको दाबी गर्छन्। 

‘हामीले पिसीआर र आरडिटी नेगेटिभ भएकालाई एउटै उडानमा मिसाएर नपठाउन सम्बन्धित नियोगहरुलाई निर्देशन दिएका छौँ। जुन देशमा जस्तो परीक्षणको व्यवस्था छ, सबैले सोही किसिमको परीक्षण गराएर फर्कनुभएको छ,’ गुरागाँइले नेपाल लाइभसँग भने। कोरोना परीक्षणको व्यवस्था नभएका मुलुकहरुबाट फिट फर ट्राभल डकुमेन्टका आधारमा उनीहरुलाई छुट्टै फर्काइएको सिसिएमसीले दाबी गरेको छ।

प्रकाशित मिति: शनिबार, साउन ३, २०७७  ०६:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालका अनुसार गत वैशाखदेखि लक्की पोलि इन्डस्ट्रिजले प्लाष्टिकका सामान... शुक्रबार, जेठ ९, २०८२
काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन सरकारी निकाय, गैरसरकारी सङ्घसंस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर तालिम निःशुल्क प्रदान गर्ने तयारी रहेको पनि झाले जान... शनिबार, जेठ ३, २०८२
गण्डकीमा‘राइड सेयरिङ’ले पायो कानुनी मान्यता,दर्ता र नविकरण नगरे जरिवाना मङ्गलबारको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशको सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० पारित गरेको थियो। ‘सम्मानित सर्वोच्च अदालत... बुधबार, वैशाख ३१, २०८२
ताजा समाचारसबै
सूचना टाँसेर ३ घण्टा सारियो प्रतिनिधिसभा बैठक मंगलबार, जेठ २०, २०८२
गृहमन्त्रीलाई सदनमा बोल्न दिन विपक्षी दल तयार मंगलबार, जेठ २०, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
कान्तिलोकपथ चार दिन बन्द हुने मंगलबार, जेठ २०, २०८२
सुनचाँदीको मूल्य बढ्यो मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
अर्थ समितिको बैठक
अर्थ समितिको बैठक सोमबार, जेठ १९, २०८२
रातो मच्छिन्द्रनाथको भोटो जात्रा
रातो मच्छिन्द्रनाथको भोटो जात्रा आइतबार, जेठ १८, २०८२
योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलन (भिडियो)
योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलन (भिडियो) आइतबार, जेठ १८, २०८२
राजावादीको प्रदर्शन सुरु (भिडियो)
राजावादीको प्रदर्शन सुरु (भिडियो) शुक्रबार, जेठ १६, २०८२
सेनानीहरुको सम्मान कार्यक्रम – २०८२ (भिडियो)
सेनानीहरुको सम्मान कार्यक्रम – २०८२ (भिडियो) शुक्रबार, जेठ १६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजावादीको दीप प्रज्वलनमा वाइसिएलको नाराबाजी, प्रहरीले गर्‍यो हस्तक्षेप सोमबार, जेठ १९, २०८२
सरकार र यातायात व्यवसायीबीच ६ बुँदे सहमति भएसंगै आन्दोलन फिर्ता लिने तयारी मंगलबार, जेठ २०, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
करण केसीको आक्रामक ब्याटिङमा स्कटल्यान्डमाथि नेपालको सनसनीपूर्ण जित मंगलबार, जेठ २०, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
यसै साता मनसुन नेपाल भित्रिने मंगलबार, जेठ १३, २०८२
आजको राजावादी प्रदर्शन सकियो, ३ जना नियन्त्रणमा बिहीबार, जेठ १५, २०८२
कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार बढ्यो बिहीबार, जेठ १५, २०८२
राजावादीको दीप प्रज्वलनमा वाइसिएलको नाराबाजी, प्रहरीले गर्‍यो हस्तक्षेप सोमबार, जेठ १९, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्