• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ १३, २०८३ Wed, May 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

तत्काल कोरिया जान नपाए ५ हजार युवाको रोजगारी गुम्ने

युवा आन्दोलनमा, सरकार भन्छ– आत्तिनु पर्दैन
64x64
निर्मला घिमिरे मंगलबार, असार ३०, २०७७  १६:४५
1140x725

काठमाडौं– बाराका विष्णु गौतम गत मार्चमा दक्षिण कोरिया उडिसक्नुपर्ने थियो। तर, लकडाउनका कारण उनी कोरिया जान पाएनन्। भिसा आएको ६ महिनाभित्र कोरिया प्रवेश गरिसक्नु पर्छ। उनको कोरिया प्रवेश गर्न पाउने अवधि केही दिनमा सकिँदैछ। तर, अहिले कोरिया बन्द छ। 

‘कोरिया जान पाउने समय अब केही दिनमात्र बाँकी छ। सरकारले कोरिया नखुलाउने हो भने बल्लबल्ल पाएको रोजगारी पनि गुम्छ। वर्षाैंकाे मेहनत माटोमा मिल्छ,’ उनी भन्छन्, ‘सरकारले न त देशमा रोजगारी दिन्छ न त विदेश जान दिन्छ।’ नेपाल सरकारले कोरियाली सरकारसँग समन्वय गरेर तत्काल उडान खुला नगरे आफू र आफूजस्ता थुप्रै युवाहरुको रोजगारी गुम्ने अवस्था सिर्जना भएको उनी बताउँछन्।

‘हामीलाई जहाज चार्टर्डमार्फत् हुन्छ वा व्यवसायिक उडान खुला गरेर हुन्छ,  जसरी हुन्छ कोरिया पठाउनै पर्छ। होइन भने हामी आफ्नो रोजिरोटीका लागि कडा आन्दोलनमा उत्रिन बाध्य हुन्छौँ,’ उनले भने।

गोरखाका उत्तम न्यौपानेले सन् २०१७ मा कोरिया रोजगारीका लागि भाषा परीक्षा दिएका थिए। उनको नाम निस्कियाे। तर, उनी रोजगारदाताको छनोटमा पर्न सकेनन्।

२ वर्षभन्दा बढी समयसम्म भिसा नआएपछि उनले रोजगारी माया मारिसकेका थिए। तर, सन् २०१९ मा उनको भिसा आयो। भिसा आएर कोरिया जान ठिक्क परेको समयमा कोरोनाका कारण अन्तराष्ट्रिय उडानहरु बन्द भए। उनी पनि रोकिए। ‘मेरो १७ मार्चको उडान थियो। लकडाउनले जान पाइएन। अब कोरिया प्रवेश गर्न पाउने अवधि १ महिनामात्रै छ। एक महिनाभित्र कोरिया जान पाइएन भने भिसा सकिन्छ। देशमा काम छैन, यता न उताको भइन्छ,’ उत्तम सुनाउँछन्।

रामेछापकी अम्बिका मोक्तानको पनि यहि २९ जुलाईमा कोरिया प्रवेश गर्न पाउने अवधि सकिँदैछ। ‘अब उड्न नपाए बल्लबल्ल आएको अवसर पनि गुम्छ। खै जता गएपनि सरकारले हाम्रो कुरा सुन्दै सुन्दैन,’ झण्डै ३ वर्षपछि कोरियाली रोजगारीका लागि छनोट भएकी मोक्तानलाई कोरिया जान नपाउने हो कि भन्ने निकै चिन्ता छ।

२०१७ मा कृषि कामका लागि भाषा परीक्षा दिएकी उनी भाषा परीक्षामा उत्तीर्ण भएकी थिइन्। तर, उनी रोजगारदाताको छनोटमा भने परेकी थिइनन्। ‘भिसा त आयो बल्लतल्ल, आएको भिसा पनि अब उडान खुलेन भने सकिन्छ। हामीलाई सरकारले न त देशमा रोजगारी दिन सक्छ। न त हामीले विदेशमा पाएको अबसरको ग्यारेन्टी,’ उनी चिन्ता व्यक्त गर्छिन्। 


उनीजस्ता हजारौँ युवाहरु कोरियाली रोजगारी गुम्ने चिन्तामा छन्। राेजगारी गुम्ने चिन्तामा रहेका युवाहरुले मंगलबार पनि कोरियाली रोजगारी सुनिश्चितता गर्नुपर्ने माग राख्दै माइतीघरमा आन्दोलनमा उत्रिए। यसअघि गत बुधबार आन्दोलनमा उत्रिएका उनीहरुको माग सुनुवाई नभएको भन्दै मंगलबार पुनः आन्दोलनमा उत्रिएका हुन्। सरकारले तत्काल रोजगारी खुला नगरे आफूहरु अझ कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी उनीहरुले दिएका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

तत्काल कोरिया खुला नगरे ५ हजारको रोजगारी गुम्दै 
सरकारले तत्काल कोरिया जाने बाटो खुल्ला नगरे ५ हजार युवाहरुको रोजगारी गुम्ने अवस्थामा रहेको छ। भिसा आएर पनि लकडाउनका कारण कोरिया जान नपाएका ५ हजार युवाहरुको रोजगारी गुम्ने अवस्थामा आएकाे हाे। यहि जुलाईभित्र कोरियाका लागि उडान खुला नगरे ५ सयभन्दा बढी युवाहरुको रोजगारी गुम्ने उल्लेख गरिएको छ। 

सरकारले वैदेशिक रोजगारीका क्रममा बिदामा आएर अड्किएका तथा भिसाअवधि नसकिएकाहरुलाई भने स्वास्थ्य मापदण्ड पालना गरी वैदेशिक रोजगारीमा पठाउन सुरु गरेको छ। नयाँ श्रम स्वीकृति दिएर वैदेशिक रोजगारीमा पठाउने निर्णय भने सरकारले गरेको छैन।

आत्तिनु पर्दैन हामी छलफल गरिरहेकाछौँ : महानिर्देशक दाहाल 
वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल कोरियाले रेगुलर र बिदामा आएका श्रमिकहरुलाई चार्टर्ड फ्लाइटमार्फत् नलिने र रेगुलर फ्लाइट नहुँदा समस्या निम्तिएको बताउँछन्। समस्या सुल्झाउन परराष्ट्रमा पत्राचार गरिसकेको महानिर्देशक दाहालले जानकारी दिए।

महादिर्नेशक दाहालका अनुसार सन् २०१९ का पासरहरुमध्ये करिब ५ सयको भिसा आएको छ। उनीहरुको तत्काल कोरिया प्रवेश गर्ने अवधि सकिने समस्या छैन। ‘२०१७ र २०१८ का २/३ सय युवाहरुको सिटिभिआई (कोरिया प्रवेश अवधि) सकिँदैछ', महानिर्देशक दाहाल भन्छन्, 'आत्तिनुपर्ने अवस्था छैन। भिसा थपका लागि हामीले कुरा गरेका छौँ। एमओयुलाई नै रिभिजन गर्ने हो कि भनेर पनि कुरा भइरहेको छ।’

महानिर्देशक दाहालले नेपाल लाइभसँग भने, ‘कोरिया प्रवेश गरिसक्नुपर्ने अवधि सकियो भने हामी फेरि सिटिइभिआई मगाएर आफैँ प्रक्रिया गरिदिन्छौँ।’ कोरिया प्रवेशअवधि सकिने अवस्थाका २०१७ र २०१८ को पासरहरुको थप ६ महिनाअवधि थपका लागि कोरिया सरकारलाई पत्राचार गरिसकिएकाले आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाई छ।

प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७  १६:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
प्रस्तुती टीले सिल्भर निडल विधामा जित्यो नेसनल टी च्याम्पियन उपाधि मंगलबार, वैशाख १५, २०८३
इन्टर्नलाई न्यूनतम पारिश्रमिक अनिवार्य दिन श्रम मन्त्रालयको निर्देशन मन्त्रालयले साेमबार एक प्रेस विज्ञप्ति जारी गर्दै विशेष गरी अस्पताल, स्वास्थ्य संस्था, निजी तथा संस्थागत विद्यालयलगायतका विभिन्न प्र... सोमबार, चैत २३, २०८२
खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति स्थगित श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले बढ्दो तनाव मध्यनजर गर्दै ती देशमा श्रम स्वीकृति दिने कार्य स्थगित गर... आइतबार, फागुन १७, २०८२
ताजा समाचारसबै
यस वर्ष आर्थिक वृद्धि ३.८५ प्रतिशतले रहने अनुमान छ बुधबार, जेठ १३, २०८३
सहकारीका सदस्य १ करोडमाथि, १० खर्ब २९ अर्ब निक्षेप परिचालन बुधबार, जेठ १३, २०८३
कृषि क्षेत्रमा आर्थिक वृद्धिदर घट्ने बुधबार, जेठ १३, २०८३
तारेख बुझ्न काठमाडौँ जिल्ला अदालत पुगे रास्वपा सभापति लामिछाने बुधबार, जेठ १३, २०८३
कांग्रेसले बोलायो संसदीय दलको बैठक बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ बुधबार, जेठ १३, २०८३
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
यी हुन् प्रधानमन्त्री कार्यालयले कालो सूचीमा राखेका ११ निर्माण कम्पनी बुधबार, जेठ १३, २०८३
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य मंगलबार, जेठ १२, २०८३
भारत भ्रमणमा जान लागेका रविलाई हर्कले भने– लिपुलेक–लिम्पियाधुरा फर्काउन बोल्नु है मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्