• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
खारेज गर्न सिफारिस संघ संस्थालाई करोडौँ बजेट
64x64
सविन मिश्र बुधबार, जेठ ७, २०७७  १०:५५
1140x725

काठमाडौं- आफैँले गठन गरेको आयोगले खारेजीको सिफारिस गरेका समिति, परिषदलगायतका संरचनालाई सरकाले करोडौँ बजेट उपलब्ध गराएको खुलेको छ। सार्वजनिक खर्च पुनरावलोकन आयोगले खारेज गर्नुपर्ने भनि गत वर्ष नै सिफारिस गरेका त्यस्ता संरचनाका लागि सरकारले चालु वर्षमा त्यसरी बजेट दिएको पाइएको हो। 

आयोगले विभिन्न मन्त्रालयअन्तर्गतका त्यस्ता विकास समिति, परिषद तथा कार्यक्रम खारेज गर्ने, तल्ला तहलाई हस्तान्तरण गर्ने तथा कायम गर्ने सुझाव दिएको थियो। आयोगले सुझाव दिएपछि आएको चालु वर्षको बजेटमा खारेज गर्न प्रस्ताव गरिएका कार्यक्रमलाई नै बजेट दिइएको भेटिएको हो। 

उदाहरणका लागि राष्ट्रिय युवा परिषद हेरौँ। परिषदबाट हुने काम युवा तथा खेलकुद मन्त्रालयबाट गर्न सकिने भएकाले खारेज गर्नुपर्ने प्रस्ताव आयोगको छ। तर अर्थ मन्त्रालयले चालु आर्थिक वर्षका लागि १० करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ। त्यसमध्ये २ करोड रुपैयाँ कर्मचारी र पदाधिकारीको पारिश्रमिकका लागि विनियोजन गरिएको छ। युवाहरुको सीप विकास गर्ने र स्वरोजगार बन्न प्रेरित गर्ने उद्देश्यसले स्थापित परिषदका लागि सीप विकासमा ४९ लाख रुपैयाँ र कार्यक्रमखर्च ४ करोड विनियोजन भएको अर्थ मन्त्रालयले प्रकाशित गर्ने 'रातो किताब'मा उल्लेख छ। 

आयोगले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र पनि खारेजीको प्रस्ताव गरेको छ। आयोगको प्रतिवेदनमा 'संघीयताको सन्दर्भमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका कामहरु प्रदेश र स्थानीय तहमा निक्षेपण भएकाले मन्त्रालयको सम्बन्धित महाशाखाको सो कार्यसँग प्रत्यक्ष सम्बन्धित भएकाले खारेज गर्ने,' उल्लेख छ। केन्द्रका लागि पनि चालु वर्षमा १० कोड ६२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। 

यसैगरी औद्योगिक व्यवसाय विकास प्रतिष्ठान नि खारेज गर्न भनिएको छ। निजी क्षेत्र सक्षम भएकाले रणनीतिक साझेदारीको रूपमा पुन:संरचना गर्ने गरी प्रतिष्ठान सञ्चालन गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ। यसका लागि चालु वर्षमा १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। 

उद्योग मन्त्रालयअन्तर्गतका भू-बहाल कर तथा शिक्षा र तालिम, नेपाल क्यापासिटी इन्हान्स फर ट्रेड प्रोजेक्ट र प्रविधि विकास कोष खारेज गर्नुपर्ने प्रस्ताव गरिएको छ। भू-बहाल कर तथा शिक्षा र तालिम आयोजना स्थानी तहकै कार्यक्षेत्र भित्र परेकाले खारेज गर्नुपर्ने तथा अन्य दुई निकायको काम मन्त्रालय वा विभागबाट हुने भएकाले छुट्टै सञ्चालन गर्नुनपर्ने ठहर गरिएको छ। 

चालु आर्थिक वर्षमा ५ करोड ७६ लाख रुपैयाँ बजेट पाएको राष्ट्रिय दुग्ध विकास बोर्ड खारेज गर्ने प्रस्ताव गरिएको छ। सहकारी मोडलमा सञ्चालन गर्नुपर्ने भएकाले अब यो बोर्ड आवश्यक नरहेको आयोगले ठहर गरेको छ। चालु वर्षम २ करोड २४ लाख बजेट पाएको कपास विकास बोर्ड पनि खारेजीको प्रस्ताव गरिएको छ। 

आयोगले ग्रामीण खानेपानी तथा सरसफाइ विकास कोष पनि खारेजीको प्रस्ताव गरेको छ। यसैगरी वन तथा वातावरण मन्त्रालयअन्तर्गत पर्ने कार्य सञ्चालन कोष ६६ वटा खारेजी गर्नुपर्ने प्रस्ताव गरिएको छ। यसैगरी शिक्षा मन्त्रालयअन्तर्गतको विद्यार्थी जित्तीय सहयोग कोष विकास समिति खारेज गर्नुपर्ने प्रस्ताव गरिएको छ। 

यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको तारागाउँ विकास समिति खारेज गर्नुपर्ने प्रस्ताव गरिएको छ। संघीय मामिला मन्त्रालयअन्तर्गत स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान खारेज गर्नुपर्ने प्रस्ताव पनि आयोगले गरेको छ। 

आयोगका अध्यक्ष डा डिल्लिराज खनालले परिवर्तित सन्दर्भमा आवश्यक नरहेका र सरकारमाथि खर्चको बोझ मात्रै बनेर बसेका आयोग, प्रतिष्ठान, विकास समिति खारेज गर्न भनिएको बताए। 'सार्वजनिक खर्चको प्रभावकारिताका लागि अनावश्यक संरचना कटौतीका लागि प्रस्ताव गरिएको हो,' उनले भने। 

आगामी आर्थिक वर्षको बजेटबाट यस्ता विकास समिति तथा कार्यक्रम खारेज गर्ने अर्थ मन्त्रालयको तयारी छ। बजेट निर्माणमा संलग्न अधिकारीहरु यस्ता आयोजना कटौतीको उपयुक्त समय आएको बताउँछन्। यद्यपि राजनीतिक दबाब र मन्त्रीको रुचिमा खुल्ने यस्ता संस्था खारेज गर्न चनुौतिपूर्ण भने छ। 

यो पनि पढ्नुहोस्

खर्च पुनरावलोकन आयोगको प्रतिवेदन: न सार्वजनिक भयो, न कार्यान्वयनमै गयोमंगलबार, जेठ ६, २०७७

यो पनि पढ्नुहोस्

सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रस्ताव : संघमा १६ मन्त्रालय मात्रै राखौंसोमबार, जेठ ५, २०७७

 

प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७  १०:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
रेमिट्यान्स आप्रवाहमा अर्को रेकर्ड, भित्रियो १५ खर्ब ३२ अर्ब चालू  आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा रेमिट्यान्स आप्रवाह १५.५ प्रतिशतले वृद्धि भई १५ खर्ब ३२ अर्ब ९३ करोड पुगेको हो। अघिल्लो वर... मंगलबार, असार २४, २०८२
कारोबारसँगै खुम्चियो सेयर बजार यसअघि साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २ अंकले बढेर २७०६ विन्दुमा पुगेको थियो। सोमबार, असार २३, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण "भारत र बाङ्ग्लादेशमा राम्रो काम गरेको यो कम्पनीले राम्रै गर्ला भन्ने अपेक्षा थियो। तर उहाँहरूले केही काम गरे पनि समयमा काम नगरेपछि... आइतबार, असार २२, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्रीसँगै स्पेन गएर केही व्यक्ति नफर्किएको भन्दै छानबिन गर्न रास्वपाको माग मंगलबार, असार २४, २०८२
बाढीको वितण्डापछि रसुवा जाँदै प्रधानमन्त्री ओली मंगलबार, असार २४, २०८२
सडकमा डाक्टर, बिरामी अस्पतालमा अलपत्र (फोटोफिचर) मंगलबार, असार २४, २०८२
शाहीको प्रश्न : जीबी राई कहाँ छन् ? गृहमन्त्री कुन दुलोमा लुकेर बस्नु भएको छ ? मंगलबार, असार २४, २०८२
रसुवा बाढी अपडेट: ५० जनाको उद्धार मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्