काठमाडौं– सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीधर दाहाललाई सेवाबाट हटाइएको छ।
गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै दाहाललाई सशस्त्र प्रहरी सेवाबाट हटाउने गरी विभागीय कारबाही गरिएको जानकारी दिएको हो।
मन्त्रालयका अनुसार आचरणसम्बन्धी कुरा बारम्बार उल्लङ्घन गरेको, बारम्बार अनुशासनहीन काम गरेको तथा नेपाल सरकार वा आफू कार्यरत संगठनको मान, प्रतिष्ठा एवं छविमा आँच पुग्ने कार्य गरेको कसुरमा उनलाई सेवाबाट हटाइएको हो।
दाहाललाई सशस्त्र प्रहरी सेवाबाट हटाउने गरी २०८३ असोज २३ गतेदेखि लागू हुने विभागीय कारबाही गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयले दाहालमाथि गरिएको विभागीय कारबाहीबारे सम्बन्धित सबैमा जानकारी गराएको जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।