धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी नजिकै गलौदी क्षेत्रमा सडक भासिएपछि सवारी साधन सञ्चालन पूर्णरूपमा रोकिएको छ ।
शुक्रबार साँझ उक्त सडक खण्डमा झन्डै १०० मिटर भाग चर्किएको र २० मिटर सडक खण्ड भासिएपछि सवारी आवागमन रोकिएको हो ।
सडक कुनासम्मै चर्किएकाले थप पहिरो जाने र सडक भासिने जोखिम बढेको धादिङका ट्राफिक प्रहरी प्रमुख शिशिर थापाले बताए । उनका अनुसार जोखिमपूर्ण बनेपछि सम्भावित दुर्घटना रोक्न प्रहरीले उक्त सडक खण्डमा सवारी साधनको आवतजावतमा रोक लगाएको हो ।
'प्राविधिकहरूको टोलीले आएर स्थलगत निरीक्षण र मूल्यांकन गरेपछि मात्र सडकको वास्तविक अवस्था र पुनः सञ्चालनको सम्भावनाबारे भन्न सकिन्छ,' थापाले भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।