• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

कोरोनाको ‘त्रास’ टेकेरै परदेश 

64x64
निर्मला घिमिरे मंगलबार, फागुन २०, २०७६  ०७:००
1140x725

काठमाडौं– पर्साका रञ्जितकुमार खाङ सोमबार विमानस्थलमा भेटिए। रोजगारीका लागि कतार हिँडेका उनलाई अहिले विश्वमा संक्रमण बढ्दै गएको कोरोना भाइरस (कोभिड १९) को भन्दा पनि कसरी कमाउने र परिवार पाल्ने भन्ने चिन्ता छ। 

कोरोना संक्रमण बढ्दै गए पनि भाइरससँग डराएर घरै बस्ने अवस्था कहाँ छ र उनको? ‘मरिने रैछ भने नेपालमै पनि मरिन्छ, के गर्नु भिसा अहिल्यै लाग्यो। फेरि कमाउनै पर्‍यो भनेर हिँडेको म त‚’ खाङ सुनाउँछन्। 

खाङजस्तै सर्लाहीका हरिदेव रायको कथा पनि उस्तै छ। कोरोनाको त्रास फैलियो भनेर ढुक्कसँग बस्ने अवस्था कहाँ छ र उनमा? सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा भेटिएका उनी कुवेत हिँडेका हुन्। 

‘भाइरससँग डरायो भने यता पेट भोकै हुन्छ। आफूमात्र भए त हुन्थ्यो पुरै परिवार आफ्नै भरमा छ। भोकले मर्नुभन्दा बरु रोगले मरियोस्‚’ राय सुनाउँछन्। 

उनलाई कोरोना संक्रमणबाट सजग हुनेबारे जानकारी पनि छ। उनी भन्छन्, ‘संक्रमण फैलियो भने सोहीअनुसार गन्तव्य मुलुकले सुरक्षाको उपाय पनि अपनाउला।’ 

पछिल्लो समय खाडीलगायतका विश्वका विभिन्न मुलुकहरुमा कोरोना भाइरस संक्रमण बढ्दै गइरहेको छ। नेपालीहरुको रोजगारीको प्रमुख गन्तव्य मुलुक दक्षिण कोरिया, चीन, कतार, जापान, कुवेतलगायतका विभिन्न मुलुकमा कोरोना संक्रमण बढिरहेको छ।

इरान, इटालीलगायत विभिन्न युरोपियन मुलुकहरुमा पनि कोरोना त्रास बढ्दो छ। तर नेपाली कामदार रोजगारीमा जानैपर्ने बाध्यता छ।

Ncell 2
Ncell 2
nimb
nimb

कोरिया उडान केही समयका लागि सारिए पनि अन्य मुलुकमा रोजगारीका लागि जाने कामदारहरु त्रास मोलेरै गइरहेका छन्। सरकारी अनुमानअनुसार विश्वका विभिन्न मुलुकमा करीब ४० लाख नेपाली युवाहरु कार्यरत छन्। 

आफन्तहरु बढी त्रासित 
साउदी हिँडेका श्रीमान राजकिशोर परियारलाई बिदाइ गर्न काभ्रेकी पुजा परियार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा पछ्यौरीले आँसु पुछ्दै गरेको अवस्थामा भेटिइन्। 

उनका श्रीमान् राजकिशोर पनि पहिलो पटक वैदेशिक रोजगारीमा जाँदैछन्। 

‘कोरोनाको संक्रमण बढिरहेकै बेलामा उहाँको भिसा आयो, खाडीमा कोरोनाको डर छ भन्छन्, यहाँ त यस्तो डर छ। यतिबेलै आफ्नो देश छाड्नुपर्ने के गर्नु....।’ उनको गला अवरुद्ध भयो। 

राजकिशोर प्रस्थान कक्ष प्रवेश गरे। देखिउन्जेलसम्म पुजाले बाहिरैबाट हेरिरहिन्। 

कतार हिँडेका भाइलाई बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएकी चितवनकी शर्मिला मुखिया निकै त्रसित मुद्रामा थिइन्। 

‘कतारमा कोरोना संक्रमण बढ्दै गएको छ रे। केही मान्छेहरुले ज्यान गुमाइसके भन्ने पनि सुनिन्छ। यतिबेला नजा भनेको भिसा यतिबेलै लागेछ। एकदम चिन्ता लागेको छ।’ उनी सुनाउँछिन्। 

भाइको दिउँसो एक बजेको फ्लाइट थियो। उडान समयको एक घण्टा बाँकी छँदासम्म उनी भाइलाई सजग रहन सम्झाइरहेकी थिइन्, ‘भिडभाडमा कतै नजानु। मास्क लगाएर हिँड्नु। अब हामीलाई हाम्रोभन्दा तेरो चिन्ता हुन्छ।’

पछिल्लो समय विभिन्न मुलुकमा कार्यरत श्रमिकहरुभन्दा उनीहरुका आफन्तहरु बढी त्रासित भेटिएका छन्। 

कोरोना संक्रमण बढे पनि रोकिएनन् युवा 
खाडीलगायत विभिन्न मुलुकमा कोरोना त्रास बढे पनि खाडी मुलुक जाने नेपालीको संख्या भने घटेको छैन।

वैदेशिक रोजगार विभागको तथ्यांक हेर्दा माघ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आए पनि मलेसियालगायत खाडी जानेको संख्यामा भने कमी आएको देखिँदैन।

वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलका अनुसार मलेसियालगायत खाडी जाने कामदारको संख्यामा खासै कमी भने आएको छैन। 

‘पहिलेकै जस्तो संख्यामा नेपाली युवाहरुले श्रम स्वीकृति लिइरहनुभएको छ, त्यस्तो कमी आएको छैन‚’ वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलका निर्देशक सुरेश जोशीले भने। 

श्रम कार्यालय ताहाचलबाट दैनिक ५ सयभन्दा बढी युवाहरुले श्रम स्वीकृति लिइरहेका छन्। माघमा मात्रै ४० हजारभन्दा बढी युवाहरु खाडीलगायत मुलुकमा पुगेका छन्। 

हालसम्म कोरोना संक्रमण विश्वका ६५ भन्दा बढी मुलुकमा देखिएको छ। ८८ हजारभन्दा बढी व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ।

कोरोना भाइरसका कारण आइतबारसम्म विभिन्न १३ देशका झण्डै ३ हजार जनाको ज्यान गएको छ। 

विश्व स्वाथ्य संगठन (डब्लुएचओ)ले मध्यपूर्वी एसियाली मुलुकहरुमा कोरोनाको उच्च जोखिम रहेको जनाएको छ। यी मुलुकहरुमा नै रोजगारीको खोजीमा लाखौँ नेपाली युवाहरु पुगेका छन्।

वैदेशिक रोजगारीमा हिँडेका युवाहरुसँग प्रतिक्रिया लिँदा कतिपयलाई कोरोना भाइरसका बारेमा कुनै जानकारी नै नभएको बताए।

वैदेशिक रोजगारीमा जानुअघि दिइने अभिमूखिकरण तालिममा समेत उनीहरुलाई भाइरसको संक्रमण र बच्ने उपायलगायत विषयमा केही सचेतना नदिएको उनीहरुले बताएका छन्।

गन्तव्य मुलुकस्थित केही कुटनीतिक नियोगहरुले सजग रहन सूचना जारी गरिरहेका छन् तर ती मुलुकमा जोखिम बढ्दै गएर नेपालीहरुको उद्धार गर्नुपर्ने अवस्था आइपरेमा सरकारले त्यसको कुनै तयारी गरेको छैन।

यस सम्बन्धमा वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालसँग नेपाल लाइभले प्रतिक्रिया लिँदा उनले प्रतिक्रिया दिन चाहेनन्।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
२५ म्यानपावरलाई विभागको पत्र : पाँच वर्षको कारोबारदेखि श्रमिक विवरणसम्म बुझाउनू मलेसिया जाने नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावरलाई मुख्य कम्पनी र अन्यलाई सबएजेन्ट बनाइएको विषयमा विवाद भइरहेका बेला व... शुक्रबार, असोज २, २०८३
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
ताजा समाचारसबै
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन शुक्रबार, असोज २, २०८३
अफवाहमा नलाग्न कांग्रेसको आग्रह, असोज ३ र ४ गते वडा अधिवेशनमा सहभागी हुन अपिल शुक्रबार, असोज २, २०८३
सिंहदबारबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष २२ लाख धरौटी बुझाउन नसकेपछि कारागार चलान शुक्रबार, असोज २, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
एनसेल र नाटोबीच पर्यटकको कनेक्टिभिटी सुदृढ गर्ने समझदारी शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्