काठमाडौं- बालुवाटारस्थित १ सय १४ रोपनी जग्गा हिनामिना प्रकरणमा १ सयभन्दा बढीलाई प्रतिवादी बनाउँदै अदालतमा मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारले मुद्दा दायर गरेकाहरूको सूचीमा तत्कालीन भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, अख्तियारका पूर्वप्रमुख आयुक्त एवं तत्कालीन भौतिक पूर्वाधार सचिव दीपकुमार बन्स्यात, तत्कालीन भूमिसुधार मन्त्रीद्वय डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी छन्। यसैगरी, तत्कालीन सचिव छवि पन्तलगायतका उच्च अधिकारी र कर्मचारी रहेको अख्तियारले जनाएको छ।
अनुसन्धान पुरा भएपछि अख्तियारको टोली अदालत पुगेर अभियोगपत्र दर्ता गरेको हो।
यसअघि जग्गा हिनामिनासम्बन्धी छानबिन गर्न सरकारले गठन गरेको प्रहरीको अनुसन्धान टोलीले शुक्रबार प्रतिवेदनका आधारमा अख्तियारले मुद्दा दायर गरेको जानकारी दिएको छ।
२०७५ चैत २८ मा गठन गरेको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले गृह मन्त्रालयमा शुक्रबार प्रतिवेदन बुझाएको थियो।
यो पनि:
५४ वर्षदेखि विवादित बालुवाटारको ११४ रोपनी जग्गा सरकारकै नाममा ल्याउने निर्णय, सिआइबीले थाल्यो अनुसन्धान
सिआइबीले बुझायो बालुवाटार जग्गा प्रकरणको प्रतिवेदन
सरकारले रोक लगाएको ललिता निवासमा भाटभटेनीद्वारा गोदाम विस्तार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।