काठमाडौं- बालुवाटारस्थित ललिता निवासमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ब्यानर टाँगेको छ।
सरकारी सम्पत्ति व्यक्तिले प्रयोग गरेको भन्दै विप्लवले कब्जा गरेको उल्लेख गरेको हो।
बुधबार विप्लवले सो स्थानमा ब्यानर ढाँगेर विप्लवले जग्गा कब्जा गरेको घोषणा गरेको छ।
सो जग्गा प्रकरणमा जोडिएका शोभाकान्त ढकालको घरमा बुधबार साँझ विस्फोट भएको थियो। जग्गा कब्जा गरिएको घोषणा गरेकाले सो विस्फोटमा समेत विप्लवको हात रहेको आशंका गरिएको छ।
काठमाडौंको ढुंगेधारास्थित नर्सरी चोक नजिकै रहेको ढकालको घरमा बम विस्फोट भएको थियो। बेलुका ८ बजेतिर ढकालको घरको गेटमा बम विस्फोट भएको थियो।
विस्फोटबाट पार्किङ गरी राखिएको कार र गेटमा क्षति पुगेको छ। घरका झ्यालका सिसा फुटेका छन्। कुनै मानवीय क्षति भएको छैन।
ढकाल तत्कालीन नेकपा एमाले नवलपरासीबाट महाधिवेशनका प्रतिनिधि हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।