काठमाडौं– ललिता निवास सरकारी जग्गा हिनामिनासम्बन्धी छानबिन गर्न सरकारले गठन गरेको प्रहरीको अनुसन्धान टोलीले शुक्रबार प्रतिवेदन बुझाएको छ ।
बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा पारेको तथ्य बाहिरिएपछि अनुसन्धान गर्न सरकारले सिआइबीको एक कार्यदल बनाएको थियो।
२०७५ चैत २८ मा गठन गरेको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले गृहमन्त्रालयमा शुक्रबार प्रतिवेदन बुझाएको हो।
प्रतिवेदन प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय, नक्सालमा समेत बुझाइएको छ।
यो पनि
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।