• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

सरकारले रोक लगाएको ललिता निवासमा भाटभटेनीद्वारा गोदाम विस्तार

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २१, २०७६  १४:३५
1140x725

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बालुवाटारस्थित विवादित जग्गाको किनबेच र त्यहाँ भौतिक संरचना बनाउन रोक लगाए पनि निर्माण कार्य भने जारी रहेको छ।

बालुवाटार जग्गा प्रकरणमा मुछिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले आफ्नो स्वामित्वमा रहेको गोदामघरलाई विस्तार गरिरहेका छन्। गैरआवासीय नेपाली संघको भवनबाट ठिक पश्चिममा रहेको गुरुङको गोदामको पछाडिको भागमा निर्माणकार्य जारी छ।

गोदामका लागि ‘भू-माफिया’सँग जग्गा प्राप्ति गरेका गुरुङले भवन बनाउन अदालतलाई प्रभाव पारेका थिए। सरकारी जग्गामा गुरुङले गोदाम बनाउन लागेपछि त्यसलाई रोक्न महानगरले पत्राचार गरेको थियो। साथै, काठमाडौं महानगरपालिकाले नक्सा पास गर्ने कार्यसमेत रोकेको थियो।

त्यसपछि महानगरको कदमका विरुद्ध गुरुङ सर्वोच्च गएका थिए। न्यायाधीश दिपकराज जोशीलाई प्रभावमा पार्दै गुरुङले आफ्नो पक्षमा अन्तरीम आदेश लिएका थिए। न्यायाधीश जोशीले नक्सा पास गरी भवन निर्माणको स्वीकृति दिन अन्तरिम आदेश सुनाएका थिए। सोही आधारमा गोदाम घर बनाएका गुरुङले पछिल्लो समय गोदाम भवनको विस्तार गरिरहेका छन्।

तत्कालीन समयमा गुरुङको पक्षमा फैसला दिएका न्यायाधीश जोशी विवादित बनेका थिए। संसदीय समितिमा अधिवक्ताद्धय युवराज कोइराला र माधव पौडेलले जोशीले सरकारी जग्गामा नक्सापास गर्न अन्तरिम आदेश दिएकाले जोशीलाई प्रधानन्यायाधीशमा अनुमोदन नगर्न उजुरीसमेत दिएका थिए। जोशी प्रधानन्यायाधीशमा अनुमोदन समेत भएका थिएनन्।

सरकारी जग्गामा बन्न लागेको गोदामको नक्सा पासको स्वीकृति महानगरले नदिएपछि सर्वोच्चमा रिट दायर गर्न गुरुङलाई घरजग्गा कारोबारी कालु गुरुङले समेत सघाएका थिए। शोभाकान्त ढकाल र मीनबहादुर गुरुङलगायतको ‘घुसको प्रभावमा परेर’ कायममुकायम प्रधानन्यायाधीश रहेका जोशीले नक्सा पास गर्न अन्तरीम आदेश दिएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

सरकारी जग्गा हत्याएका गुरुङले उक्त जग्गाको अधिकांश भागमा भाटभटेनी सुपर मार्केटको गोदाम बनाएका छन्। सोही स्थानमा गुरुङ स्वामित्वमा रहेको काठमाडौं स्टिलको कार्यालयसमेत छ।

पूर्वसचिव शारदा प्रसाद त्रिताल संयोजक रहेको बालुवाटार जग्गा छानबिन समितिले ‘भू-माफिया’ भनि किटान गरेका डा शोभाकान्त ढकाल र रामकुमार सुवेदीसँग सरकारी जग्गा हत्याउन गुरुङले साँठगाँठ गरेका थिए। अदालत, डिल्लीबजार मालपोत कार्यालयका कर्मचारी र भू-माफियाको 'सेटिङ'मा गुरुङले बालुवाटारको जग्गा आफ्नो पक्षमा गराएका थिए।

सरकारले किनबेचमा रोक लगाएको बालुवाटार क्षेत्रभित्र नै गुरुङको गोदाम घर बनेको छ। त्रिताल नेतृत्वको तीन सदस्यीय समितिको प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्‌ले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई बालुवाटारको उक्त जग्गा तत्काल रोक्का राख्न निर्देशन दिएको थियो। उक्त समितिको प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्‌ले ललिता निवास क्याम्पभित्रको १ सय १३ रोपनी ३ आना जग्गा तत्काल रोक्का राख्न मन्त्रालयलाई निर्देशन दिएको थियो। ‘भूमाफिया’को साँठगाँठमा मालपोत कार्यालय डिल्लीबजारको मिसिल नम्बर १०२४ र १०२५ गायब पारिएको थियो।

Xtrem

Xtrem

गुरुङ र उनका परिवारका सदस्यका नाममा ६२ कित्ता जग्गा बालुवाटारमा छ। गुरुङले हात पारेको जग्गामा अधिकांश आफन्तका नाममा छन् भने कतिपय उनको डिपार्टमेन्टल स्टोर्सको नाममा समेत रहेको छ।

एकल, संयुक्त र कम्पनी गरी उनको मातहतमा आएको जग्गाको क्षेत्रफल २०-८-०-३ (२० रोपनी ८ आना र ३ दाम) रहेको देखिन्छ। भू-माफिया ढकाल र सुवेदीसँगको मिलेमतोमा प्राप्त जग्गामध्ये सबैभन्दा धेरै कित्ता गुरुङले आफन्तद्वय इन्द्रदेव गुरुङ र नितु गुरुङको नाममा राखेका छन्। उनीहरुको नाममा विभिन्न क्षेत्रफलका २४ कित्ता जग्गा छन्।

गुरुङले आफ्ना भाइ पहलमान गुरुङको नाममा २ कित्ता राखेका छन्। छोरा कल्याण गुरुङको नाममा १० कित्ता रहेको छ भने छोरी कामना गुरुङको नाममा ९ कित्ता जग्गा रहेको छ। मीनबहादुर गुरुङकै स्वामित्वमा रहेको भाटभटेनी कम्पनी प्रालिको नाममा १० कित्ता रहेको छ। भू-माफिया किटान गरिएका डा ढकाल र सुवेदीसँग सगोलनामा गरेका गुरुङको नाममा एक कित्ता जग्गा रहेको छ। गुरुङको एकल स्वामित्वमा भने ३ कित्ता मात्रै जग्गा रहेको छ।

गुरुङका छोरा कल्याणसँगै ढकाल र सुवेदीका पत्नीहरु क्रमशः उमाकुमारी ढकाल र माधवी सुवेदीको नाममा संयुक्त ३ कित्ता जग्गा रहेको छ।

सरकारी जग्गा हडपेर व्यक्तिको नाममा पुगेपछि सरकारले गत बैसाखमा ललिता निवासमा परेका जग्गाहरुको किनबेच तथा निर्माणमा रोक लगाएको थियो। (तस्बिर- सौरभ रानाभाट)

सम्बन्धित समाचारः

  • बालुवाटार जग्गा प्रकरण : अनुसन्धान गर्न सिआइबी टोलीको म्याद थपियो

  • बालुवाटार जग्गा प्रकरण : अख्तियारले ५८ जनालाई बयानका लागि बोलायो [नामसहित]

  • बालुवाटार जग्गा प्रकरण : आरोपीलाई बयानका लागि बोलाउँदा अख्तियारले ऐनलाई कुल्चियो

  • बयानका लागि ‘भू-माफिया’ ढकाल र सुवेदीलाई अख्तियारको पत्र, नेकपा महासचिव पुत्रलाई बोलाइएन

  • बालुवाटार जग्गा प्रकरण : अख्तियारले ८६ जनालाई बयानका लागि बोलायो [नामसहित]

  • बालुवाटार जग्गा प्रकरण : गोयल ग्रुपको निर्माण कम्पनीका नाममा मात्र १९ कित्ता!

  • बालुवाटार जग्गा प्रकरण : सरकारका तर्फबाट किन गरिएन पुनरावेदन?

  • बालुवाटार जग्गा प्रकरण : गायब पारिएको पौडेलको जग्गाको मिसिल नम्बर १०२५

  • बालुवाटार जग्गा प्रकरण : भाटभटेनीका मालिक गुरुङ मातहत २० रोपनीभन्दा धेरै

  • बालुवाटार जग्गा प्रकरण : सरकारी जग्गा बैंकमा राखेर माफियाले लिए २ अर्ब ६४ करोड ऋण

  • ५४ वर्षदेखि विवादित बालुवाटारको ११३ रोपनी जग्गा सरकारकै नाममा ल्याउने निर्णय, सिआइबीले थाल्यो अनुसन्धान

  • बालुवाटार जग्गा प्रकरण : उच्च अदालतमा मुद्दाको सुनुवाइ सुरु, के होला फैसला?

प्रकाशित मिति: बिहीबार, कात्तिक २१, २०७६  १४:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बूढीगण्डकी बाढी: छ वटा पुल बगे, दश जना सम्पर्कविहीन
भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माण: यातायात सुचारु
ट्रम्पले भने, ‘युक्रेनलाई अब नयाँ राष्ट्रपति चाहिन्छ’
सम्बन्धित सामग्री
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
बूढीगण्डकी बाढी: छ वटा पुल बगे, दश जना सम्पर्कविहीन आइतबार, असोज २५, २०८३
भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माण: यातायात सुचारु आइतबार, असोज २५, २०८३
ट्रम्पले भने, ‘युक्रेनलाई अब नयाँ राष्ट्रपति चाहिन्छ’ आइतबार, असोज २५, २०८३
रुसी आक्रमणमा कम्तीमा २० जनाको मृत्यु, तीन बालबालिका पनि मारिए आइतबार, असोज २५, २०८३
सन्न्यासपछि मेसीको २ गोल आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्