• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर २७, २०८२ Sat, Dec 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

सरकारले रोक लगाएको ललिता निवासमा भाटभटेनीद्वारा गोदाम विस्तार

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २१, २०७६  १४:३५
1140x725

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बालुवाटारस्थित विवादित जग्गाको किनबेच र त्यहाँ भौतिक संरचना बनाउन रोक लगाए पनि निर्माण कार्य भने जारी रहेको छ।

बालुवाटार जग्गा प्रकरणमा मुछिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले आफ्नो स्वामित्वमा रहेको गोदामघरलाई विस्तार गरिरहेका छन्। गैरआवासीय नेपाली संघको भवनबाट ठिक पश्चिममा रहेको गुरुङको गोदामको पछाडिको भागमा निर्माणकार्य जारी छ।

गोदामका लागि ‘भू-माफिया’सँग जग्गा प्राप्ति गरेका गुरुङले भवन बनाउन अदालतलाई प्रभाव पारेका थिए। सरकारी जग्गामा गुरुङले गोदाम बनाउन लागेपछि त्यसलाई रोक्न महानगरले पत्राचार गरेको थियो। साथै, काठमाडौं महानगरपालिकाले नक्सा पास गर्ने कार्यसमेत रोकेको थियो।

त्यसपछि महानगरको कदमका विरुद्ध गुरुङ सर्वोच्च गएका थिए। न्यायाधीश दिपकराज जोशीलाई प्रभावमा पार्दै गुरुङले आफ्नो पक्षमा अन्तरीम आदेश लिएका थिए। न्यायाधीश जोशीले नक्सा पास गरी भवन निर्माणको स्वीकृति दिन अन्तरिम आदेश सुनाएका थिए। सोही आधारमा गोदाम घर बनाएका गुरुङले पछिल्लो समय गोदाम भवनको विस्तार गरिरहेका छन्।

तत्कालीन समयमा गुरुङको पक्षमा फैसला दिएका न्यायाधीश जोशी विवादित बनेका थिए। संसदीय समितिमा अधिवक्ताद्धय युवराज कोइराला र माधव पौडेलले जोशीले सरकारी जग्गामा नक्सापास गर्न अन्तरिम आदेश दिएकाले जोशीलाई प्रधानन्यायाधीशमा अनुमोदन नगर्न उजुरीसमेत दिएका थिए। जोशी प्रधानन्यायाधीशमा अनुमोदन समेत भएका थिएनन्।

सरकारी जग्गामा बन्न लागेको गोदामको नक्सा पासको स्वीकृति महानगरले नदिएपछि सर्वोच्चमा रिट दायर गर्न गुरुङलाई घरजग्गा कारोबारी कालु गुरुङले समेत सघाएका थिए। शोभाकान्त ढकाल र मीनबहादुर गुरुङलगायतको ‘घुसको प्रभावमा परेर’ कायममुकायम प्रधानन्यायाधीश रहेका जोशीले नक्सा पास गर्न अन्तरीम आदेश दिएका थिए।

Ncell 2
Ncell 2

सरकारी जग्गा हत्याएका गुरुङले उक्त जग्गाको अधिकांश भागमा भाटभटेनी सुपर मार्केटको गोदाम बनाएका छन्। सोही स्थानमा गुरुङ स्वामित्वमा रहेको काठमाडौं स्टिलको कार्यालयसमेत छ।

पूर्वसचिव शारदा प्रसाद त्रिताल संयोजक रहेको बालुवाटार जग्गा छानबिन समितिले ‘भू-माफिया’ भनि किटान गरेका डा शोभाकान्त ढकाल र रामकुमार सुवेदीसँग सरकारी जग्गा हत्याउन गुरुङले साँठगाँठ गरेका थिए। अदालत, डिल्लीबजार मालपोत कार्यालयका कर्मचारी र भू-माफियाको 'सेटिङ'मा गुरुङले बालुवाटारको जग्गा आफ्नो पक्षमा गराएका थिए।

सरकारले किनबेचमा रोक लगाएको बालुवाटार क्षेत्रभित्र नै गुरुङको गोदाम घर बनेको छ। त्रिताल नेतृत्वको तीन सदस्यीय समितिको प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्‌ले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई बालुवाटारको उक्त जग्गा तत्काल रोक्का राख्न निर्देशन दिएको थियो। उक्त समितिको प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्‌ले ललिता निवास क्याम्पभित्रको १ सय १३ रोपनी ३ आना जग्गा तत्काल रोक्का राख्न मन्त्रालयलाई निर्देशन दिएको थियो। ‘भूमाफिया’को साँठगाँठमा मालपोत कार्यालय डिल्लीबजारको मिसिल नम्बर १०२४ र १०२५ गायब पारिएको थियो।

गुरुङ र उनका परिवारका सदस्यका नाममा ६२ कित्ता जग्गा बालुवाटारमा छ। गुरुङले हात पारेको जग्गामा अधिकांश आफन्तका नाममा छन् भने कतिपय उनको डिपार्टमेन्टल स्टोर्सको नाममा समेत रहेको छ।

एकल, संयुक्त र कम्पनी गरी उनको मातहतमा आएको जग्गाको क्षेत्रफल २०-८-०-३ (२० रोपनी ८ आना र ३ दाम) रहेको देखिन्छ। भू-माफिया ढकाल र सुवेदीसँगको मिलेमतोमा प्राप्त जग्गामध्ये सबैभन्दा धेरै कित्ता गुरुङले आफन्तद्वय इन्द्रदेव गुरुङ र नितु गुरुङको नाममा राखेका छन्। उनीहरुको नाममा विभिन्न क्षेत्रफलका २४ कित्ता जग्गा छन्।

गुरुङले आफ्ना भाइ पहलमान गुरुङको नाममा २ कित्ता राखेका छन्। छोरा कल्याण गुरुङको नाममा १० कित्ता रहेको छ भने छोरी कामना गुरुङको नाममा ९ कित्ता जग्गा रहेको छ। मीनबहादुर गुरुङकै स्वामित्वमा रहेको भाटभटेनी कम्पनी प्रालिको नाममा १० कित्ता रहेको छ। भू-माफिया किटान गरिएका डा ढकाल र सुवेदीसँग सगोलनामा गरेका गुरुङको नाममा एक कित्ता जग्गा रहेको छ। गुरुङको एकल स्वामित्वमा भने ३ कित्ता मात्रै जग्गा रहेको छ।

गुरुङका छोरा कल्याणसँगै ढकाल र सुवेदीका पत्नीहरु क्रमशः उमाकुमारी ढकाल र माधवी सुवेदीको नाममा संयुक्त ३ कित्ता जग्गा रहेको छ।

सरकारी जग्गा हडपेर व्यक्तिको नाममा पुगेपछि सरकारले गत बैसाखमा ललिता निवासमा परेका जग्गाहरुको किनबेच तथा निर्माणमा रोक लगाएको थियो। (तस्बिर- सौरभ रानाभाट)

सम्बन्धित समाचारः

  • बालुवाटार जग्गा प्रकरण : अनुसन्धान गर्न सिआइबी टोलीको म्याद थपियो

  • बालुवाटार जग्गा प्रकरण : अख्तियारले ५८ जनालाई बयानका लागि बोलायो [नामसहित]

  • बालुवाटार जग्गा प्रकरण : आरोपीलाई बयानका लागि बोलाउँदा अख्तियारले ऐनलाई कुल्चियो

  • बयानका लागि ‘भू-माफिया’ ढकाल र सुवेदीलाई अख्तियारको पत्र, नेकपा महासचिव पुत्रलाई बोलाइएन

  • बालुवाटार जग्गा प्रकरण : अख्तियारले ८६ जनालाई बयानका लागि बोलायो [नामसहित]

  • बालुवाटार जग्गा प्रकरण : गोयल ग्रुपको निर्माण कम्पनीका नाममा मात्र १९ कित्ता!

  • बालुवाटार जग्गा प्रकरण : सरकारका तर्फबाट किन गरिएन पुनरावेदन?

  • बालुवाटार जग्गा प्रकरण : गायब पारिएको पौडेलको जग्गाको मिसिल नम्बर १०२५

  • बालुवाटार जग्गा प्रकरण : भाटभटेनीका मालिक गुरुङ मातहत २० रोपनीभन्दा धेरै

  • बालुवाटार जग्गा प्रकरण : सरकारी जग्गा बैंकमा राखेर माफियाले लिए २ अर्ब ६४ करोड ऋण

  • ५४ वर्षदेखि विवादित बालुवाटारको ११३ रोपनी जग्गा सरकारकै नाममा ल्याउने निर्णय, सिआइबीले थाल्यो अनुसन्धान

  • बालुवाटार जग्गा प्रकरण : उच्च अदालतमा मुद्दाको सुनुवाइ सुरु, के होला फैसला?

प्रकाशित मिति: बिहीबार, कात्तिक २१, २०७६  १४:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमाले महाधिवेशन उदघाटनस्थलमा कडाइ– बम डिटेक्टर उपकरण र तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन
‘अन्तरराष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई साक्षी होइन, निर्णायक भूमिकामा राख्नुपर्छ’ :  उपप्रमुख डंगोल
उपाधिका लागि भिड्दै लुम्बिनी र सुदूरपश्चिम
सम्बन्धित सामग्री
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
ताजा समाचारसबै
एमाले महाधिवेशन उदघाटनस्थलमा कडाइ– बम डिटेक्टर उपकरण र तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन शनिबार, मंसिर २७, २०८२
‘अन्तरराष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई साक्षी होइन, निर्णायक भूमिकामा राख्नुपर्छ’ :  उपप्रमुख डंगोल शनिबार, मंसिर २७, २०८२
उपाधिका लागि भिड्दै लुम्बिनी र सुदूरपश्चिम शनिबार, मंसिर २७, २०८२
यस्तो रहनेछ देशभरको मौसम शनिबार, मंसिर २७, २०८२
एमालेको ११औँ महाधिवेशन आजदेखि, यस्तो छ उद्घाटन तयारी शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल समूहको युवा भेला शुक्रबार, मंसिर २६, २०८२
मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दै छन्? शुक्रबार, मंसिर २६, २०८२
एमाले महाधिवेशनमा ईश्वरको अवधारणापत्रमा छलफल नहुने शुक्रबार, मंसिर २६, २०८२
शीतल निवासमा नवनियक्त ४ मन्त्रीले लिए शपथ शुक्रबार, मंसिर २६, २०८२
उपाधिका लागि भिड्दै लुम्बिनी र सुदूरपश्चिम शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्