• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

बालुवाटार जग्गा प्रकरण : गोयल ग्रुपको निर्माण कम्पनीका नाममा मात्र १९ कित्ता!

गायब पार्ने कम्पनी र व्यक्तिको संख्या ८३
64x64
लिलु डुम्रे सोमबार, वैशाख १६, २०७६  १९:४३
1140x725

काठमाडौं- भू-माफियाको चलखेलमा बालुवाटारका सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउन राजनीतिक पहुँचसँगै व्यापारिक घरानाको समेत मिलमतो भएको देखिएको छ। उक्त जग्गाको माफियाको रूपमा रहेका शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीसँगै नेकपाका महासचिव विष्णु पौडेलको नाम सार्वजनिक भएपनि अन्यको नाम भने गोप्य नै रहेको थियो।

यसरी गोप्य र हराएको दाबी गरिएको विवरण नेपाल लाइभले फेला पारेको छ। नेपाल लाइभले फेला पारेको विवरण अनुसार भाटभटेनी, गोयल ग्रुपको निर्माण कम्पनी डिएलएफ डेभलपर्स (भारतीय निर्माण कम्पनीसँग जोइन्ट भेन्चरमा स्थापना भएको) सहित अन्य कम्पनी र व्यक्ति गरी ८३ जनाका नाममा बालुवाटारको जग्गाको स्रेस्ता कायम भएको देखिन्छ। 

उनीहरुले सो विवरण सार्वजनिक नगर्न मालपोत कार्यालयबाटै विवरण गायब पारेका थिए। तर, विवरण गायब भएकोमा दबाब बढ्दै गएपछि यसको खोजीसमेत सुरु भएको थियो।

नेपाल लाइभले फेला पारेको विवरणमा गोयल ग्रुपको निर्माण कम्पनी  डिएलएफ डेभलपर्सको नाममा १९ कित्ता जग्गा रहेको देखिन्छ।  

नेपालको ख्यातिप्राप्त औद्योगिक घराना गोयल ग्रुपले बैंकदेखि निर्माण कम्पनीसम्मका कम्पनी सञ्चालन गर्दै आएको छ।

उसको स्वामित्वका रहेको डिएलएफ डेभलपर्सको नाममा बालुवाटारका १९ वटा कित्ता रहेको नेपाल लाइभले फेला पारेको हो। 

बालुवाटारका ४ सय ५० कित्ता जग्गा रोक्का गरिएसँगै यी जग्गा पनि मन्त्रालयले रोक्का गरेको छ। बालुवाटारको सरकारी जग्गा हडप्ने क्रममा भू-माफिया र मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीको मिलेमतोमा गायब गरिएको फाइलमध्ये अधिंकाश कित्ताको पहिचान गर्दा सो कम्पनीको नाममा ती जग्गा रहेको रहस्य खुलेको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गायब पारेका १०२४ र १०२५ नम्बरका फाइलबाट व्यक्तिहरू र संस्थाहरूका ३२७ कित्ता जग्गा पहिल्याउँदा यो कम्पनीले आफ्नो नाममा जग्गा राखेको देखिएको  छ। ती जग्गा व्यक्तिको नाममा नभई कम्पनीको नाममा भएकाले थप खोजी गरिरहेको मन्त्रालयले जानकारी दिएको छ। 

मन्त्रालयले अन्य व्यक्तिका नाममा नामासारी वा बिक्री हुन नदिन किनबेचमा रोक लगाएको बताएको छ। मन्त्री पद्मा अर्यालले गठन गरेको सार्वजनिक जग्गा खोजबिन समितिले ७ दिन लगाएर गायब पारिएका फाइलबाट कित्ता छुट्याएर खोजी गरेको छ। 

खोजबिनबाट पत्ता लागेको सरकारी जग्गामध्ये अधिकांश भू-माफिया रामकुमार सुवेदी, शोभाकान्त ढकाल र उनीहरुका पत्नीको नाममा छ। सुवेदी र ढकालपछि बालुवाटारको सार्वजनिक जग्गा धर्मशोभा शाक्यको नाममा रहेको देखिन्छ। शाक्यका नाममा २१ कित्ता जग्गा रहेको छ। उनी भू-माफिया ढकाल र सुवेदीपछिको जग्गा धेरै हुने व्यक्ति रहेको देखिन्छ। 

रामकुमार सुवेदी र शोभाकान्त ढकालका नाममा ९ कित्ता रहेको छ। सुवेदी र ढकालका पत्नीका साथ एक गुरुङ थरकी महिलाको नाममा तीन कित्ता छ। ढकाल र सुवेदीका पत्नीहरुका नाममा मात्रै थप ३ कित्ता समेत छ। ढकाल र सुवेदीको परिवार तथा एकल नाममा गरी कुल ३७ कित्ता जग्गा रहेको देखिन्छ। त्यस्तै मीन गुरुङका नाममा कित्ता नम्बर ७४, ४१३ र १३७ गरी तीन कित्ता जग्गा रहेको देखिन्छ। 

भू-माफियाले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेलको नाममा पास गरिदिएको जग्गाको कित्ता नम्बर  ३१५ र ३०९ रहेको छ। 

पौडेलका नाममा रहेको जग्गा पनि मन्त्रालयले रोक्का गरेको छ। व्यवसायी गुरुङ र भू-माफिया सुवेदी र ढकालको नाममा अर्को एक कित्ता संयुक्त रहेको देखिन्छ। कित्ता नम्बर ८३ तीन जनाको नाममा रहेको मन्त्रालयले खोजी गरेको विवरणमा उल्लेख छ। 

मन्त्रालयले रोक्का राखेको जग्गामा गैरआवासीय नेपाली संघका नाममा समेत ५ कित्ता रहेको फेला परेको छ। संघको नाममा ७४८, ४५२, ७४६, ७५० र ७४४ कित्ताका  जग्गा छन्। 

‘भू-माफिया’ ढकाल दम्पतीका नाममा  ११ कित्ता छुट्टै रहेको समेत देखिएको छ। गुरुङका नाममा बाहेक भाटभटेनी डेभलपमेन्ट कम्पनीका नाममा अलग्गै १० कित्ता जग्गा रहेको छ। ढकालले आफ्ना नाममा एकल रुपमा ३ कित्ता राखेका छन्। उनको नाममा ४०, १२ र  ३७ नम्बरका कित्ता जग्गा छन्। 

मोही कायम गर्न गुठी बनाएका पशुपति टिकिन्छा गुठीको नाममा रहेका १० कित्ता जग्गा ढकाल र सुवेदीले आफ्नै नाममा सारेका छन्। 

भू-माफियाले प्रधानमन्त्री कार्यालय सरकारको नाममा रहेका जग्गा पनि व्यक्तिका नाममा पुर्‍याएका थिए। नेपाल सरकारको नाममा रहेको २९ कित्ता रहेको फाइल गायब पारिएको थियो। साथै, प्रधानमन्त्री निवासको लागि छुट्याइएको २५ कित्तामा रहेको जग्गा मन्त्रालयले पहिल्याएको छ। 

सरकारी भवनका लागि कायम ११ वटा कित्ता जग्गा पत्ता लागेको मन्त्रालयले प्रस्ट पारेको छ।  

यसैगरी पुनर्निर्माण प्राधिकरणको नाममा रहेको ३६३ कित्ता कायम रहेको जग्गाको फाइल पनि गायब बनाइएको थियो। नेपाल सरकार समरजंग कम्पनीको नाममा ७ कित्ता रहेको उल्लेख गरिएको छ। 

मन्त्री अर्यालले भू-माफियाको आडमा डिल्लीबजारबाट मालपोत कार्यालयले गायब पारेका दुई फाइलका अधिकांश कित्ता पहिचान भएको बताइन्।

प्रकाशित मिति: सोमबार, वैशाख १६, २०७६  १९:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष समितिले बुझाएको प्रतिवेदनमा सुरक्षाकर्मीबाहेक अन्य पक्षबाट गोली चलेको प्रमाण फेला नपरेको र चार युवाको मृत्यु नेपाली सुरक्षाकर्मीले च... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
बालेन अमेरिका जान लागेका हुन् ? बिहीबार, भदौ १८, २०८३
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध बिहीबार, भदौ १८, २०८३
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक बिहीबार, भदौ १८, २०८३
लिखतसम्बन्धी कसुरमा अध्यागमनका तत्कालीन कम्युटर अपरेटर पक्राउ बिहीबार, भदौ १८, २०८३
लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख सहयोग बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्