• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ ३०, २०८३ Sat, Jun 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

बालुवाटार जग्गा प्रकरण : आरोपीलाई बयानका लागि बोलाउँदा अख्तियारले ऐनलाई कुल्चियो

अनुसन्धान प्रक्रिया छिटो गर्न म्याद घटाइयो : अख्तियार
64x64
नेपाल लाइभ शुक्रबार, असार १३, २०७६  १५:१६
1140x725

काठमाडौं- बालुवाटार जग्गा अनियमितताका आरोपितलाई बयानका लागि बोलाउने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐनको व्यवस्थालाई कुल्चेको पाइएको छ।

सरकारी जग्गालाई व्यक्तिका नाममा बनाउने क्रममा ८९ जना आरोपितलाई बयानको लागि अख्तियारले ७ दिनको म्याद दिएर बोलाएको थियो। गत बुधबार अख्तियारले ७ दिनभित्र बयान दिनेगरी उपस्थित हुन ८६ जनालाई सूचित गर्‍यो। सार्वजनिक रुपमै एक दैनिक पत्रिकामा उनीहरुको नाम प्रकाशन गरिएको थियो।

बुधबार र बिहीबार गरी आरोपित ८६ जनालाई बयानका लागि बोलाइएको सूचना।

यसै सिलसिलामा बिहीबार थप ३ जनाको नाम उही शैलीमा प्रकाशित गरियो। बुधबार प्रकाशित नाममा ‘भू-माफिया’ किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदीको परिवारका सदस्यलाई बयानका लागि बोलाइएको थियो। बुधबार बयानमा बोलाइनेमा भाटभटेनी डिमार्टमेन्टल स्टोर्सका सञ्चालक मीनबहादुर गुरुङका पुत्र कल्याण गुरुङसहित ‘मोही कायम गरिएकाहरु' छन्।

सोको एक दिनपछि बिहीबार अख्तियारले निकालेको सूचनामा ‘भू-माफिया’ ढकाल र सुवेदीसहित हुपेन्द्रमणि केसीको नाम प्रकाशित भयो।

'भ्रष्टाचार निवारण ऐन, २०५९' दफा ४३ का आधारमा बयानका लागि बोलाइएको बताइए पनि अख्तियारले उक्त दफालाई नै कुल्चेर सूचना निकालेको पुष्टि भएको छ। उक्त दफामा ‘प्रचलित कानुनमा जुनसुकै लेखिएको भएता पनि त्यस्तो व्यक्तिलाई ३० दिनको म्याद दिई अनुसन्धान भएको वा मुद्दा हेर्ने अधिकारीसमक्ष मुद्दा दायर भइसकेको भए सो विषयको संक्षिप्त विवरण उल्लेख गरी उपस्थित हुन राष्ट्रिय दैनिकमा कम्तीमा २ पटक सूचना प्रकाशित गरिनेछ’ उल्लेख छ।

nimb
nimb
Ncell 2
Ncell 2

तर, दफाको उक्त व्यवस्थाको मर्मविपरीत अख्तियारले ७ दिनको म्याद दिएर सूचना निकालेको छ। २ पटक सूचना निकाल्ने दफाको व्यवस्थालाई लागू गरेको अख्तियारले ३० दिनको म्यादलाई भने कुल्चेको हो। ८६ जनालाई बुधबार बयानका लागि पहिलो सूचना प्रकाशित गरेको अख्तियारले ७ दिनको म्याद दिएको छ। सोही सूचनालाई दोश्रो पटक बिहीबार पनि दोहोर्‍याइएको छ। उक्त सूचनामा पनि ७ दिनकै म्याद तोकिएको छ।

अख्तियारले सोही विधिलाई ‘भू-माफिया’ किटान गरिएका शोभाकान्त ढकाल, रामकुमार सुवेदीका हकमा पनि लागू गरेको छ। ढकाल, सुवेदीसहित विवादित हुपेन्द्रमणि केसीलाई बयानका लागि बोलाउँदै बिहीबार र शुक्रबार सूचना प्रकाशित गरिएको छ।

मुख्य आरोपित केसी, सुवेदी र ढकालको नाममा बयानका लागि उपस्थित हुन बिहीबार र शुक्रबार जारी गरिएको सूचना।

अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले ऐनको व्यवस्था भए पनि मुद्दालाई छिटो किनारा लगाउन ७ दिने म्याद दिएर दोश्रो पटक सूचना निकालेको स्पष्टीकरण दिए। उनले भने, ‘कानुनी सरसल्लाह गरेर नै ७ दिनको म्याद दिएर दोश्रो सूचना पनि निकालिसकेको हो। त्यसलाई कसले कसरी व्याख्या गर्छ, त्यो व्यक्तिको कुरा भयो।’

अनुसन्धान प्रक्रियालाई छिटो बनाउन मिल्ने राय कानुनविद्‌बाट प्राप्त गरेअनुसार नै समय घटाइएको उनको भनाइ छ।

तोकिएको म्यादमा व्यक्ति बयानको लागि नआए मात्रै दोश्रो पटक सूचना निकाल्नुपर्ने बारका पूर्वमहासचिव सुनिलकुमार पोखरेलले बताए। ‘एक पटक दिएको म्याद सकिएपछि दोश्रो पटकको सूचना निकाल्ने हो। कानुनी मक्सद पूरा गरे पनि बयानका लागि दोश्रो पटक निकालिएको सूचना उपयुक्त देखिएन,’ पोखरेलले भने।

लगातार दुई दिनमा सूचना निकाल्दा बयानको म्याद ७ दिन नभई ८ दिनको हुने उनको जिकिर छ।

यसरी निकालिएको सूचनामा सोही प्रकरणमा जोडिएका नेकपा महासचिव विष्णु पौडेलका पुत्र नवीन पौडेल र भाटभटेनी डिमार्टमेन्टल स्टोर्सका सञ्चालक मीनबहादुर गुरुङलाई भने बयानका लागि बोलाइएको छैन।

सम्बन्धित समाचार

  • बयानका लागि ‘भू-माफिया’ ढकाल र सुवेदीलाई अख्तियारको पत्र, नेकपा महासचिव पुत्रलाई बोलाइएन
  • बालुवाटार जग्गा प्रकरण : अख्तियारले ८६ जनालाई बयानका लागि बोलायो [नामसहित]

  • बालुवाटार जग्गा प्रकरण : गोयल ग्रुपको निर्माण कम्पनीका नाममा मात्र १९ कित्ता!

  • बालुवाटार जग्गा प्रकरण : सरकारका तर्फबाट किन गरिएन पुनरावेदन?

  • बालुवाटार जग्गा प्रकरण : गायब पारिएको पौडेलको जग्गाको मिसिल नम्बर १०२५

  • बालुवाटार जग्गा प्रकरण : भाटभटेनीका मालिक गुरुङ मातहत २० रोपनीभन्दा धेरै

प्रकाशित मिति: शुक्रबार, असार १३, २०७६  १५:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
सह–आयोजक अमेरिकाको शानदार जित
हिमालयदेखि एन्डिजसम्म: नेपाल-पेरु मित्रताका ५० वर्ष
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य शनिबार, जेठ ३०, २०८३
सह–आयोजक अमेरिकाको शानदार जित शनिबार, जेठ ३०, २०८३
हिमालयदेखि एन्डिजसम्म: नेपाल-पेरु मित्रताका ५० वर्ष शनिबार, जेठ ३०, २०८३
अमेरिकालाई तीन गोलको अग्रता शनिबार, जेठ ३०, २०८३
आज यी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप : उत्कृष्ट कमब्याक गर्दै दक्षिण कोरियाले चेक रिपब्लिकलाई हरायो शुक्रबार, जेठ २९, २०८३
काभ्रेमा बस दुर्घटना- ७ जनाको मृत्यु शुक्रबार, जेठ २९, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्