काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले मंगलबार साँझ गुण्डु पुगेर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
ओली निवासमा भएको भेटमा थापाले मधेश प्रदेश सरकारका विषयमा कुराकानी गरेको गगनको सचिवालयले जानकारी दिएको छ ।
सरकारविरुद्ध विपक्षी दलहरू एकजुट भइरहेका बेला भएको यो भेटलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।
तर, करिब एक घण्टा भएको भेटमा अरु के–कस्ता विषयमा कुराकानी भयो भन्नेबारे दुवै पक्षले औपचारिक जानकारी सार्वजनिक गरेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।