काठमाडौं- सरकारी अतिक्रमित जग्गा अनुसन्धान गर्न गठन गरिएको प्रहरी अनुसन्धान ब्युरोको कार्यदललाई थप दुई महिना बढाइएको छ।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले उक्त विषय जानकारी गराएका हुन्। असारमा दुई महिना थपिएको कार्यकाल बढाएर असोज २८ सम्म पुर्याइएको छ।
फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले मुआब्जा दिएर अधिग्रहण गरिएको साबिकको ललिता निवासको उक्त जग्गा रोक्का गर्ने निर्णय गरेको थियो। 
प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीशलगायत विशिष्ट व्यक्तिहरुको निवासस्थल, हाई प्रोफाइलहरुको निवास भएकाले सुरक्षाको दृष्टिकोणले पनि संवेदनशील रहेका स्थानको सार्वजनिक जग्गा ५४ वर्षदेखि व्यक्तिले प्रयोग गर्दै आएका थिए।
११३ रोपनी सरकारी जग्गालाई भूमाफियाले व्यक्तिका नाममा बनाएका थिए। सरकारले ४५० कित्ता जग्गा किनवेचमा रोक लगाएको छ। साथै, अख्तियारले आरोपितहरुको बयान लिने क्रम जारी छ।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।