• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख १७, २०८३ Thu, Apr 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

बालुवाटार जग्गा प्रकरण : उच्च अदालतमा मुद्दाको सुनुवाइ सुरु, के होला फैसला?

64x64
दुर्गा दुलाल आइतबार, जेठ ५, २०७६  २१:२८
1140x725

काठमाडौं– बालुवाटारको ११३ रोपनी सार्वजनिक जग्गा भू-माफियाको खेलले व्यक्तिगत भएपछि खारेजीको माग गर्दै दायर भएको मुद्दा उच्च अदालत पाटनमा सुनुवाई सुरु भएको छ। 

काठमाडौं जिल्ला अदालतले भू-माफियाको पक्षमा फैसला सुनाएपछि अधिवक्ता दिपकराज जोशी उच्च अदालत पाटन पुगेका थिए।

जिल्ला अदालतको दुषित निर्णय एवं लिखत बदर हुनुपर्ने माग गर्दै जोशीले चैत ८ गते उच्च अदालतमा पुनरावेदन गरेका थिए। उक्त पुनरावेदनमा आज सुनुवाई गर्दै न्यायाधीशद्धय रमेशकुमार  पोखरेल र शान्ता सेढाईको इजलासले झगडिया झिकाउने आदेश गरेको छ।

उच्चले भुमि सुधार कार्यालय, मालपोत कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत अन्य निकायलाई सरकारी जग्गा व्यक्तिको नाममा दर्ता हुनुको कारण लिखित रुपमा लिएर छलफलमा उपस्थित हुन समेत भनेको छ।

उच्चको यो आदेशसंगै बालुवाटर जग्गा प्रकरण उल्टिएर सरकारी हुन सक्ने वा नसक्ने विषय फैसलापछि भर पर्नेछ।

उच्चले दुवै पक्षको वहशपछि फैसला सुनाउँदा सरकारी हुने निर्णय गरेमा स्वतः यसअघि पास भएका राजीनामा बदर भई सरकारी ठहर हुनेछ। यदि उच्चले अस्वीकार गरेमा यो प्रकरण पुनः विवादित नै हुने देखिन्छ। सार्वजनिक जग्गा ५४ वर्षदेखि विवादित छ। 

बालुवाटारको १ सय १३ रोपनी जग्गा २०२१ सालदेखि भूमाफियाहरुले मिलेमतोमा व्यक्तिको नाममा दर्ता गरेको भन्दै विभिन्न अदालतमा मुद्दा चलिरहेको छ। ५४ वर्षबीचमा यो मुद्दामा जिल्ला अदालतदेखि सर्वोच्चसम्म पुगेर विभिन्न पटक फैसलासमेत भएको छ।

सर्वोच्चले समेत सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता सदर गर्ने फैसला गरे पनि यो विवाद हाल उच्च अदातल पाटनमा विचाराधीन छ। यही विवाद चलिरहेको अवस्थामा मन्त्रिपरिषद् बैठकले बालुवाटार क्षेत्रको १ सय १३ रोपनी ३ आना ३ पैसा जग्गा सरकारकै नाममा ल्याउने निर्णय गरेको छ। तर, उक्त निर्णय भने सार्वजनिक भएको छैन। 

nimb
nimb
Ncell 2
Ncell 2

नेपाल लाइभसँगको कुराकानीमा सरकारका एक मन्त्रीले सार्वजनिक जग्गा सरकारकै भएकाले व्यक्तिको नामबाट सरकारको नाममा ल्याउने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको बताए।

फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले मुआब्जा दिएर अधिग्रहण गरिएको साबिकको ललिता निवासको उक्त जग्गा रोक्का गर्ने निर्णय गरेको हो।

२०२१ सालमा गृह पञ्चायतले उक्त जग्गा सरकारलाई आवश्यक हुने भन्दै तत्कालीन समयको उपयुक्त क्षतिपूर्ति दिएर अधिग्रहण गरेको थियो।

यो पनि : ५४ वर्षदेखि विवादित बालुवाटारको ११३ रोपनी जग्गा सरकारकै नाममा ल्याउने निर्णय, सिआइबीले थाल्यो अनुसन्धान

तर, ५४ वर्ष पुग्दा उक्त जग्गा देशको पहुँचमा पुग्न सक्ने केही भूमाफियाले कब्जामा गरेको पत्तो पाएकाले सरकारको नाममा ल्याउने निर्णय मन्त्रिपरिषद्ले गरेको ती मन्त्रीको दाबी छ। निर्णय सार्वजनिक नभएकाले कुन प्रक्रियामार्फत सरकारको नाममा आउने भन्ने विस्तृत विवरण खुल्न सकेको छैन। 

अधिग्रहण गरिएको सरकारी जग्गा कसरी व्यक्तिको भयो?
प्रधानमन्त्री निवासदेखि भाटभटेनी सुपर मार्केटसम्म आइपुग्ने जमिन सरकारी प्रयोगमा आवश्यक हुने भन्दै २०२१ मंसिर १७ गते भरत समशेर, सुवर्ण समशेरलगायतको नामको घरजग्गा क्षतिपूर्ति दिएर तत्कालीन गृह पञ्चायत मन्त्रालयले अधिग्रहण गरेको थियो। 

उक्त सूचनाको ६ नम्बर बुँदामा साविकको ललिता निवास, बालुवाटार पूर्वबाट भाटभटेनी जाने सडक, पश्चिममा धुव्र शमशेरको समेत घरजग्गा, उत्तर गोरेटो बाटो, दक्षिण गैरीधाराबाट आउने मूल सडक गरी यतिलाई चार किल्ला मानेर २ सय ९९ रोपनी जग्गा मुआब्जा दिएर अधिग्रहण गरिएको सूचना जारी गरेको थियो।

जग्गा प्राप्ति ऐन २०१८ को दफा ७ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी त्यसबेला मुआब्जा दिएर २ सय ९९ रोपनी जग्गा अधिग्रहण गरिएको थियो। २ सय ९९ रोपनीमध्ये सुवर्ण शमशेर र कञ्चन शमशेरको भागको १४ रोपनी जग्गा पहिल्यै तत्कालीन पञ्चायत सकारले लिइसकेकाले बाँकी २ सय ८४ रोपनी जग्गाको मुआब्जा दिई सरकारले अधिग्रहण गरेको थियो।

२ सय ८४ रोपनीमध्ये नेपाल राष्ट्र बैंक, प्रधानमन्त्री निवास, प्रधानन्यायाधीश निवास, सभामुख निवासको निर्माणपछि १ सय १३ रोपनी ३ जग्गा बचेको थियो। 

बचेको सोही १ सय १३ रोपनी जग्गा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ, डा शोभाकान्त ढकालहरूले ऐनविपरीत मालपोत कार्यालय डिल्लीबजारबाट गुठी कायम गरी विभिन्न व्यक्तिलाई मोही बनाएर भू-माफियाको सहारामा आफ्नो बनाएको उच्च अदालत पाटनमा दर्ता भएको पुनरावेदनमा उल्लेख छ। 

व्यक्तिको बनाउन यस्तो खेल
२०२१ सालमा सरकारले आफ्नो नाममा ल्याएपछि यो जग्गाको एक हिस्सामा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखहरुको निवास र नेपाल राष्ट्र बैंकका लागि भवन निर्माण गरियो। बाँकी रहेको जमिन र त्यसको मूल्यलाई हेरेर भू-माफियाहरु सल्बलाउन थाले।

उनीहरुले उक्त जग्गा मोही हकमा दर्ता गर्ने प्रयास सुरु गरे। सोही प्रयास अन्तर्गत मालपोत कार्यालयलाई समेत प्रलोभनमा पारेर २०४९ कात्तिक २५ गते र २०४९ पुस २३ गते गरी ११३ रोपनी जग्गा गुठीको नाममा सारियो। लगत्तै उक्त जग्गालाई व्यक्तिको नाममा ल्याउने खेल सुरु भयो।  

सरकारी जग्गा गुठी कायम गर्ने अधिकार मालपोत कार्यालयलाई  हुँदै नभए पनि आर्थिक चलखेलको आधारमा उक्त जमिन गुठीको बनाइयो। 

सरकारी जग्गा पशुपति गुठी कसरी? 
सरकारले क्षतिपूर्ति तिरेर अधिग्रहण गरेको जग्गा माफियाहरुले पशुपति टिकिन्छा गुठीको नाममा दर्ता गराए।

सरकारको नाममा आएको जग्गा कसरी गुठीको भयो भन्नेमा तत्कालीन भूमिसुधार मन्त्रालय र गुठी विभागले खोजी गरेन। भू-माफियाहरुले सिधै व्यक्तिको नाममा दर्ता गर्नभन्दा गुठी र त्यसलाई रैकर बनाउने खेल सुरु गरेका थिए।

प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  २१:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, वैशाख १७, २०८३
सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेल र पत्नी बस्नेतविरुद्ध साढे ६८ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा बुधबार, वैशाख १६, २०८३
ओमानसँग नेपालको लज्जास्पद हार बुधबार, वैशाख १६, २०८३
सरकारसँग सर्वोच्चद्वारा सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण बुधबार, वैशाख १६, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
रास्वपाले भन्यो– काठमाडौंमा उपलब्ध सांसदज्यूहरू ११ बजे सिंहदरबारमा उपस्थित हुनू बुधबार, वैशाख १६, २०८३
सरकारसँग सर्वोच्चद्वारा सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण बुधबार, वैशाख १६, २०८३
ओमानसँग नेपालको लज्जास्पद हार बुधबार, वैशाख १६, २०८३
सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेल र पत्नी बस्नेतविरुद्ध साढे ६८ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्