• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

एसपी मल्लका ‘अवैध दुई हप्ता’ 

64x64
नारायण अधिकारी शुक्रबार, पुस १८, २०७६  १५:५२
1140x725

काठमाडौं– पुस ४ गते प्रहरी प्रधान कार्यालयले २४ एसपीको सरुवा सूची निकाल्यो। त्यसकाे सातौं नम्बरमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) दानबहादुर मल्लको नाम थियाे। 

उनलाई महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचर, काठमाडौं सरुवा गरिएको थियो। गौचरका एसपी कृष्णप्रसाद कोइरालालाई जिल्ला प्रहरी कार्यालय झापा सरुवा गरिएपछि उनको ठाउँमा मल्ललाई सरुवा गरिएकाे थियो। 

एसपी मल्लको ठाउँमा भने प्रहरी प्रधान कार्यालय युएन जगेडा, नक्साल दरबन्दी भएका एसपी गंगा पन्तको सरुवा गरिएको थियो।

समय नै तोकेर १२ घण्टा, ७२ घण्टा भित्र हाजिर भइसक्नुपर्ने भन्ने हुन्छ। माओवादी द्वन्द्वकालमा यति घण्टाभित्र फलानो ठाउँमा हाजिर हुने भन्ने नै थियो। रवाना कहिले लिने भन्दा पनि त्यसबेला हाजिर हुने समय तोकिएको हुन्थ्यो। 

सरुवा भएको दरबन्दीबाटै पुस महिनाको तलबभत्ता पाउने भन्दै प्रहरी प्रधान कार्यालयले सरुवासँग सम्बन्धित सबै प्रहरी कार्यालयलाई ‘इन्ट्रानेट’मार्फत् आन्तरिक परिपत्र गर्‍यो।

‘सरुवाबारे जानकारी दिन प्रहरी प्रधान कार्यालयले इन्ट्रानेटमार्फत् पठाउने आन्तरिक परिपत्र नियमित प्रक्रिया हो’ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्री भन्छन्, ‘यही परिपत्रलाई आधार मानेर सरुवा हुँदै आएको छ।’

तर प्रहरीको यो नियमित प्रक्रिया त्यतिबेला क्रमभंग भयो जब प्रहरी प्रधान कार्यालयको यो निर्णयलाई चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले टेरेनन्। सुरुमा त उनले ‘सरुवाको कुनै जानकारी नै नआएको’ भन्दै साविककै दरबन्दी चितवनमै जिम्मेवारी सम्हालिरहे। 

सरुवा प्रक्रियामा हरेक घण्टाको महत्व हुने सरोकारवालाहरु मत राख्छन्।  समय नै तोकेर १२ घण्टा, ७२ घण्टाभित्र हाजिर भइसक्नुपर्ने भन्ने हुन्छ। प्रहरीको कर्मचारी प्रशासनमा लामो समय बसेर अवकाश पाएका पूर्वएसपी रवीन्द्र रेग्मीका अनुसार माओवादी द्वन्द्वकालमा यति घण्टाभित्र फलानो ठाउँमा हाजिर हुने भन्ने नै थियो। रवाना कहिले लिनेभन्दा पनि त्यसबेला हाजिर हुने समय तोकिएको हुन्थ्यो। 

Ncell 2
Ncell 2
nimb
nimb

तर एसपी दानबहादुरको हकमा त्यो लागू भएन। सरुवा भएको १२ दिनसम्म उनी चिवतनमै रहेपछि नेपाल प्रहरीको इतिहासमा यसलाई एउटा अनौठो घटनाका रुपमा लिइयो। 

 ‘प्रहरीको इतिहासमा पत्रै काटेर जिल्ला छाड्नु भनेजस्तो मलाई लाग्दैन’ पूर्वएसपी रेग्मी थप्छन्, ‘२०४९ सालमा दिपालयमा डिआइजी पठाउनु पर्ने भयो। तीनजना सम्मले जान नमानेपछि अर्को मान्छे पठाएको घटना भने छ।’

पुस १६ गते राति ११ बजेर ३ मिनेटमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौडाको सामान्य प्रशासन शाखाले जिल्ला प्रहरी कार्यालय चितवनलाई निर्देशनात्मक आदेशसहितको एक पत्र पठायो। प्रदेशका एसपी अरुण पौडेलद्वारा हस्ताक्षरित पत्रमा प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय र प्रहरीको कर्मचारी प्रशासन शाखालाई बोधार्थ दिइएको छ। 

‘एसपी मल्ललाई सरुवा गरिएको दरबन्दीमा हालसम्म पनि रवाना गरेको जानकारी यस कार्यालयमा नआएको हुनाले त्यहाँ कार्यरत डिएसपीलाई सम्पूर्ण चार्ज बुझाई १२ घण्टाभित्र तोकिएको दरबन्दीमा रवाना गरी त्यसको जानकारी तालुक कार्यालयमा गराउनु’ प्रदेशले जारी गरेको पत्रमा उल्लेख गरिएको छ।

तालुक प्रदेश कार्यालयले आदेश दिएको समयबाट पनि २४ घण्टा बितिसकेपछि बल्ल उनले नयाँ दरबन्दीका लागि रवाना बुझेका छन्। तर यसभन्दा अघिसम्म चितवनमा न एसपी मल्लको दरबन्दी नै थियो न काज नै। प्रहरीको चेन अफ कमाण्डलाई अटेर गर्दै बिताएका ‘अवैध दुई हप्ता’ बाट उत्पन्न गलत सन्देसको जिम्मेवारी कसले लिने? 

पूर्वएसपी रेग्मीका अनुसार सरुवा गरिएको ठाउँमा नगई अटेर गरेर बस्नु र जिल्ला छाड्न भन्दै तालुक कार्यालयले १२ घण्टे परिपत्र काट्नु प्रहरीको इतिहासमै पहिलो घटना हो।  ‘प्रहरीको इतिहासमा पत्रै काटेर जिल्ला छाड्नु भनेजस्तो मलाई लाग्दैन’ पूर्वएसपी रेग्मी थप्छन्, ‘२०४९ सालमा दिपालयमा डिआइजी पठाउनु पर्ने भयो। तीनजना सम्मले जान नमानेपछि अर्को मान्छे पठाएको घटना भने छ।’

प्रदेश प्रहरी कार्यालयले पत्र पठाएको बिहीबार दिउँसो ११ बजेर ३ मिनेटमै १२ घण्टा बितिसकेको थियो। तर एसपी मल्ललाई भने निर्देशनात्मक आदेशसहितको उक्त पत्रले समेत छोएन। उनी दिउँसाेभर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को सुरक्षामा खटिए। 

उनको सरुवा भएको शुक्रबार दुई हप्ता बितिसकेको छ। तालुक प्रदेश कार्यालयले आदेश दिएको समयबाट पनि २४ घण्टा बितिसकेपछि बल्ल उनले नयाँ दरबन्दीका लागि रवाना बुझेका छन्। तर यसभन्दा अघिसम्म चितवनमा न एसपी मल्लको दरबन्दी नै थियो न काज नै। प्रहरीको चेन अफ कमाण्डलाई अटेर गर्दै विताएका ‘अवैध दुई हप्ता’ बाट उत्पन्न गलत सन्देसको जिम्मेवारी कसले लिने? 

प्रहरी नियमावली २०७२ अनुसार प्रहरी उपरीक्षकसम्मको सरुवाको अधिकार प्रहरी महानिरीक्षकमा हुन्छ। एसपी मल्लले आदेश नमानेकाले प्रहरीको चेन अफ कमाण्डमै प्रश्न उठ्ने पूर्वडिआइजी हेमन्त मल्ल बताउँछन्। ‘प्रहरीमा चेन अफ कमाण्डको महत्वपूर्ण अर्थ हुन्छ’, मल्ल भन्छन्, ‘यदि अटेरीका समयमा ठुलो कुनै घटना भए त्यसमा समेत प्रहरीको भूमिकामा प्रभाव देखिन सक्छ।’

फौजमा अत्यन्तै अनुशासनमा बस्नुपर्ने, चेन अफ कमाण्ड मान्नु पर्ने भएकाले असन्तुष्टि भए पनि यसअघि यस्ता कुरा बाहिर आउँदैन्नथे। तर अहिले त्यो क्रम पनि तोडिएको छ।

यसरी दुई हप्तासम्म विभागलाई अटेर गरेकाले एसपी मल्लले विभागीय आदेश नमानेको ठहर्छ। सोही अनुसार एसपी मल्ललाई कारबाही गर्ने ठाउँ पनि छ। यसबारे प्रदेश ३ का डिआइजी शेरबहादुर बस्नेत छन्, ‘सरुवा नमान्ने कुरै हुँदैन। नमान्नुको विकल्पै छैन। अब यतिन्जेलसम्म किन अटेर गरे भन्ने कुरा विभागले खोज्छ।’

प्रहरीको चेन अफ कमाण्ड अर्थात आइजीले गरेको सरुवालाई नै चुनौती दिनुको पछाडि शक्तिकेन्द्रसँग उनको निकटता रहेको प्रष्ट्याउने पूर्व एसपी रेग्मी बताउँछन्। ‘राम्रो काम गरेको भन्दै प्रशंसा पाएका रौतहट प्रहरी प्रमुख भुपेन्द्र खत्रीको एक वर्ष नपुग्दै सरुवा भयो। तर उनी संगठनको आदेश मान्दै सरुवा भएको ठाउँमा गए’ रेग्मीले भने ‘तर त्यही आदेश मल्लले मानेनन्। उनको आफ्नो ईच्छा, ताकतबाट यो कुरा भएको हो भन्ने मलाई लाग्दैन। उसलाई सपोर्ट गर्ने अर्को एउटा पावर सेन्टर छ। जसले राज्यको वैधानिक शक्तिजस्र्तै शक्तिको ताकत राख्छ । त्यही ताकतको दरुपयोग यहाँ देखिन्छ’

दुई हप्तासम्म प्रहरीको चेन अफ कमाण्ड नमानेका उनी चौतर्फी दबाब आएपछि आफ्ना ट्वाइसीलाई चार्ज बुझाएर नयाँ दरबन्दीका लागि रवाना लिएका छन्।

कर्मचारी सरुवा भएपछि साबिकको कार्यालयबाट सरुवा भएको कार्यालयमा हाजिर हुन जाँदा साथमा लिएर जाने पत्र नै रवाना हो। यस पत्रमा सम्बन्धीत कर्मचारीले खाइपाई आएको तलव भत्ता अन्य सुविधालगायत व्यक्तिगत अभिलेखको बारेमा संक्षिप्त उल्लेख गरिएको हुन्छ।

यसरी दुई हप्तासम्म विभागलाई अटेर गरेकाले एसपी मल्लले विभागीय आदेश नमानेको ठहर्छ। सोही अनुसार एसपी मल्ललाई कारबाही गर्ने ठाउँ पनि छ। यसबारे प्रदेश ३ का डिआइजी शेरबहादुर बस्नेत छन्, ‘सरुवा नमान्ने कुरै हुँदैन। नमान्नुको विकल्पै छैन। अब यतिन्जेलसम्म किन अटेर गरे भन्ने कुरा विभागले खोज्छ।’

सरुवा अटेर गर्नुलाई अनुशासनहीन काम मानिन्छ । अनुशासनहीन काम गरेको भन्दै उनलाई विभागीय कारबाहीस्वरुप नसिहतसम्म दिन मिल्छ । यसले बढुवामा असर गर्छ ।

कारबाहीका लागि प्रहरी प्रधान कार्यालयले सरुवा नमान्नुका कारणबारे स्पष्टिकरण सोध्नुपर्छ । चित्तबुझ्दो जवाफ नआएपछि एसपी मल्ल कारबाहीमा पर्न सक्ने देखिन्छन्। तर शक्तिकेन्द्रकै कारण प्रहरी प्रधान कार्यालयले उनीसँग स्पष्टिकरण माग गर्नेमै संका छ। यसबारे केन्द्रीय प्रवक्ता थापा भन्छन्, ‘नियमविपरीत काम गर्नेलाई संगठनले कारबाही गर्छ।

तर कारबाहीले पनि बढुवा असर नगर्ने अथवा कारबाही नै गर्न नसक्ने साेचेर होला एसपी मल्लले सहजै संगठनको आदेश स्वीकार नगरेको देखिन्छ। २०५० सालमा प्रहरी जवानबाट सेवा प्रवेश गरेका उनी अबको केही वर्षमा अनिवार्य अवकाशमार्फत घर जाँदैछन्।  

शक्तिकेन्द्रका दाहिना एसपी
एसपी मल्ल २०५० सालमा भलिबल खेलाडीका रुपमा सिपाहीबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । ५ वर्षसम्म उनले प्रहरीमा खेलाडी भएर प्रहरी सेवा बिताए। त्यसपछि उनले २०५५ साल कात्तिक १ गते प्रहरी सहायक निरीक्षक (असई)मा नाम निकालेका थिए।

असई भएको तीन वर्षपछि २०५८ सालमा उनले प्रहरी निरीक्षकमा खुल्ला प्रतिस्पर्धाबाट नाम निकालेका थिए । सशस्त्र द्वन्द्वको नेतृत्वको गरेको तत्कालीन नकेपा माओवादी खुल्ला राजनीतिमा आएपछि उनले आफ्नो सम्बन्ध माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग निकट सम्बन्ध बनाए।

त्यसपछि पटक पटक गरेर उनी लामो समयसम्म प्रचण्डको सुरक्षागार्ड (पिएसओ) का रुपमा कार्यरत रहे।

प्रचण्डको पिएसओ छँदै उनी सन् २०१३ को डिसेम्बरमा शान्ति मिसन गए। मिसनबाट फर्किएपछि पुन उनी प्रचण्डकै पिएसओको जिम्मेवारीमा फर्केका थिए। 

पिएसओ बसेकै कारण प्रचण्डको निकट भएका उनले डिएसपीका लागि आकर्षक मानिने ठाउँ महानगरीय प्रहरी वृत दरबारमार्गको नेतृत्व गर्ने मौका पाएका थिए।

दरबारमार्गमै रहँदै आफ्नो ब्याचका धेरैलाई डिएसपीमै छाड्दै मल्ल गत माघ २६ गते एसपीमा बढुवा भएका थिए । मल्लको उक्त बढुवामा पनि शक्तिकेन्द्रकै आर्शिवाद धेरै रहेको उनका समकक्षीहरु बताउँछन्।

अहिले पनि सोही शक्तिकेन्द्रको आडमा उनले संगठनको चेन अफ कमाण्डलाई नै चुनौती गर्ने काम गरेका हुन्।
 

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०७६  १५:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्