• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २२, २०८२ Wed, Oct 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ
कालापानी : ‘नेपाली अस्तित्व' गुमाएका ४ गाउँ
64x64
नेपाल लाइभ आइतबार, मंसिर १, २०७६  २०:०२
1140x725

महाकाली नदी जसमा पुल बनाएर भारतीय सुरक्षाकर्मी नेपालको कालापानीसम्म आएर स्थायी शिविर खडा गरेर बसेका छन्। तस्बिर : मनोज बडू/कान्तिपुर। इन्साइटमा कालापानीदेखि लिम्पियाधुराको शिरसम्म रहेका गाउँ देखाउने स्केच।


काठमाडौं- भूगोलमा टेकेर हुनुपर्ने हो, राजनीति। तर, कहिलेकाहीँ राजनीतिले उल्टै भूगोल बदलिदिन्छ। 

बदलिइरहने ‘राजनीतिक भूगोल’को चपेटमा परेका छन्, नेपाली ४ गाउँ कुटी, नावी, गुन्जी र गर्ब्याङ। भारतले २ नोभेम्बरमा जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापनी (लिम्पयाधुरा र लिपुलेकसमेत) क्षेत्रसमेत आफ्नोतिर पार्ने कदमले नेपाली सीमा अतिक्रमणका कथा एकपल्ट पुनः सहतमा आएका छन्। कहानी हो भारत अतिक्रमित कालापानी, जहाँका चार गाउँले नेपाली अस्तित्व गुमाएका छन्। कुटी, नावी, गुन्जी र गर्ब्याङ जुन अहिले भारतीय प्रशासनको अतिक्रमणमा छन्, ती नेपाली गाउँ थिए। 

काली नदी पूर्व नेपाली भूभाग हुने सन् १८१६ को सुगौली सन्धिअनुसार कुटी, नावी र गुन्जी नेपाली गाउँ हुन्। उक्त सन्धिको बावजुत पनि पनि काली नदिको पूर्वतिर रहेको गर्ब्याङ गाउँमा पनि वि.स. २०१२/१३ सालसम्म तालुकदार नेपाल सरकारबाटै नियुक्ति गरेर तिरो उठाएका प्रमाण नेपालसँग भएको सीमाविद् र त्यहाँका जनप्रतिनिधिहरु बताउँछन्। 

गाउँ नेपाली नै भएको प्रमाण
पाका पत्रकार भैरव रिसाल जनगणकका रुपमा २०१८ सालको असारमा कालापानी गएका थिए। जनगणनाका लागि केन्द्रीय तथ्यांक विभाग विभागको सेक्सन (जोनल) अफिसरका रुपमा रिसाल कालापानी गएका थिए। 

आफूहरु त्यहाँ पुगेर अहिले भारतीय नियन्त्रणमा रहेका नावी, कुटी, गर्ब्याङ र गुञ्जी गाउँका बासिन्दाको गणना गरेको रिसाल सुनाउँछन्। 

‘मलाई सम्झनाभएसम्म त्यो बेलामा नावी, गर्ब्याङ, गुञ्जी, छाँगरु र तिंकर गाउँहरु थिए,’ रिसाल भन्छन्, ‘अहिले  तीमध्ये तिंकर  र छाँगरु गाउँ मात्रै हाम्रोमा छ। त्यो बेला विभागका निर्देशक थीरबहादुर रायमाझी हुनुहुन्थ्यो। उहाँ सिपालु, उहाँले त्यो क्षेत्रको नक्सा हातले कोरेर दिनु भएको थियो। त्यही नक्सामा आधारमा हामीले ती गाउँमा पुगेर जनगणना गराएका थियौं।’

तत्कालीन समयको प्रशासनिक विभाजन अनुसार नेपालमा ३५ जिल्ला मात्रै थिए। अहिलेको दार्चुला जिल्ला उहिले डोटी जिल्लामा पर्दथ्यो। कालापानी क्षेत्रमा ६ महिना अत्यधिक हिउँ पर्ने भएकाले आफूहरुले जनगणनाका लागि गर्मी मौसममा रोजेको रिसाल बताउँछन्। भन्छन्, ‘लिम्पियाधुराका ती गाउँमा १२ महिना नै मान्छे सक्दैनन्। हिँउदमा हिँउ हुन्छ। बर्खामा मात्रै मान्छे बस्छन्। त्यसैले गर्दा हाम्रो जनगणना गर्मी मौसममा असार ८ गते थियो। त्यो बेला मान्छेहरु बस्थे। उनीहरुको त्यहाँ उपस्थिति थियो।’

Ncell 2
Ncell 2
कालापानीदेखि लिम्पियाधुराको शिरसम्म रहेका ती गाउँ देखाउने स्केच। सौजन्य : हिमाल म्यागेजिन

दार्चुलाका सांसद गणेश ठगुन्ना महाकाली नदीवारिका नेपाली गाउँ मात्रै नभए पछिसम्म महाकाली नदीपारि रहेको गर्ब्याङमापनि नेपालले गएर तिरो उठाउने गरेको दाबी गर्छन्। उनको भनाइ छ, ‘वि.सं.२०१२/१३ सालसम्म पनि गर्ब्याङसम्मको पनि तालुकदार हाम्रो नेपाल सरकारबाटै नियुक्ति गरेर तिरो उठाएका छन्। त्यतिबेलासम्म त्यहाँ नेपाली शासन थियो।’

दार्चुलाकै अर्का सांसद दीलेन्द्रप्रसाद बडूको पनि त्यस्तै भनाइ छ। आफूहरूलाई पनि ती गाउँ नेपाली भएकोबारे थाहा भएको उनी सुनाउँछन्। ‘लिम्पियाधुराको कुरा गर्ने हो भने २०१८ सालमा नेपालको जनगनणा भएको छ,’ बडू सुनाउँछन्, ‘हामीलाई पनि पहिले जानकारी भएअनुसार नावीको नाब्याल, गुञ्जीको गुन्ज्याल, कुटीको कुट्यालहरु थिए। काली नदिपारिको गर्ब्याङ अहिले भारतीय भूमिमा छ। तर, त्यहाँका बासिन्दाहरु नेपालको नागरिक भएको र उनीहरुले नेपालमा तिरो तिरेको भन्ने कुरा पनि सुनिन्थ्यो।’

भारतीय अस्तित्व स्वीकार
निरन्तरको भारतीय प्रशासनको नियन्त्रणका कारण नेपाली हुँदाहुँदै पनि धेरैले भारतीय अस्तित्व स्वकार गरेका छन्। बाध्यतावश त्यहाँका स्थानीयले भारतीय अस्तित्व स्वीकार गरेको त्यहाँ सांसद ठगुन्ना र बडू बताउँछन्। 

‘उनीहरुले आफूलाई भारतीय नागरिक मानेर, भारतकै नागरिक भएर त्यहाँको सुविधाहरु लिने गरेर बसेका छन्,’ बडू सुनाउँछन्, ‘उनीहरुलाई त्यो क्षेत्रमा धेरै सुविधाहरु पनि दियो भारतले। उनीहरुलाई जागिरमा विशेष आरक्षण, खाद्यान्न, लत्ताकपडा धेरै सस्तोमा दिने गर्‍यो। यस्तो सुविधा पाएपछि उनीहरुमा पनि नेपालको भन्दा भारतकै ज्यादा मनोवृत्ति रह्यो। र, अहिले भूगोल पनि उतै गएको अवस्था छ।’

भारतीय अर्धसैन्य बल आईटीबीपीले कालापानीमा राखेको शिबिर जहाबाट चीनसँग पनि सीमा जोडिएको लिपुलेक देखिन्छ। तस्बिर: यात्रा थुलुङ

त्यो भूमि नेपालकै भएको भनेर स्थापित गर्नु पर्ने त्यहाँका स्थानीयलाई कता बस्ने भनेर आत्मनिर्णयको अधिकार दिनुपर्ने ठगुन्नाको मत छ। ‘त्यसकारण अब हामीले २०१८ को जनगणना, सुगौली सन्धिको तथ्य, प्रमाण र त्यतिबेला नक्सामा देखाइएको मुहान लिम्पियाधुरा हो भन्ने विषयलाई स्थापित गर्नुपर्ने अहिलेको आवश्यकता छ,’ उनी भन्छन्, ‘त्यसो गर्‍यौं भने त्यहाँका गाउँ र नागरिक भूगोलमा हाम्रा हुन्छन्। पछि को कहाँ बस्न चाहान्छन् त्यो उनीहरुको आत्मनिर्णयको अधिकारको कुरा हो।’

ठगुन्ना पनि नेपाली प्रशासनको उपस्थिति नहुँदा ती गाउँका बासिन्दाले भारतीय बन्ने कुरामा प्रतिरोध नगरेको बताउँछन्। ‘अहिलेको कुरा भएन्, त्यो ५०औं वर्षअघिको कुरा हो,’ उनी भन्छन्, ‘प्रशासनिक हिसाबले भारतीयले सेवासुविधा दिँदै गएपछि उनीहरु त्यतैतिर जोडिए। त्यहीँको नागरिक भए। त्यहीँका सेवासुविधा लिइसकेपछि उनीहरुले त्यसलाई प्रतिरोध गर्ने कुरा भएन। यताबाट हाम्रो प्रशासनिक उपस्थिति भएन, त्यहाँ जसको उपस्थिति भयो त्यसैलाई स्वीकार गरेर अगाडि बढे।’

अहिलेको अवस्था
अहिले भारतीय प्रशासनको नियन्त्रणमा रहेका ती गाउँमा बाक्लै बस्ती रेहेको सांसद ठगुन्ना बताउँछन्। उनका अनुसार त्यहाँ ६ महिना मात्रै बस्न सकिन्छ। ‘त्यहाँ ६ महिना मात्रै बस्न सकिन्छ,’ उनी भन्छन्, ‘जाडो मौसममा उनीहरू सदरमुकाम नजिक जान्छन्। नेपालीहरु दार्चुला आउँछन् भने भारतीयहरू धार्चुला बस्छन्।’

सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार कालापानी क्षेत्रको झन्डै ३ सय ७४ वर्गकिलोमिटर नेपाली भूभाग अहिले भारतीय कब्जामा छ। व्यास गाउँपालिकाका उत्तरी ती नेपाली गाउँमा भारतीय फौजका शिविर छन्। नावी गाउँको नावीगढमा अहिले भारतीय फौज छ। गुन्जीमा पनि भारतीय भारतीय फौज नै छ। कालापानीमा पनि भारतीय फौजले नै कब्जा जमाएको छ। 

नेपाली सुरक्षाकर्मीको उपस्थिति कालापानीभन्दा पनि निकै तल तिंकर गाउँको छ्याकलेमा मात्रै छ। त्यहाँ नेपाल प्रहरीको चौकी छ। जाडो समयमा त्यहाँका प्रहरी सीतापुल झर्छन्। अझै जाडो बढेपछि उनीहरु दुम्लिङ झर्छन्। दुम्लिङबाट ४३ किलोमिटरमाथिको उत्तरको छाँगरुमा छ, सीतापुल प्रहरी चौकी। 

नेपाली गाउँहरु कुटी, नावी र गुन्जी छाँगरुभन्दा माथि भए पनि छाँगरु गाउँ पार गर्ने अनुमति नेपालीलाई छैन। 

सीमाका सकससम्बन्धी थप सामग्री

भारतले ६ महिनाभित्र लिपुलेक पुर्‍याउने गरी सडक बनाइरहेको छ : सांसद बडु [अन्तर्वार्ता]

सीमा विवादको सैन्य समाधान खोज्नु हुँदैन : डा दीपकप्रकाश भट्ट [अन्तर्वार्ता]

'मिचिएको भू-भागमा पुगेर जब म चिच्याएँ...'[भिडियोसहित]

केन्द्रमा बसेर सीमा सुरक्षा हुँदैन, बोर्डरमै पुग्नुपर्छ : डिआइजी श्रेष्ठ [अन्तर्वार्ता]

‘सीमारक्षक’ यादवको अनुभव- सीमा क्षेत्रका स्थानीय नै वास्तविक सीमारक्षक हुन् [भिडियोसहित]

सर्वाेच्चले सरकारलाई सोध्यो सीमा विवादका कारण

घट्दैछ नेपाली भूमि, बढ्दैछ भारतीय दादागिरी

सप्तरी सीमाका ७८ किमी : बस्ती, बाँध र सीमास्तम्भ गायबसम्म भारतीय बलमिच्याईं

कामै गर्दैनन् सीमासम्बन्धी संयन्त्र

प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६  २०:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो मंगलबार, असोज २१, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान सोमबार, असोज २०, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
यस वर्षको मनसुन नेपालबाट बाहिरिँदै सोमबार, असोज २०, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जी प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिद्वारा सरकार भंगको घोषणा, जिम्मेवारी पूरा गर्न नसकेकोमा माफी मागे मंगलबार, असोज १४, २०८२
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
आफूसँग रहेका सबै इजरायली बन्धक रिहाइका लागि हमास तयार, नेतान्याहुले के भने? शनिबार, असोज १८, २०८२
आइतबार र सोमबार सार्वजनिक बिदा शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्