• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कालापानी : ‘नेपाली अस्तित्व' गुमाएका ४ गाउँ

64x64
नेपाल लाइभ आइतबार, मंसिर १, २०७६  २०:०२
1140x725

महाकाली नदी जसमा पुल बनाएर भारतीय सुरक्षाकर्मी नेपालको कालापानीसम्म आएर स्थायी शिविर खडा गरेर बसेका छन्। तस्बिर : मनोज बडू/कान्तिपुर। इन्साइटमा कालापानीदेखि लिम्पियाधुराको शिरसम्म रहेका गाउँ देखाउने स्केच।


काठमाडौं- भूगोलमा टेकेर हुनुपर्ने हो, राजनीति। तर, कहिलेकाहीँ राजनीतिले उल्टै भूगोल बदलिदिन्छ। 

बदलिइरहने ‘राजनीतिक भूगोल’को चपेटमा परेका छन्, नेपाली ४ गाउँ कुटी, नावी, गुन्जी र गर्ब्याङ। भारतले २ नोभेम्बरमा जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापनी (लिम्पयाधुरा र लिपुलेकसमेत) क्षेत्रसमेत आफ्नोतिर पार्ने कदमले नेपाली सीमा अतिक्रमणका कथा एकपल्ट पुनः सहतमा आएका छन्। कहानी हो भारत अतिक्रमित कालापानी, जहाँका चार गाउँले नेपाली अस्तित्व गुमाएका छन्। कुटी, नावी, गुन्जी र गर्ब्याङ जुन अहिले भारतीय प्रशासनको अतिक्रमणमा छन्, ती नेपाली गाउँ थिए। 

काली नदी पूर्व नेपाली भूभाग हुने सन् १८१६ को सुगौली सन्धिअनुसार कुटी, नावी र गुन्जी नेपाली गाउँ हुन्। उक्त सन्धिको बावजुत पनि पनि काली नदिको पूर्वतिर रहेको गर्ब्याङ गाउँमा पनि वि.स. २०१२/१३ सालसम्म तालुकदार नेपाल सरकारबाटै नियुक्ति गरेर तिरो उठाएका प्रमाण नेपालसँग भएको सीमाविद् र त्यहाँका जनप्रतिनिधिहरु बताउँछन्। 

गाउँ नेपाली नै भएको प्रमाण
पाका पत्रकार भैरव रिसाल जनगणकका रुपमा २०१८ सालको असारमा कालापानी गएका थिए। जनगणनाका लागि केन्द्रीय तथ्यांक विभाग विभागको सेक्सन (जोनल) अफिसरका रुपमा रिसाल कालापानी गएका थिए। 

आफूहरु त्यहाँ पुगेर अहिले भारतीय नियन्त्रणमा रहेका नावी, कुटी, गर्ब्याङ र गुञ्जी गाउँका बासिन्दाको गणना गरेको रिसाल सुनाउँछन्। 

‘मलाई सम्झनाभएसम्म त्यो बेलामा नावी, गर्ब्याङ, गुञ्जी, छाँगरु र तिंकर गाउँहरु थिए,’ रिसाल भन्छन्, ‘अहिले  तीमध्ये तिंकर  र छाँगरु गाउँ मात्रै हाम्रोमा छ। त्यो बेला विभागका निर्देशक थीरबहादुर रायमाझी हुनुहुन्थ्यो। उहाँ सिपालु, उहाँले त्यो क्षेत्रको नक्सा हातले कोरेर दिनु भएको थियो। त्यही नक्सामा आधारमा हामीले ती गाउँमा पुगेर जनगणना गराएका थियौं।’

तत्कालीन समयको प्रशासनिक विभाजन अनुसार नेपालमा ३५ जिल्ला मात्रै थिए। अहिलेको दार्चुला जिल्ला उहिले डोटी जिल्लामा पर्दथ्यो। कालापानी क्षेत्रमा ६ महिना अत्यधिक हिउँ पर्ने भएकाले आफूहरुले जनगणनाका लागि गर्मी मौसममा रोजेको रिसाल बताउँछन्। भन्छन्, ‘लिम्पियाधुराका ती गाउँमा १२ महिना नै मान्छे सक्दैनन्। हिँउदमा हिँउ हुन्छ। बर्खामा मात्रै मान्छे बस्छन्। त्यसैले गर्दा हाम्रो जनगणना गर्मी मौसममा असार ८ गते थियो। त्यो बेला मान्छेहरु बस्थे। उनीहरुको त्यहाँ उपस्थिति थियो।’

Ncell 2
Ncell 2
nimb
nimb
कालापानीदेखि लिम्पियाधुराको शिरसम्म रहेका ती गाउँ देखाउने स्केच। सौजन्य : हिमाल म्यागेजिन

दार्चुलाका सांसद गणेश ठगुन्ना महाकाली नदीवारिका नेपाली गाउँ मात्रै नभए पछिसम्म महाकाली नदीपारि रहेको गर्ब्याङमापनि नेपालले गएर तिरो उठाउने गरेको दाबी गर्छन्। उनको भनाइ छ, ‘वि.सं.२०१२/१३ सालसम्म पनि गर्ब्याङसम्मको पनि तालुकदार हाम्रो नेपाल सरकारबाटै नियुक्ति गरेर तिरो उठाएका छन्। त्यतिबेलासम्म त्यहाँ नेपाली शासन थियो।’

दार्चुलाकै अर्का सांसद दीलेन्द्रप्रसाद बडूको पनि त्यस्तै भनाइ छ। आफूहरूलाई पनि ती गाउँ नेपाली भएकोबारे थाहा भएको उनी सुनाउँछन्। ‘लिम्पियाधुराको कुरा गर्ने हो भने २०१८ सालमा नेपालको जनगनणा भएको छ,’ बडू सुनाउँछन्, ‘हामीलाई पनि पहिले जानकारी भएअनुसार नावीको नाब्याल, गुञ्जीको गुन्ज्याल, कुटीको कुट्यालहरु थिए। काली नदिपारिको गर्ब्याङ अहिले भारतीय भूमिमा छ। तर, त्यहाँका बासिन्दाहरु नेपालको नागरिक भएको र उनीहरुले नेपालमा तिरो तिरेको भन्ने कुरा पनि सुनिन्थ्यो।’

भारतीय अस्तित्व स्वीकार
निरन्तरको भारतीय प्रशासनको नियन्त्रणका कारण नेपाली हुँदाहुँदै पनि धेरैले भारतीय अस्तित्व स्वकार गरेका छन्। बाध्यतावश त्यहाँका स्थानीयले भारतीय अस्तित्व स्वीकार गरेको त्यहाँ सांसद ठगुन्ना र बडू बताउँछन्। 

‘उनीहरुले आफूलाई भारतीय नागरिक मानेर, भारतकै नागरिक भएर त्यहाँको सुविधाहरु लिने गरेर बसेका छन्,’ बडू सुनाउँछन्, ‘उनीहरुलाई त्यो क्षेत्रमा धेरै सुविधाहरु पनि दियो भारतले। उनीहरुलाई जागिरमा विशेष आरक्षण, खाद्यान्न, लत्ताकपडा धेरै सस्तोमा दिने गर्‍यो। यस्तो सुविधा पाएपछि उनीहरुमा पनि नेपालको भन्दा भारतकै ज्यादा मनोवृत्ति रह्यो। र, अहिले भूगोल पनि उतै गएको अवस्था छ।’

भारतीय अर्धसैन्य बल आईटीबीपीले कालापानीमा राखेको शिबिर जहाबाट चीनसँग पनि सीमा जोडिएको लिपुलेक देखिन्छ। तस्बिर: यात्रा थुलुङ

त्यो भूमि नेपालकै भएको भनेर स्थापित गर्नु पर्ने त्यहाँका स्थानीयलाई कता बस्ने भनेर आत्मनिर्णयको अधिकार दिनुपर्ने ठगुन्नाको मत छ। ‘त्यसकारण अब हामीले २०१८ को जनगणना, सुगौली सन्धिको तथ्य, प्रमाण र त्यतिबेला नक्सामा देखाइएको मुहान लिम्पियाधुरा हो भन्ने विषयलाई स्थापित गर्नुपर्ने अहिलेको आवश्यकता छ,’ उनी भन्छन्, ‘त्यसो गर्‍यौं भने त्यहाँका गाउँ र नागरिक भूगोलमा हाम्रा हुन्छन्। पछि को कहाँ बस्न चाहान्छन् त्यो उनीहरुको आत्मनिर्णयको अधिकारको कुरा हो।’

ठगुन्ना पनि नेपाली प्रशासनको उपस्थिति नहुँदा ती गाउँका बासिन्दाले भारतीय बन्ने कुरामा प्रतिरोध नगरेको बताउँछन्। ‘अहिलेको कुरा भएन्, त्यो ५०औं वर्षअघिको कुरा हो,’ उनी भन्छन्, ‘प्रशासनिक हिसाबले भारतीयले सेवासुविधा दिँदै गएपछि उनीहरु त्यतैतिर जोडिए। त्यहीँको नागरिक भए। त्यहीँका सेवासुविधा लिइसकेपछि उनीहरुले त्यसलाई प्रतिरोध गर्ने कुरा भएन। यताबाट हाम्रो प्रशासनिक उपस्थिति भएन, त्यहाँ जसको उपस्थिति भयो त्यसैलाई स्वीकार गरेर अगाडि बढे।’

अहिलेको अवस्था
अहिले भारतीय प्रशासनको नियन्त्रणमा रहेका ती गाउँमा बाक्लै बस्ती रेहेको सांसद ठगुन्ना बताउँछन्। उनका अनुसार त्यहाँ ६ महिना मात्रै बस्न सकिन्छ। ‘त्यहाँ ६ महिना मात्रै बस्न सकिन्छ,’ उनी भन्छन्, ‘जाडो मौसममा उनीहरू सदरमुकाम नजिक जान्छन्। नेपालीहरु दार्चुला आउँछन् भने भारतीयहरू धार्चुला बस्छन्।’

सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार कालापानी क्षेत्रको झन्डै ३ सय ७४ वर्गकिलोमिटर नेपाली भूभाग अहिले भारतीय कब्जामा छ। व्यास गाउँपालिकाका उत्तरी ती नेपाली गाउँमा भारतीय फौजका शिविर छन्। नावी गाउँको नावीगढमा अहिले भारतीय फौज छ। गुन्जीमा पनि भारतीय भारतीय फौज नै छ। कालापानीमा पनि भारतीय फौजले नै कब्जा जमाएको छ। 

नेपाली सुरक्षाकर्मीको उपस्थिति कालापानीभन्दा पनि निकै तल तिंकर गाउँको छ्याकलेमा मात्रै छ। त्यहाँ नेपाल प्रहरीको चौकी छ। जाडो समयमा त्यहाँका प्रहरी सीतापुल झर्छन्। अझै जाडो बढेपछि उनीहरु दुम्लिङ झर्छन्। दुम्लिङबाट ४३ किलोमिटरमाथिको उत्तरको छाँगरुमा छ, सीतापुल प्रहरी चौकी। 

नेपाली गाउँहरु कुटी, नावी र गुन्जी छाँगरुभन्दा माथि भए पनि छाँगरु गाउँ पार गर्ने अनुमति नेपालीलाई छैन। 

सीमाका सकससम्बन्धी थप सामग्री

भारतले ६ महिनाभित्र लिपुलेक पुर्‍याउने गरी सडक बनाइरहेको छ : सांसद बडु [अन्तर्वार्ता]

सीमा विवादको सैन्य समाधान खोज्नु हुँदैन : डा दीपकप्रकाश भट्ट [अन्तर्वार्ता]

'मिचिएको भू-भागमा पुगेर जब म चिच्याएँ...'[भिडियोसहित]

केन्द्रमा बसेर सीमा सुरक्षा हुँदैन, बोर्डरमै पुग्नुपर्छ : डिआइजी श्रेष्ठ [अन्तर्वार्ता]

‘सीमारक्षक’ यादवको अनुभव- सीमा क्षेत्रका स्थानीय नै वास्तविक सीमारक्षक हुन् [भिडियोसहित]

सर्वाेच्चले सरकारलाई सोध्यो सीमा विवादका कारण

घट्दैछ नेपाली भूमि, बढ्दैछ भारतीय दादागिरी

सप्तरी सीमाका ७८ किमी : बस्ती, बाँध र सीमास्तम्भ गायबसम्म भारतीय बलमिच्याईं

कामै गर्दैनन् सीमासम्बन्धी संयन्त्र

प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६  २०:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनले तोडे प्रधानमन्त्रीको विदेश भ्रमणको परम्परा, विमानस्थलमा औपचारिक विदाइ नहुने
ओलीलाई हटाउन खोजेको होइन, पुनर्गठनको सुझाव गलत बुझियो : शंकर पोखरेल
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त मंगलबार, असोज ६, २०८३
बालेनले तोडे प्रधानमन्त्रीको विदेश भ्रमणको परम्परा, विमानस्थलमा औपचारिक विदाइ नहुने मंगलबार, असोज ६, २०८३
ओलीलाई हटाउन खोजेको होइन, पुनर्गठनको सुझाव गलत बुझियो : शंकर पोखरेल मंगलबार, असोज ६, २०८३
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान मंगलबार, असोज ६, २०८३
दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्