• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ १८, २०८२ Sun, Feb 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

घट्दैछ नेपाली भूमि, बढ्दैछ भारतीय दादागिरी

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २७, २०७६  १६:१५
1140x725

इटहरी- सुनसरीको कोसी गाउँपालिकास्थित भन्टाबारीमा पर्छ छोटी भन्सार नाका। कोसी ब्यारेजभन्दा केही पूर्वमा पर्ने उक्त नाकाको छेवैमा नेपाल-भारत मैत्री पोखरी छ। पोखरीको डिलबाटै नाका हुँदै आवतजावत गर्ने बाटो छ। 

सोही स्थानमा भारतीय प्रहरीले चेकपोस्ट खडा गरेको छ। चेकपोस्टसँगै धन्यवादको बोर्ड छ। तर भारतीय सीमाबाट डेढ सय मिटर उत्तरतर्फ नेपालको भूभागमा नै भारतीय पक्षले गेट निर्माण गरेको छ। 'भारत में आपका स्वागत है' लेखेको गेट नेपाली जमिनमा नै निर्माण गरिएको हो। 

गेटनजिकै भारतीय पक्षले सिसी क्यामेरा जडान गरेको छ। कोसी ब्यारेजको सुरक्षाको कारण देखाउँदै सो क्षेत्रमा आसपासमा ६० भन्दा बढी सिसी क्यामेरा जडान गरिएको दाबी छ। नेपाली पक्षसँगको कुनै समन्वय बिनै नेपाली भूभागको निगरानी गर्न सिसी क्यामेरा जडान गरिएका हुन्। त्यति मात्र होइन, सोही गेटको पूर्वपट्टि रहेको नेपाली भूमिमा भारतीय बजारबाट निस्केको फोहोर थुपार्ने काम भइरहेको छ। 

समस्या सुनसरीमा मात्र होइन, इलामको नेपाल-भारत सीमा क्षेत्रमा भौतिक पूर्वाधार निर्माणमा भारतीय पक्षबाट बारम्बार अवरोध हुँदै आएको छ। प्रदेश १ सरकारले पूर्वाधार विकास कार्यक्रमअन्तर्गत इलामको सन्दकपुर डाँडामा निर्माण गर्न लागिएको भ्यु टावरमा भारतीय पक्षले रोक लगाएको छ। 

एक करोड लागतमा निर्माण थालिएको भ्यु प्वाइन्टसहित १०० मिटर पैदल मार्ग, प्रवेशद्वारलगायतका पूर्वाधार निर्माण कार्य रोकिएको छ। निर्माण उपभोक्ता समितिका अध्यक्ष रिञ्जी शेर्पाका अनुसार भारतीय एसएसबीले निर्माण नगर्न भनेपछि काम रोकिएको हो। 

इलामकै आहालटारमा निर्माण गर्न लागिएको आवास गृहमा पनि भारतीय अवरोध छ। करिब तीन करोड रुपैयाँको लागतमा बन्ने आवास गृहमा भारतीय पक्षले सीमा यकिन नभएको भन्दै निमार्ण कार्य रोक्न दबाब दिएको हो। प्रदेश सांसद खिनु लङ्वा लिम्बूका अनुसार सीमा क्षेत्रमा भारतीय एसएसबीले दु:ख दिने गरेको छ। जसलाई प्रतिवाद गर्न सक्ने तागत नहुँदा सबै सहेर बस्नु परिरहेको उनको दुखेसो छ। 

Ncell 2
Ncell 2

पछिल्लो समय नेपालतिरका केही बस्तीहरु गुगल म्यापको आधारमा भारततिर पर्ने भारतीय पक्षको दाबी छ। सीमा विवाद हुँदा कुरा गर्न जाँदा गुगल नक्सा देखाउने गरेको सीमावर्ती क्षेत्रका नेपालीहरु बताउँछन्। 

गाउँपालिका उपाध्यक्ष शोभा पराजुली सोही क्षेत्रबाट निर्वाचित पूर्वप्रधामन्त्री झलनाथ खनाललाई सीमा समस्याको विषयमा जानकारी गराएको भए पनि केही सुनुवाइ नभएको बताउँछिन्। 

नेपालको सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीको बिओपीसँग नक्सा समेत छैन। नक्सा नहुँदा थुप्रै समस्या भोग्नु परेको सशस्त्र प्रहरी बल बिओपी पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक पवन खड्का बताउँछन्। वैज्ञानिक सीमांकन नभएसम्म यस क्षेत्रमा पूर्वाधार निर्माणदेखि अन्य गतिविधि गर्न समस्या हुने उनले बताए।

उता झापाको सीमावर्ती क्षेत्रमा पनि त्यस्तै समस्या छन्। झापाको भद्रपुर नगरपालिकाका २५ घर, कचनकवल गाउँपालिकाका २० घर, मेचीनगर नगरपालिकाका ११ भारतीय भूमिमा परेका छन्। २०५२ सालअघि नेपालमै रहेको सो बस्ती भारतीय अतिक्रमणमा परेको हो। 

पूर्वमा ताप्लेजुङमा टिम्बापोखरी क्षेत्रको डाँडामा भारतले पार्क बनाउँदा कञ्चनजङ्घा दक्षिण १५ किलोमिटर सीमाको रेखा मिचिएको छ। कञ्चनजङ्घा हिमालको दक्षिण क्षेत्रका डाँडामा शिखर चढ्न पर्वतारोही जाने मार्ग भारतले नेपाली भूमिलाई आफ्नो दाबी गर्दै आएको छ। 

त्यसैगरी पाँचथरको च्याङथापु क्षेत्रमा भारतीय सेनाले नेपाली भूमि प्रयोग गरिरहेको छ। तिब्बु पोखरी क्षेत्रमा सीमा यकिन हुन सकेको छैन। लामो समयदेखि सीमा विवाद कायमै छ। जसका कारण नेपाली कृषकलाई आफ्नो कृषि उपज उत्पादन बिक्री गर्न समस्या परिरहेको छ। पाँचथरकै चिवाभन्ज्याङमा भारतले सीमारेखामा जोडेर राष्ट्रिय निकुञ्ज बनाएको छ। इलाममा पशुपतिनगरको नेपाली दसगजा क्षेत्रमा भारतले भन्सार कार्यालय भवन बनाउन नेपाली भूमि मिचेर काँडेतार समेत लगाएको छ।

यस्तै पशुपति हिलेमा २०५९ असार २४ मा गाडेको ४ सीमास्तम्भमध्ये ७१/२२ नम्बरको सहायक स्तम्भका कारणले नेपालीको ६ घर, एउटा छोटी भन्सार कार्यालय समेत भारतमा पर्न गएको छ।

यस्तै भारतले झापामा पाठामारी, महेशपुर, भद्रपुर, काँकडभिट्टा, नकलबन्दा, बाहुनडाँगी क्षेत्रमा करिब दुई हजार चार सय ६२ बिघा नेपाली भूमि अतिक्रमण गरेको छ। मोरङमा जोगवनी सिमानामा दसगजा क्षेत्र नै देखिँदैन। नेपाली भू–भाग बुद्धनगर, पोखरिया, रंगेली, डाइनिया, सोराभाग, मझारेमा दसगजा क्षेत्रमा भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गरेको छ।

मोरङको रेगेली, चेप्राहा, आमगाछी, झुर्किया, महादेवा र कसरिया सीमाक्षेत्रको नेपाली भूमिको दसगजामा भारतीय नागरिकको बसोबास छ। बझाह लुना नदी चुनिमाडी नजिकको एक किलोमिटर जमिन पनि भारतले अतिक्रमण गरेको छ। सुनसरीको देवागञ्ज, कप्तानगञ्ज, कोसी गाउँपालिका, भोक्राहा नरसिंह लगायत क्षेत्रका २ सय बिगाहभन्दा बढी क्षेत्र भारतीय अतिक्रमणमा परेको छ।  

सुनसरीको कोसी गाउँपालिकाका महादेव यादव आफ्नै खेतको बीचमा भारतीय पिलर गाडिएको बताउँछन्। पिलरपारि भारतीय भूमिमा आफ्नो १० कट्ठाभन्दा बढी जमिन परेको उनको भनाइ छ। आफ्नै जग्गामा जाँदा भारतीय एसएसबीको कुटाइ खानुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०७६  १६:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पत्रकार दिनेश सिटौलाको निधन
महोत्तरी-२ : उम्मेदवारसँग मतदाताको गुनासा- बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार
सुशासन, उत्पादनमुखी र युद्ध अर्थतन्त्रबाट मुक्त हुने घोषणा पत्र ल्याउँछौ : देव गुरुङ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पत्रकार दिनेश सिटौलाको निधन आइतबार, माघ १८, २०८२
महोत्तरी-२ : उम्मेदवारसँग मतदाताको गुनासा- बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार आइतबार, माघ १८, २०८२
सुशासन, उत्पादनमुखी र युद्ध अर्थतन्त्रबाट मुक्त हुने घोषणा पत्र ल्याउँछौ : देव गुरुङ आइतबार, माघ १८, २०८२
आर्थिक विषयलाई प्राथमिकता दिनुपर्नेमा अध्यक्षको ढकालको जोड आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
आज यी तीन प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना आइतबार, माघ १८, २०८२
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्