• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

घट्दैछ नेपाली भूमि, बढ्दैछ भारतीय दादागिरी

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २७, २०७६  १६:१५
1140x725

इटहरी- सुनसरीको कोसी गाउँपालिकास्थित भन्टाबारीमा पर्छ छोटी भन्सार नाका। कोसी ब्यारेजभन्दा केही पूर्वमा पर्ने उक्त नाकाको छेवैमा नेपाल-भारत मैत्री पोखरी छ। पोखरीको डिलबाटै नाका हुँदै आवतजावत गर्ने बाटो छ। 

सोही स्थानमा भारतीय प्रहरीले चेकपोस्ट खडा गरेको छ। चेकपोस्टसँगै धन्यवादको बोर्ड छ। तर भारतीय सीमाबाट डेढ सय मिटर उत्तरतर्फ नेपालको भूभागमा नै भारतीय पक्षले गेट निर्माण गरेको छ। 'भारत में आपका स्वागत है' लेखेको गेट नेपाली जमिनमा नै निर्माण गरिएको हो। 

गेटनजिकै भारतीय पक्षले सिसी क्यामेरा जडान गरेको छ। कोसी ब्यारेजको सुरक्षाको कारण देखाउँदै सो क्षेत्रमा आसपासमा ६० भन्दा बढी सिसी क्यामेरा जडान गरिएको दाबी छ। नेपाली पक्षसँगको कुनै समन्वय बिनै नेपाली भूभागको निगरानी गर्न सिसी क्यामेरा जडान गरिएका हुन्। त्यति मात्र होइन, सोही गेटको पूर्वपट्टि रहेको नेपाली भूमिमा भारतीय बजारबाट निस्केको फोहोर थुपार्ने काम भइरहेको छ। 

समस्या सुनसरीमा मात्र होइन, इलामको नेपाल-भारत सीमा क्षेत्रमा भौतिक पूर्वाधार निर्माणमा भारतीय पक्षबाट बारम्बार अवरोध हुँदै आएको छ। प्रदेश १ सरकारले पूर्वाधार विकास कार्यक्रमअन्तर्गत इलामको सन्दकपुर डाँडामा निर्माण गर्न लागिएको भ्यु टावरमा भारतीय पक्षले रोक लगाएको छ। 

एक करोड लागतमा निर्माण थालिएको भ्यु प्वाइन्टसहित १०० मिटर पैदल मार्ग, प्रवेशद्वारलगायतका पूर्वाधार निर्माण कार्य रोकिएको छ। निर्माण उपभोक्ता समितिका अध्यक्ष रिञ्जी शेर्पाका अनुसार भारतीय एसएसबीले निर्माण नगर्न भनेपछि काम रोकिएको हो। 

इलामकै आहालटारमा निर्माण गर्न लागिएको आवास गृहमा पनि भारतीय अवरोध छ। करिब तीन करोड रुपैयाँको लागतमा बन्ने आवास गृहमा भारतीय पक्षले सीमा यकिन नभएको भन्दै निमार्ण कार्य रोक्न दबाब दिएको हो। प्रदेश सांसद खिनु लङ्वा लिम्बूका अनुसार सीमा क्षेत्रमा भारतीय एसएसबीले दु:ख दिने गरेको छ। जसलाई प्रतिवाद गर्न सक्ने तागत नहुँदा सबै सहेर बस्नु परिरहेको उनको दुखेसो छ। 

Ncell 2
Ncell 2
nimb
nimb

पछिल्लो समय नेपालतिरका केही बस्तीहरु गुगल म्यापको आधारमा भारततिर पर्ने भारतीय पक्षको दाबी छ। सीमा विवाद हुँदा कुरा गर्न जाँदा गुगल नक्सा देखाउने गरेको सीमावर्ती क्षेत्रका नेपालीहरु बताउँछन्। 

गाउँपालिका उपाध्यक्ष शोभा पराजुली सोही क्षेत्रबाट निर्वाचित पूर्वप्रधामन्त्री झलनाथ खनाललाई सीमा समस्याको विषयमा जानकारी गराएको भए पनि केही सुनुवाइ नभएको बताउँछिन्। 

नेपालको सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीको बिओपीसँग नक्सा समेत छैन। नक्सा नहुँदा थुप्रै समस्या भोग्नु परेको सशस्त्र प्रहरी बल बिओपी पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक पवन खड्का बताउँछन्। वैज्ञानिक सीमांकन नभएसम्म यस क्षेत्रमा पूर्वाधार निर्माणदेखि अन्य गतिविधि गर्न समस्या हुने उनले बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उता झापाको सीमावर्ती क्षेत्रमा पनि त्यस्तै समस्या छन्। झापाको भद्रपुर नगरपालिकाका २५ घर, कचनकवल गाउँपालिकाका २० घर, मेचीनगर नगरपालिकाका ११ भारतीय भूमिमा परेका छन्। २०५२ सालअघि नेपालमै रहेको सो बस्ती भारतीय अतिक्रमणमा परेको हो। 

पूर्वमा ताप्लेजुङमा टिम्बापोखरी क्षेत्रको डाँडामा भारतले पार्क बनाउँदा कञ्चनजङ्घा दक्षिण १५ किलोमिटर सीमाको रेखा मिचिएको छ। कञ्चनजङ्घा हिमालको दक्षिण क्षेत्रका डाँडामा शिखर चढ्न पर्वतारोही जाने मार्ग भारतले नेपाली भूमिलाई आफ्नो दाबी गर्दै आएको छ। 

त्यसैगरी पाँचथरको च्याङथापु क्षेत्रमा भारतीय सेनाले नेपाली भूमि प्रयोग गरिरहेको छ। तिब्बु पोखरी क्षेत्रमा सीमा यकिन हुन सकेको छैन। लामो समयदेखि सीमा विवाद कायमै छ। जसका कारण नेपाली कृषकलाई आफ्नो कृषि उपज उत्पादन बिक्री गर्न समस्या परिरहेको छ। पाँचथरकै चिवाभन्ज्याङमा भारतले सीमारेखामा जोडेर राष्ट्रिय निकुञ्ज बनाएको छ। इलाममा पशुपतिनगरको नेपाली दसगजा क्षेत्रमा भारतले भन्सार कार्यालय भवन बनाउन नेपाली भूमि मिचेर काँडेतार समेत लगाएको छ।

यस्तै पशुपति हिलेमा २०५९ असार २४ मा गाडेको ४ सीमास्तम्भमध्ये ७१/२२ नम्बरको सहायक स्तम्भका कारणले नेपालीको ६ घर, एउटा छोटी भन्सार कार्यालय समेत भारतमा पर्न गएको छ।

यस्तै भारतले झापामा पाठामारी, महेशपुर, भद्रपुर, काँकडभिट्टा, नकलबन्दा, बाहुनडाँगी क्षेत्रमा करिब दुई हजार चार सय ६२ बिघा नेपाली भूमि अतिक्रमण गरेको छ। मोरङमा जोगवनी सिमानामा दसगजा क्षेत्र नै देखिँदैन। नेपाली भू–भाग बुद्धनगर, पोखरिया, रंगेली, डाइनिया, सोराभाग, मझारेमा दसगजा क्षेत्रमा भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गरेको छ।

मोरङको रेगेली, चेप्राहा, आमगाछी, झुर्किया, महादेवा र कसरिया सीमाक्षेत्रको नेपाली भूमिको दसगजामा भारतीय नागरिकको बसोबास छ। बझाह लुना नदी चुनिमाडी नजिकको एक किलोमिटर जमिन पनि भारतले अतिक्रमण गरेको छ। सुनसरीको देवागञ्ज, कप्तानगञ्ज, कोसी गाउँपालिका, भोक्राहा नरसिंह लगायत क्षेत्रका २ सय बिगाहभन्दा बढी क्षेत्र भारतीय अतिक्रमणमा परेको छ।  

सुनसरीको कोसी गाउँपालिकाका महादेव यादव आफ्नै खेतको बीचमा भारतीय पिलर गाडिएको बताउँछन्। पिलरपारि भारतीय भूमिमा आफ्नो १० कट्ठाभन्दा बढी जमिन परेको उनको भनाइ छ। आफ्नै जग्गामा जाँदा भारतीय एसएसबीको कुटाइ खानुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०७६  १६:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्