• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

‘सीमारक्षक’ यादवको अनुभव- सीमा क्षेत्रका स्थानीय नै वास्तविक सीमारक्षक हुन् [भिडियोसहित]

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २८, २०७६  २०:२२
1140x725

राजविराज- २०७३ साउन १३ गतेका दिन भारतीयले १० गजा मिचेर बाँध बनाउँदा विरोधमा उत्रिएपछि निर्घात कुटिएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-१ निवासी ५७ वर्षीय देवनारायण यादव यतिबेला पुनः चिन्तामा छन्।

भारतले लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतका नेपाली भूभाग मिचेर नयाँ नक्सा सार्वजनिक गरेपछि उनको चिन्ता बढेको हो। गाउँदेखि करिब १ किलोमिटर दक्षिण रहेको खाँडो खोलाको बहाव थुनेर भारतीयले पानी तिलाठीतर्फ फर्काइदिने नियतका साथ बाँध बनाउन थालेपछि तिलाठीवासी त्यतिबेला विरोधमा उत्रिएका थिए। यादवसहितका तिलाठिवासीले सीमा रक्षाका लागि वीरतापूर्वक भारतीसँग लडे।

करिव आधा दर्जन तिलाठीवासी घाइते भए पनि भारतीयलाई लखेट्न सफल भए देवनारायणको समूह। तिनै देवनारायणसँग पछिल्लो घट्नाक्रमसँग जोडिएर हामीले केही कुराकानी गरेका छौं। भारतीयको नियत, सीमा क्षेत्रमा नेपालीहरुले पाउने सास्ती तथा मिचिएको नेपाली भूभागका विषयमा ‘सीमारक्षक’ नामले समेत परिचित देवनारायण यादवको अनुभव जस्ताको तस्तैः

भारतले नेपालको सीमा मिच्ने क्रम नयाँ होइन। २०२५ सालदेखि करिब १० वर्षसम्मको अवधिमा भारतले नेपालको सीमा धेरै स्थानमा मिचेको छ। त्यसपछि पनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ठाउँठाउँमा सीमा स्तम्भ सारेर नेपालको सीमा मिचिँदै आएको छ।

अन्यत्रको के कुरा? सप्तरीकै तिलाठी, लालापट्टी, गोविन्दपुर, बनैनियाँ, हनुमाननगर कंकालिनी नगरपालिकाको कोसीलगायतका ठाउँमा यस्तै अवस्था छ। मेरो हजुरबुबाकै उमेरका बुढापाकाबाट सुनेको थिएँ- सुरुमा तिलाठी र भारतको कुनौलीबीचको दशगजामा सीमा संकेतका लागि साल (सखुवा)का खम्बा गाडिएका थिए। ती खम्बा भारतबाट नेपालतर्फ सार्ने क्रम त्यतिबेलादेखि नै चलेको हो। सालको बदलामा पछि पिल्लर लगाइयो। तर, पनि पटकपटक पिल्लर सारेर सीमा मिच्दा नेपालीहरुले रातारात त्यसलाई पहिलेको ठाउँमा पुर्याउने गरेका थिए। अहिलेको अवस्था हेर्दा करिब ७ सय मिटर सीमा मिचिएको छ।

वर्षातका बेला खोलो फर्काएर डुबानमा पार्ने, अरु बेला विभिन्न बहानामा सीमाना मिच्ने गरिएपनि सरकार तथा राजनीतिक दलसमेतले यस समस्याको ठोस समाधान नखोजी आश्वासन र टालटुले नीति मात्र लिने गरेका कारण जनताले निरन्तर दुःख पाइरहनु परेको छ। खाँडोमा ३ वर्षअघि भएको झडपकै कुरा गर्ने हो भने त्यो खोला नेपालको चुरे क्षेत्र हुँदै बग्ने खहरे खोला हो। उत्तर–दक्षिण बग्ने यो खोला चुरे क्षेत्रबाट निस्किएपछि सप्तरीको करिब २८ किलोमिटर भूभाग छिचोलेर तिलाठी हुँदै भारतको कुनौली ग्राम पञ्चायत भएर भारतीय क्षेत्र प्रवेश गर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

हिउँदमा सामान्य लागे पनि वर्षायाममा खाँडोले नेपालतर्फका एक दर्जन र भारततर्फ कुनौली, कमलपुर, हरिपुर, डगमारा लगायतका आधा दर्जनभन्दा बढी गाउँ/बस्तीमा क्षति पुर्‍याउने गरेको छ।

खाँडोले बर्सेनी धन-जनको ठूलो क्षति गर्न थालेपछि भारतको निर्मली प्रखण्डका तत्कालीन विधायक वैद्यनाथ मेहता ४४ वर्षअघि (सन् १९७४) बाँध निर्माणको माग गर्दै दशगजा क्षेत्रमै अनसन बसे। फलस्वरुप भारतीय पक्षले कुनौली बोर्डरस्थित सप्तकोसीको पश्चिमी तटबन्ध (रमपुरा–मलहनियाँ)देखि खाँडो खोला (तिलाठी)सम्म झन्डै तीन किलोमिटर भूभागमा पूर्व–पश्चिम बाध निर्माण गरेको थियो। परिणाम स्वरुप नेपाल भएर बग्ने खाँडो, महुली र जिता नदीको प्राकृतिक बहाव थुनियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बाँध नहुन्जेल कुनै समस्या थिएन। बाढी आउँथ्यो, जान्थ्यो। तर अहिले बाँधका कारण गाउँ नै खोलासरह भएको छ। बाँधकै कारण करिब १०–१५ वर्षदेखि तिलाठी, लौनियाँ, बेल्ही, सकरपुरा, कोइलाडी, कोइलाडी बर्साइन, बनरझुला, कुशाहा, तोपा, मन्सापुर, बभनगामा कट्टी र राजविराज नगरपालिकाका केही वडामा खाँडोले हरेक वर्ष दुःख दिने गरेको छ। अन्तर्राष्ट्रिय मान्यताविपरीत निर्माण भएको बाँध भारतीय पक्षले सीमाक्षेत्र विकास कार्यक्रम तथा इन्दिरा गान्धी स्वरोजगार कार्यक्रमलगायतका विभिन्न बहानामा मर्मत/सम्भार गर्दै आएको छ। यसै क्रममा सन् २०१३ (२०६९ चैत) मा भारतीय पक्षले बाँध मर्मतको प्रयास गर्‍यो।

भारतले सीमा क्षेत्र विकास कार्यक्रम अन्तर्गत 'प्रखण्डके कुनौली ग्रामसे बोर्डर सीमा बाँधके सडकमे कज-वे निर्माण कार्य’ नाम दिएको उक्त योजनाको नेतृत्व ग्राम पञ्चायतका तत्कालीन मुखिया वासिद अहमदले गरेका थिए। नेपाली स्थानीयको विरोधपछि नेपाल–भारत दुवैतर्फका अधिकारीहरुले योजनाको स्थलगत निरीक्षण गरे र सीमा क्षेत्र विकास कार्यक्रम अन्तर्गतको निर्माण कार्य तत्कालका लागि रोकियो।

नेपाली पक्षले तत्कालीन सिचाईं मन्त्री उमाकान्त झामार्फत् भारतीय दूतावास हुँदै खाँडोको समस्या दिल्लीसम्म पुर्‍यायो। पटनाबाट चिफ इन्जिनियरको टोली घटनास्थलमा आएर निर्माण कार्य रोक्न आदेश दिएपछि हालसम्म बाँधमा थप काम भने भएको छैन।

भिडियो

यसैक्रममा तिलाठी गाउँदेखि दक्षिणपट्टि आफ्नो सुरक्षाका नाममा भारतीय पक्षले २२३ (२७) नम्बरको पिलरबाट नेपालभित्र बाँध निर्माणको प्रयास गरेपछि २०७३ साउनमा तिलाठि घट्ना भयो। बाढीले पुरानो बाँध भत्काएपछि उनीहरुले तत्कालै बाँध मर्मतको प्रयास गरे। बाँस गाडेर पाईलिङ्ग थालेपछि केही गाउँलेहरुका साथ हामी पुगेर त्यसलाई रोक्न खोज्यौं। 

सीमा मिचेर भारतीयले गाडेका बाँस उखालेर ल्याई चिरपट तयार गरेर तैनाथीमा बसेका थियौं हामी। तत्कालै तत्कालीन प्रमुख जिल्ला अधिकारी र एसपी समेतलाई फोनमार्फत् जानकारी दिए पनि वास्ता नगरेपछि केही स्थानीय संचारकर्मीहरुसँग सम्पर्क गरेर घटना अवगत गरायौं। भारतीय पक्षका ५ सय जना जतिको उपस्थितिमा हाम्रा तर्फका गाउँले पनि विस्तारै जम्मा भएर १ सय ५० जना जतिको समूह बन्यो। हाम्रातर्फका मान्छे पनि बढ्दै गएपछि बाँध निर्माणको काम रोकेर भारतीयहरु पछि हटेका थिए। त्यसैबीच हाम्रा २ युवा दशगजापारिनै छुटेको भन्ने थाहा पाएर उनीहरुलाई लिन म कुनौलीतर्फ लागेँ। सम्भावित आक्रमणको आशंकाले पहिले नै फेटा बाँधेर म त्यहाँ पुग्दा जम्मा भएका २/३ दर्जन जतिको भारतीयको समूहले मेरो फेटा तान्दै टाउकोमा आक्रमण गर्‍यो। 

यो खबर हाम्रातर्फका साथीहरुले थाहा पाएर प्रतिकारमा उत्रँदा दोहोरो झडप भयो। १०/१२ वर्षका बालकसमेत मेरो साथमा प्रतिकारका लागि आएका थिए। झडपमा म लगायत ६/७ जना घाईते भएका थियौं। उतापट्टि पनि १ दर्जनजति घाइते भएको जानकारी पाएको थिएँ।

कुरा तिलाठीको मात्र होइन, करिब आधा दर्जन स्थानमा समेत डुबान तथा सीमा अतिक्रमणको समस्या ज्यूँका त्यूँ छ। कहिले डुबानमा परिएला त कहिले आफ्नै थातथलो सीमा अतिक्रमणका कारण भारततर्फ पर्ने हो भन्ने पिरलो यथावतै छ। सुरक्षाका लागि खटिएका सरकारी प्रशासक, सुरक्षाकर्मीलाई वास्तविकताको पूर्ण जानकारी छैन। दुईपक्षीय सीमा सुरक्षाका विषयमा बाहिरबाट सुरुवा भई आएका प्रजिअ तथा प्रहरी प्रमुखले वस्तुस्थितिको बारेमा पूर्ण जानकारी नरहेका कारण प्रष्ट कुरा पनि राख्न सकिरहेका छैनन्। केही समयको कार्यकाल पूरा गरी सरुवा भएर अन्यत्र जाने हुँदा सीमा समस्यालाई गम्भिरताका साथ लिँदैनन्। झन्झट मोल्न पनि चाहँदैनन् कर्मचारीहरू।

स्थानीय प्रशासनले मात्रै चाहेर पनि सीमा समस्याको दीर्घकालीन समाधान हुने चाहिँ होइन। यसका लागि राजनितिक दलको भूमिका बढी महत्वपूर्ण हुन्छ। उसो त म पनि अहिले नेकपाको जिल्ला सदस्य हुँ। इमान्दारीका साथ नै भन्नुपर्दा माथिल्लो दर्जाका नेताले समस्या समाधानका लागि परिणाममुखी पहल नगरेका कारण नै जनताले यो समस्यालाई दीर्घरोगका रुपमा बोक्नु परिरहेको छ।

जो पीडित स्थानीयवासी हुन्, तिनीहरु नै वास्तविक सीमारक्षक बनेर उभिँदै आएका छन्। सीमा मिचियो वा डुबानमा पर्‍यो भने पीडा भोग्नु पर्ने त आखिर उनीहरुले नै त हो। तर, सरकारीस्तरबाट समस्याको दीर्घकालीन समाधानका लागि ठोस पहल नथाल्ने हो भने सीमावर्ती क्षेत्रका नेपाली जनताले कहिलेसम्म यो पीडा बोकेर बस्ने?

सीमाका सकससम्बन्धी थप समाचार

सप्तरी सीमाका ७८ किमी : बस्ती, बाँध र सीमास्तम्भ गायबसम्म भारतीय बलमिच्याईं

केन्द्रमा बसेर सीमा सुरक्षा हुँदैन, बोर्डरमै पुग्नुपर्छ : डिआइजी श्रेष्ठ [अन्तर्वार्ता]

घट्दैछ नेपाली भूमि, बढ्दैछ भारतीय दादागिरी

सीमा विवादको सैन्य समाधान खोज्नु हुँदैन : डा दीपकप्रकाश भट्ट [अन्तर्वार्ता]

कामै गर्दैनन् सीमासम्बन्धी संयन्त्र

 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २८, २०७६  २०:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्