• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सप्तरी सीमाका ७८ किमी : बस्ती, बाँध र सीमास्तम्भ गायबसम्म भारतीय बलमिच्याईं 

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २७, २०७६  ११:५०
1140x725

राजविराज- केपी शर्मा ओली प्रधानमन्त्री भएपछि ०७४ चैत २३ देखिको भारत भ्रमणका क्रममा समकक्षी नरेन्द्र मोदीसँग तराई डुबान समस्या समाधानबारे छलफल गरेको बताएका थिए। सो भ्रमण अन्य प्रधानमन्त्रीको जस्तो नभई अत्यन्त उपलब्धिमूलक भएको दाबीसमेत उनको थियो। 

यो भनाइको आसय थियो, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग नेपालको हितका लागि उठाएका विषयले चाँडै सार्थकता पाउने र त्यो देखिने खालको हुने भन्ने थियो। विशेषगरी भारतीय पक्षले सीमा क्षेत्रमा बनाएका बाँध, बाटो, पुल आदि संरचना र सीमा समस्या समाधानको बाटोमा जाला भन्ने सीमा क्षेत्रका जनताको ठूलो अपेक्षा थियो।

तर, भ्रमणको अढाई वर्षभन्दा बढी समय बितिसक्दा पनि समस्याको समाधान त परै जाओस्, उल्टै भारतले नेपाली भूभाग अतिक्रमण गरेको कुरा अहिले राष्ट्रिय चर्चामा छ। त्यसको ज्वलन्त उदाहरण हो- कालापानी, लिपुलेक र लिम्पियाधुरा। पछिल्लो चरणमा यी तीन स्थानको बढी चर्चा भए पनि अतिक्रमणको चपेटामा सप्तरीको भूभागसमेत पर्दै आएको छ।

पूर्व सप्तकोसीदेखि पश्चिम बलानसम्मको ७८ किलोमिटर सीमा क्षेत्रमा भारतीय पक्षबाट ठाउँठाउँमा दसगजा मिचेर बाली लगाउने, गोठ राख्नेदेखि कतिपय ठाउँमा त आफूसमेत बसोबास गर्दै आएको स्थानीय अगुवा बताउँछन्। सप्तरीको रामनगर, बेल्ही, कोइलाडी, तिलाठी, लालापट्टी, गोबरगाढा, रम्पुरा मलहनियाँलगायतका स्थानमा दसगजा मिचेर भारतीयले बाली लगाउँदासमेत त्यसलाई रोक्ने कार्य हुन सकेको छैन।

छिन्नमस्ता गाउँपालिकाको लालापट्टी निवासी नेपाली कांग्रेस सप्तरीका सचिव रामकुमार यादवले दशकौं अघिदेखि भारतीयले सीमा मिचेर खेती गर्दै आए पनि अहिलेसम्म उक्त समस्या यथावत रहेको बताए। ‘सीमा मिचेको विरुद्धमा जनस्तरवाट पटक-पटक विरोध गर्ने काम भएको छ,’ उनले भने, ‘तर, समस्या भने अहिले पनि ज्यूँका त्यूँ छ।’

सीमा मिच्ने, सीमा स्तम्भ गायव गर्नेसँगै खोलाको बहाव थुन्ने गरी भारतीय पक्षले बाँध बाँध्दै नेपालतर्फको वस्ती डुबानमा पार्ने काम पनि नगरेको होइन। तिलाठीदेखि दक्षिण भारततर्फ बग्ने गरेको खाँडोको बहावलाई थुन्दै बाँध बाँध्दा २०/२५ वर्षदेखि वर्षेनी तिलाठी गाउँ डुबानमा पर्ने गरेको छ।    

Ncell 2
Ncell 2
nimb
nimb

खाँडोले वर्षेनी धन-जनको ठूलो क्षति गर्न थालेपछि भारतको निर्मली प्रखण्डका तत्कालीन विधायक वैद्यनाथ मेहता करिब ४४ वर्षअघि (सन् १९७४) बाँध निर्माणको माग गर्दै दसगजा क्षेत्रमै अनसन बसे। फलस्वरुप भारतीय पक्षले कुनौली बोर्डरस्थित सप्तकोसीको पश्चिमी तटबन्ध (रमपुरा–मलहनियाँ)देखि खाँडो खोला (तिलाठी)सम्म झन्डै तीन किलोमिटर भू-भागमा पूर्व-पश्चिम बाँध निर्माण गर्‍यो। 

दसगजासँग जोडेर एकतर्फी रुपमा निर्माण गरिएको सोही बाँधका कारण नेपाल भएर बग्ने खाँडो, महुली र जिता नदीको प्राकृतिक बहाव थुनिएको स्थानीयबासी बताउँछन्।

‘बाँध नहुन्जेल कुनै समस्या थिएन। बाढी आउँथ्यो, जान्थ्यो’, तिलाठी कोइलाडी गाउँपालिका १ का पूर्व शिक्षक ७० वर्षीय ललित नारायण कर्ण भन्छन्, ‘बाँधका कारण अब त गाउँ नै खोला सरह भयो।’

अन्तर्राष्ट्रिय मान्यता विपरीत निर्माण भएको बाँध भारतीय पक्षले सीमाक्षेत्र विकास कार्यक्रम तथा इन्दिरा गान्धी स्वरोजगार कार्यक्रम लगायतका विभिन्न वहानामा मर्मत/सम्भार गर्दै आएको छ। यसै क्रममा सन् २०१३ (२०६९ चैत) मा भारतीय पक्षले बाँध मर्मतको प्रयास गर्‍यो।

Xtrem

Xtrem

भारतले ‘सीमा क्षेत्र विकास कार्यक्रम अन्तर्गत 'प्रखण्डके कुनौली ग्रामसे बोर्डर सीमा बाँधके सडकमे कज–वे निर्माण कार्य’ नाम दिएको उक्त योजनाको नेतृत्व ग्राम पञ्चायतका तत्कालीन मुखिया वासिद अहमदले गरेका थिए। नेपाली स्थानीयको विरोधपछि नेपाल-भारत दुवैतर्फका अधिकारीहरुले योजनाको स्थलगत निरीक्षण गरे र सीमा क्षेत्र विकास कार्यक्रम अन्तर्गतको निर्माण कार्य तत्कालका लागि रोकियो।

नेपाली पक्षले तत्कालीन सिचाईं मन्त्री उमाकान्त झामार्फत भारतीय दूतावास हुँदै खाँडोको समस्या दिल्लीसम्म पुर्‍यायो।

भारतीय पक्षले बाँध बाँध्न थालेपछि झडप
भारतीय पक्षले खाँडोमा निर्माण गरेको बाँध २०७३ साउनमा बाढीले भत्कायो। भारतीय पक्षले तत्कालै बाँध मर्मतको प्रयास गरे। पूर्व जिविस सदस्यसमेत रहेका तिलाठी निवासी देवनारायण यादवको नेतृत्वमा नेपाली पक्षले भारतीयको प्रतिकार गर्दा साउन १३ मा दसगजामै झडप भयो। ५४ वर्षीय देवनारायण, दुर्गानन्द झा, हर्षवर्धन कर्णलगायत आधा दर्जन नेपाली घाइते भए। प्रहरीका अनुसार झडपमा १० जना भारतीय पनि घाइते भएका थिए।

आफ्नो सुरक्षाका नाममा भारतीय पक्षले २२३ (२७) नम्बरको पिलरबाट नेपालभित्र बाँध निर्माणको प्रयास गरेपछि प्रतिकार गरिएको यादवको दाबी छ। तिलाठीमा पानी निकासका लागि विवाद भएको त्यो पहिलो घटना भने थिएन। यो समस्या विगत १०-१५ वर्षदेखि निरन्तर बल्झिइरहेको छ। नेपाली प्रशासनले भारतसँग बोल्न नसक्ने र निर्णायक तहमा समस्याप्रति चासो नराख्ने प्रवृत्तिले स्थानीयबासीले सास्ती खेप्नु परेको देवनारायण बताउँछन्।

के भन्छ जिल्ला प्रशासन कार्यालय?
जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्द ठाकुरले सीमा विवाद र डुबानको समस्या पुरानै विषय रहेको भन्दै देखिएका समस्याप्रति अन्तरदेशीय सुरक्षा बैठकमा यसलाई उठाउने गरिएको बताए। उनले भने, ‘यी समस्या म आउनुभन्दा पहिलादेखिकै हुन्।’

सप्तरीका सिडिओ सुनिल खनालले आफू आएको दुई महिना जति मात्रै भएको भन्दै यसअघिको रेकर्ड हेरेर मात्र केही कुरा बताउन सक्ने जानकारी दिए।

कूटनीतिक पहल गर्नुपर्छ : उपप्रधानमन्त्री यादव
उपप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भने सप्तरी लगायत दुई देश बीचको सीमा विवादको कुरालाई कुटनीतिक पहलबाट समाधान गर्नु उपयुक्त हुने बताए।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका यादवले भने, ‘वास्तविकता बुझेर कूटनीतिक पहलद्वारा समस्याको समाधान खोज्नु उत्तम हुन्छ।’

प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०७६  ११:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्