काठमाडौ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ताको निवेदन दिएकी छन्।
उनले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गरेकी हुन्।
पूर्वराष्ट्रपति भण्डारीले सरकारले पूर्वराष्ट्र प्रमुखलाई प्रदान गर्दै आएको सेवा सुविधा त्यागेको पत्र गृहमन्त्रालयमा बुधबार दर्ता भएको छ। भण्डारीको सचिवालयबाट आएको पत्र दर्ता भई सम्बन्धित शाखामा पठाइएको गृह मन्त्रालयले जनाएको छ।
‘पूर्वराष्ट्रपतिले पाउने सबै सेवा सुविधा फिर्ताको निवेदन गृह मन्त्रालयलाई पठाइएको छ, आजकै मितिबाट सेवा सुविधा पनि फिर्ता गर्दैछौं, उनी निकट स्रोतले भन्यो।
भण्डारीको हकमा पूर्व राष्ट्र प्रमुखको हैसियतमा दिइने सुरक्षा प्रोटोकल भने उनले चाहेर पनि त्याग्न नमिल्ने र सेना तथा प्रहरीले प्रदान गर्ने मन्त्रालयका एक उच्च अधिकारीले बताए।
भण्डारीलाई गृह मन्त्रालयले एक उपसचिव सरहका स्वकीय सचिव, कार्यालय सहयोगी समेतको लागि मासिक डेढ लाख रूपैयाँ उपलब्ध गराएको गृह मन्त्रालयले जनाएको छ।तर भण्डारीको स्वकीय सचिव, कार्यालय सहयोगी समेतले आजकै मितिबाट सो सुविधा पाउने छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।