• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ
'मिचिएको भू-भागमा पुगेर जब म चिच्याएँ...'[भिडियोसहित]
64x64
नेपाल लाइभ शनिबार, कात्तिक ३०, २०७६  १८:०६
1140x725

०५८ सालतिरको कुरा हो। आफ्नो पहिलो फिल्म ‘लक्ष्य’ फ्लप भएपछि फिल्म निर्देशक मनोज पण्डित चरम निराशामा पुगेका थिए। अब के गर्ने? कसरी अघि बढ्ने? दिनहुँ यस्तै चिन्ताले उनलाई सताइरहन्थ्यो। 

त्यही समयमा उनका एकजना नातेदार सहकर्मी थिए, दीपेन्द पण्डित। दुवै प्रायः सँगसँगै हुन्थे। उनीहरुबीच दैनिकजसो देश, इतिहास, तत्कालीन अवस्थामा भइरहेको राजनीतिक घटनाक्रमका विषयमा कुराकानी हुन्थ्यो। माओवादी द्धन्द्धका विषयमा छलफल हुन्थ्यो।

त्यो समय नेपालको सीमा मिचिएका विषयमा पत्रपत्रिकामा खुब समाचार आइरहेका हुन्थे। ती समाचारका कटिङहरूलाई दीपेन्द्रले संकलन गरेर राखिरहेका थिए। एकदिन अचानक दीपेन्द्रको घर पुगेपछि मनोजले ती संकलित सीमासम्बन्धी समाचारका कटिङहरू खोतलेर हेरे। कटिङको चाङ त ठूलै भइसकेको थियो। देखेर मनोज छक्क परे।  

त्यसपछि मनमनै लाग्न थाल्यो- अब सीमालाई लिएर मैले पनि बोल्नुपर्छ। उनलाई लाग्छ, त्यो उनको जीवनको सबैभन्दा महत्वपूर्ण निर्णय थियो। 

त्यसपछि उनले सीमासम्बन्धी अध्ययन थाले। अध्ययनका क्रममा वर्तमान सीमा मिचिएको विषयसँगै इतिहास पनि जोडिन पुग्यो। इतिहासमा अँग्रेजसँगको युद्धपछिको सुगौली सन्धी र त्यसपछि नेपालले गुमाएका भूभागबारे जानकारी भयो।  

सुगौली सन्धीपछि नेपालले लगातार यसैगरी आफ्नो भूभाग गुमाएको महशुस भएपछि यसले मनोजको मन बेस्सरी चिमोटिरह्यो। 

सायद फिल्म फ्लप भएर चरम निराशामा गइरहेका बेला उनको ध्यान मसालेदार फिल्म बनाउनुतर्फ केन्द्रित हुनुपर्थ्यो। यात्रा त बजारिया फिल्म बनाएर सकेसम्म बढी पैसा छाप्नेतर्फ मोडिनुपर्थ्यो होला। 

तर अँह त्यसो भएन। ‘यो मेरो अचम्मको चरित्र हो,’ उनी भन्छन्, ‘जीवनका थुप्रै कालखन्डहरूमा म सिनेमा बनाउँदा असफल भएको छु। तर जब म असफल हुन्छ, मेरो मस्तिष्कले आफैंलाई के प्रतिप्रश्न गर्छ भने म असफल हुनुमा मेरा केही सोचहरू आफैं कारण छन् कि?’ 

Ncell 2
Ncell 2

यसरी हरेकपल्ट सिनेमा निर्माणमा आफ्नो जिम्मेवारी कहाँ रहन्छ त भनेर खोतल्ने क्रममा उनले आफ्ना बाटाहरु पहिल्याएका छन्। भर्खरै पनि उनले एउटा चलचित्र ‘खाग’ बनाए। तर सोचेजस्तो सफल हुन सकेन। यही असफलतबाट उनी नयाँ उर्जा प्राप्त गरेर अघि बढिरहेका छन्।  

ठीक यसैगरी त्यतिबेला पनि उनले ‘लक्ष्य’ फ्लप भएपछि आफैसँग पटकपटक प्रश्न गरे। ‘अन्य तमाम विषयहरू छाडेर मैले सिनेमा किन पढेँ?,’ आफ्नै मनसँग भइरहेको सवालजवाफका क्रममा यो एउटा प्रश्नले उनलाई घतलाग्दोगरी चिमोटिरह्यो।

त्यसपछि उनी आफ्नो कर्मप्रति स्पष्ट भए, ‘मेरो सिनेमाले समाजमा कँही न कँही प्रभाव पार्नैपर्छ।’ 

मस्तिष्कमा सिनेमासम्बन्धी यस्तो अवधारणा बनिरहेका बेला उनलाई लाग्यो, इतिहास, भूगोल र राष्ट्रियताको विषय फिल्मकर्मीको दायित्व हो। 

‘यो दायित्व फिल्म बनाउनका लागिमात्रै नभएर आफैसँग सन्तुष्ट हुनका लागि पनि हो,’ मनोज भन्छन्, ‘त्यसैले मैले ‘ग्रेटर नेपाल’ बनाउने निर्णय गरेँ।’

०००
भारतले आफ्नो नयाँ नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई पनि समावेश गरेपछि यतिबेला देश दुखिराछ। लाखौं नेपालीको मन दुखिराछ। आजभन्दा १५ वर्षअघि द्वन्द्वकालको समयमा देशका सीमा–सीमामा पुगेर सीमानासम्बन्धी डकुमेन्ट्री फिल्म ‘ग्रेटर नेपाल’ बनाएका फिल्म निर्देशक मनोज पण्डित पनि हिजोआज चैनसँग सुतेका छैनन्।

‘ग्रेटर नेपाल’ वर्तमान समयमा सीमा मिचिएको विषयको कथामात्रै होइन, इतिहासमा हामीले गुमाएका भूगोलमाथिको दावा पनि थियो। आज नेपालको राष्ट्रियताको बिम्बात्मक प्रस्तुति बनिरहेछ यो फिल्म।

युट्युबमा अपलोड भएको यो एक घन्टा २४ मिनेटको डकुमेन्ट्री आज सीमा अतिक्रमणको विषय चर्किरहेका बेला दुई लाख २९ हजारभन्दा बढी पल्ट हेरिसकिएको छ। सामाजिक सञ्जालमा उसैगरी सेयर भइरहेको छ।

आफ्नो काम दर्शकले यसरी रुचाइरहँदा मनोज खुसी छन्, सँगसँगै वर्षौ बितिसक्दा पनि सीमा समस्या ज्यू का त्यू हुँदा दुःखी पनि। 

द्धन्द्वकालको समयमा देशका थुप्रै सीमा र भारतले अतिक्रमण गरेका भूमिमा पुगेर उनले यो डकुमेन्ट्री खिचेका थिए। पक्कै सहज थिएन तर उनले सम्भव बनाएरै छाडे। 

शुक्रबार नेपाल लाइभको स्टुडियो आइपुगेका उनी डकुमेन्ट्री निर्माणका क्रममा आफूले भोगेका दुःख र कठिनाइहरू सुनाइरहँदा भावुक त भए नै, सँगसँगै सीमा समस्यालाई लिएर सरकार र राजनीतिज्ञप्रति कडा आक्रोश पनि पोखे।

फर्किने बेलामा ठूलै तनाब झेल्नुपर्‍यो उनको पाँचजनाको समूहलाई। ‘हाम्रै देशका सीमामा खटिएका प्रहरीहरूले त्यतिबेला भारतीयहरुलाई हामीले उनीहरूको भूमिमा गएर फिल्म खिचिरहेको जानकारी दिएँछन्,’ मनोज सम्झिन्छन्, ‘जब त्यो सूचना हामीकहाँ आइपुग्यो हामी त पूरै डरायौं। लाग्यो, अब फस्यौं हामी। जब हामी सीमा पारिबाट फिल्म खिचेर डुंगामा फर्किरहेका थियाैं, त्यसपछि नेपालकै प्रहरीले हामीलाई रोक्न खोज्यो। कारण, हाम्रो पछिपछि भारतीय एसएसबीको टोली आइरहेको रहेछ, हामीलाई समाउन र भिडियो डिलिट गर्न। तर, हामीले त्यतिबेला नेपालकै प्रहरीलाई थर्काएर सीमा पार गर्न सफल भयौं।’

०००
एकातिर देशमा माओवादी सशस्त्र द्वन्द्व चलिरहेको थियो। जताततै त्रासको अवस्था। अर्कोतिर मनोजसँग पैसा थिएन। सीमा मिचिएका ठाउँहरूमा पुग्न उस्तै कठिन।

वर्तमान भुगोल मिचिएका ठाउँहरूमात्रै नभएर इतिहासमा गुमाइएका भूगोल नालापानी, तिष्ठा, काँगडाजस्ता ठाउँमा पनि पुग्नुपर्थ्यो। परिस्थिति सहज थिएन तर मनोज असहज मान्न तयार थिएनन्। 

घरमा जब बाआमालाई उनले आफ्नो निर्णय सुनाए, दुबै आत्तिए। जताततै द्वन्द्वबाट मान्छे मारिएका खबर आइरहँदा सोझी आमालाई चिन्ता भयो, ‘अब कतिखेर मेरो छोरा मारिएको समाचार पनि सुन्नुपर्ने भो।’ 

उनका बुबाले उनले रोजेको विषयको गाम्भीर्यता बुझेका थिए। नतिजा के-के हुनसक्छ त्यो पनि थाहा थियो। तैपनि बुबाले भनेको उनले मानेनन्। त्यतिबेला बुबाले उनलाई भने, ‘यस्तै काम गर्ने हो भने मैले त्यसको नराम्रो नतिजा भोग्नुपर्छ।’

छोराको जिद्दीपना अगाडि बाआमाको केही लागेन। 'यसको मुर्खताका अगाडि हाम्रो केही लाग्दैन' भनेर दुवैले उनलाई भगवान भरोसा छाडिदिए। 

विशुद्ध मेरो मुर्खता र पागलपनको परिणाम हो, ‘ग्रेटर नेपाल’, मनोज भन्छन्, ‘तर, खुसीको कुरा यही पागलपन, यही मुर्खता मेरो जीवनको सबैभन्दा ठूलो सम्पत्ति भइदियो।’ 

जतिबेला मनोजले ‘ग्रेटर नेपाल’ बनाउने निर्णय गरे त्यतिबेला उनीसँग सबै कुराको अभाव थियो। तर, एउटै कुरा पर्याप्त थियो- सीमासम्बन्धी फिल्म बनाउने जोश र इमान्दारिता।  

उनीसँग नेपालले सुगौली सन्धीमा गुमाएका इतिहासका भूगोल फिर्ता पाउनसक्ने आधारलाई प्रमाणित रुपमा प्रस्तुत गर्नुपर्ने चुनौती थियो। र, त्यसका लागि प्रमाण जुटाउन निकै गाह्रो थियो। 

त्यतिबेला इतिहासमा गुमेका ती भूगोलहरू सबै भारतमा गाभिइसकेको अवस्था थियो। त्यसैले भारत पुगेर ‘यो मेरो देशको भूगोल हो’ भनेर चिच्याउनु र त्यसलाई क्यामेरामा कैद गर्नु सबैभन्दा कठिन काम थियो। 

यसका लागि धेरै लुकेर काम गरेका छन् मनोजले। मनोजकै भाषामा भन्नुपर्दा ‘गुरिल्ला’ पारामा। ‘म एउटा गुरिल्ला फिल्ममेकर हो,’ भन्छन्, ‘गुरिल्ला तरिकाले काम गरेको छु। अहिले पनि मेरो काम गर्ने तरिका यस्तै छ। म एक किसिमको लडाकु प्रवृत्तिको मान्छे हुँ। गुरिल्ला प्रवृत्तिकै कारण ग्रेटर नेपाल बन्न सम्भव रह्यो। तामझाम गरेको भए सम्भव हुने थिएन।’ 

०००
भारतले तत्कालीन समयमा सीमा मिचेका ठाउँमा पुग्न उनलाई सहज थिएन। कारण, भारतीय एसएसबीको टोली जतिखेर पनि त्यहाँ बसिरहेका हुन्थ्यो।  

यो चुनौतीका बाबजुद पनि उनले यो डकुमेन्ट्री खिचेरै छाडे। भारतमा गाभिइसकेको नेपाली भूमिमा गएर ‘यो हाम्रो भूमि’ भन्दै चिच्याएरै छाडे। यद्यपि, उनको स्मरणमा दुई सिमानाको यात्रा उनका लागि निकै कठिन भयो। एउटा सुस्ता, अर्को कालापनी।

ती गोर्खाली सैनिकले ‘म यो मान्छेलाई चिन्छु, ‘लक्ष्य’ फिल्मको हिरो हो, डिरेक्टर हो। यिनीहरू यहाँ म्यूजिक भिडियो खिच्न आएको’ भन्दिएपछि उनीहरुको टोली त्यतिबेला सहजै छुट्न सकेको रहेछ। 

सुस्तामा बसेका मान्छेहरूलाई नेपालले नेपाली नै मान्थेन। मान्छेहरू सुस्ता जानै डराउँथे। कारण, त्यहाँ डाँकाहरु बस्छन् भनिन्थ्यो। 

त्यस्तो ठाउँमा पुगेर त्यहाँका मान्छेहरुको भावना जितेर, उनीहरूको आवाजको प्रतिनिधित्व गर्छु भनेर विश्वास दिलाउन मनोजका लागि रत्तिभर सहज थिएन। 

तर उनले सम्भव बनाएरै छाडे। सुस्ता पुगेर भारतद्धारा सीमा मिचिएको भूगोलमै पुगेर उनले फिल्म खिचे। मिचिएको भूभाग पुग्न नारायणीमा डुंगा चढेर जानुपर्थ्यो। एकदमै रिस्क थियो। 

फर्किने बेलामा ठूलै तनाब झेल्नुपर्‍यो उनको पाँचजनाको समूहलाई। ‘हाम्रै देशका सीमामा खटिएका प्रहरीहरूले त्यतिबेला भारतीयहरुलाई हामीले उनीहरूको भूमिमा गएर फिल्म खिचिरहेको जानकारी दिएँछन्,’ मनोज सम्झिन्छन्, ‘जब त्यो सूचना हामीकहाँ आइपुग्यो हामी त पूरै डरायौं। लाग्यो, अब फस्यौं हामी। जब हामी सीमा पारिबाट फिल्म खिचेर डुंगामा फर्किरहेका थियाैं, त्यसपछि नेपालकै प्रहरीले हामीलाई रोक्न खोज्यो। कारण, हाम्रो पछिपछि भारतीय एसएसबीको टोली आइरहेको रहेछ, हामीलाई समाउन र भिडियो डिलिट गर्न। तर, हामीले त्यतिबेला नेपालकै प्रहरीलाई थर्काएर सीमा पार गर्न सफल भयौं।’

मनोजलाई त्यतिबेला लाग्यो- हाम्रा मान्छेहरू नै पारीका दलाल रहेछन्। ‘सिमाना त्यसै मिचिएको छैन यहाँ,’ उनी भन्छन्, ‘सीमामा खटिएका सीमा रक्षक भनौंदा सरकारी कर्मचारीहरूकै मिलेमतोमा धेरै ठाउँमा सिमाना मिचिने परिस्थिति सिर्जना भएको छ। सुस्ता त्यसको एउटा उदाहरण थियो।’

त्यसपछि मनोजले सुस्तावासीलाई काठमाडौंसम्म आन्दोलन गर्न उत्प्रेरित गरे। सुस्तावासी काठमाडौंसम्म आएर आन्दोलन गरे। सुस्ता पनि भारतबाट कसरी मिचिएको रहेछ, धेरैलाई डकुमेन्ट्रीमाफर्त स्पष्ट जानकारी भयो। 

०००
त्यस्तै अर्को कठिन यात्रा थियो- ‘कालापानी’। त्यहाँ पुग्न दार्चुलाबाट भारतको भूगोल हुँदै सितापुर हुँदै जानुपर्थ्यो। करिब तीन दिन लगाएर उनी टिंकर भन्ज्याङ पुगेका थिए, जहाँबाट उनले कालापनी, लिपुलेक र लिम्पियाधुरा सबै देखाएका छन्। ‘टिंकर भन्ज्याङ’ नेपालीहरु पुग्न सक्ने अन्तिम बिन्दु हो। 

मनोजका अनुसार ‘टिंकर भन्ज्याङ’ मा उनी पुग्दा एक नम्बरको सीमा स्तम्भ थियो। ‘जबकी सीमा स्तम्भ जिरोचाहिँ लम्पियाधुरामा हुनुपर्ने हो। तर लिम्पियाधुराको सीमा स्तम्भचाहिँ इन्डियाले सारेर लिपुलेकको तलपट्टि काली मन्दिर बनाएर त्यहाँ नजिकै ल्याएर राखिदियो,’ मनोज आक्रोशित भावमा सुनाइरहेका थिए।

‘त्यतिबेला भारतीय विदेशी मन्त्री श्याम शरण नेपाल आएर अन्य सीमाको विवाद टुंगिएको भनेर हस्ताक्षर गर्ने चर्चा थियो,’ मनोज सम्झिन्छन्, ‘हामीले विरोध गरेपछि उहाँको भ्रमण रोकियो। तर, सिमानाको विषय उठाउँदा त्यो एक रात मैले साह्रखुट्टेको प्रहरी वृत्तको हिरासतमा काट्नुपर्‍यो। त्यतिबेला नेपाली कलाकार राजेश हमालसहित केही फिल्मकर्मी नआइदिएको भए सायद अहिले म आइएसआई एजेन्टका नाममा मुद्दा खेपिरहेको हुन्थे।’

जब मनोजले कालापानी क्षेत्र आफ्नो डकुमेन्ट्रीका लागि कैद गरे, त्यसपछि फर्किनेबेला त्यसको सूचना भारतीयसम्म पुगेको थाहा भयो। मनोजको टोलीलाई तनाव आइलाग्यो। कारण, अब भारतकै भुभागहुँदै उनीहरु नेपाल फर्किनुपर्थ्यो। 

मनोजलाई आफ्नोभन्दा बढी चिन्ता त्यो खिचिएको ‘टेप’को भयो। त्यो टेप जसरी पनि सुरक्षितसँग काठमाडौंसम्म पुर्‍याउनु थियो। त्यतिबेला उनले तत्कालीन माओवादीका एक विद्रोही कमान्डरसँग सम्पर्क गरे। तिनको सहयोगमा टेप  दार्चुलासम्म पुग्यो। दार्चुलाबाट फेरि मनोजले एकजना नेपाल प्रहरीका डिएसपीको सहयोगमा टेप महेन्द्रनगरसम्म ल्याइपुर्‍याए। 

‘त्यतिबेला मलाई सरकार र विद्रोही दुवै पक्षबाट सहयोग भयो,’ मनोज भन्छन्, ‘किनभने त्यो राष्ट्रियताको विषय थियो। यद्यपि कालापानीबाट फर्किने बेलामा हामीलाई इन्डो-तिबेतियन बोर्डर फोर्सको टोलीले सुरक्षा जाँच भने गर्‍यो। त्यो जाँच टोलीमा पनि एकजना नेपाली मुलकै गोर्खाली सैनिक रहेछन्। उनको कारणले हामीहरु समातिनबाट जोगियौँ र सुरक्षितसाथ नेपाल फर्कियौं।’

ती गोर्खाली सैनिकले ‘म यो मान्छेलाई चिन्छु, ‘लक्ष्य’ फिल्मको हिरो हो, डिरेक्टर हो। यिनीहरू यहाँ म्यूजिक भिडियो खिच्न आएको’ भन्दिएपछि उनीहरुको टोली त्यतिबेला सहजै छुट्न सकेको रहेछ।

०००
करिब तीन वर्षको निरन्तर संघर्ष र मिहनेतपछि मनोजले ‘ग्रेटर नेपाल’को सुटिङ सकाए। तर, ०६२/०६३ जनआन्दोलनपछि मात्रै उनले फिल्म बाहिर ल्याए। मनोजको दाबी छ, यो डकुमेन्ट्रीका कारण धेरै सीमाहरू भारतसँग सम्झौता हुनबाट जोगिएको छ।

०६६ सालको कुरा हो। तत्कालिन समयमा माधव नेपाल प्रधानमन्त्री भएका बेला भारतसँग सुस्ता र कालापानीबाहेक अन्य सीमा विवाद मिलिसकेको भनेर सम्झौता हुन लागेको थियो। 

‘त्यो बेला हामीले डकुमेन्ट्री रिलिज गरेर, धेरैभन्दा धेरै मान्छेहरूलाई देखाएर, इन्डियन एम्बेसी घेरेर, सम्झौता हुनबाट रोकेका थियौं,’ मनोज दाबी गर्छन्।

कालापानी र सुस्ताबाहेक अन्य सीमाको विवाद मिलेको भनेर सम्झौता हुने तयार सुनेपछि मनोज करिब ६ सय डकुमेन्ट्रीका दर्शकलाई लिएर भारतीय दुताबास घेर्न पुगेका थिए। उनले दुताबास अगाडि पुगेर ‘यहाँ देशको सीमा मिचिने क्रम रोकिएको छैन, तिमीहरुचाहिँ सबै कुरा मिलिसक्यो भनेर सम्झौता गर्न खोज्दैछौ’ भनेर आवाज उठाएका थिए।

त्यही क्रममा उनी एक रात महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको थुनामा समेत परे। त्यतिबेला गृहमन्त्री भीम रावल थिए। 

‘त्यतिबेला भारतीय विदेशी मन्त्री श्याम शरण नेपाल आएर अन्य सीमाको विवाद टुंगिएको भनेर हस्ताक्षर गर्ने चर्चा थियो,’ मनोज सम्झिन्छन्, ‘हामीले विरोध गरेपछि उहाँको भ्रमण रोकियो। तर, सिमानाको विषय उठाउँदा त्यो एक रात मैले साह्रखुट्टेको प्रहरी वृत्तको हिरासतमा काट्नुपर्‍यो। त्यतिबेला मलाई छुटाउन केही फिल्मकर्मी नआइदिएको भए सायद अहिले म आइएसआई एजेन्टका नाममा मुद्दा खेपिरहेको हुन्थे।’

डकुमेन्ट्री निर्माणका क्रममा उनले सबैभन्दा डरलाग्दो दृश्य बर्दियामा पाए। ‘बर्दियाको कर्णालीपारी एउटा ठूलो गाउँ थियो,’ उनी सम्झन्छन्, ‘म गएका बेला त्यहाँ एक जना नेपाली सीमा पारी सामान किन्न गएका बेला पसलेले नेपालीलाई हेपेर बोलेछ। तिमीहरू नेपालीलाई हेपेर बोल्छौ भनेर प्रश्न गर्दा ती नेपालीलाई भारतीय एसएसबी फोर्सले आएर बेस्सरी पिटेर जंगलमा छाडिदिएछ। त्यतिबेला त्यहाँका मान्छेहरूको वेदना सुन्दा शरीरमा काँडा उम्लिएको थियो।’

०००
आफ्नो फिल्म करिअरमा भयंकर सुपरडुपर हिट फिल्म दिन नसके पनि मनोज यो डकुमेन्ट्रीका कारण सन्तुष्ट छन्। भन्छन्, ‘लाखौं मान्छेले हेरेका छन्। धेरैलाई प्रभाव पारेको छ। धेरैलाई भूगोलबारे जानकारी भएको छ। कतिले चाहेर पनि नेपाली भूभागलाई बंग्याउन सकेका छैनन्, डकुमेन्ट्रीमा समावेश इतिहासका कारण।’

उनी दाबी गर्छन्, नेपालका अधिकांश नेताहरुले यो डकुमेन्ट्री हेरेको छन्। नहेर्नेहरुलाई पनि यसबारे जानकारी रहेको उनी बताउँछन्। 

डकुमेन्ट्री देखाउन बोलाउँदा धेरै नेताहरूलाई उनले भनेका छन्, ‘नेपालको सिमाना धेरै मिचिँदै छ। नेपालले धेरै भूगोल गुमाइसकेको छ। १८६० को नक्सा राखेर छलफल गर्नुस् नत्र नेपालले सदाका लागि नेपाल गुमाउने वाला छ। हामी सदा कमजोर हुनेवाला छौं। कालापानी मिचिनु भनेको नेपाल सिक्किम हुने बाटोमा अघि बढ्नु हो। यसलाई गम्भीरतापूर्वक लिनुस्।’

‘त्यो बेलामा मलाई नेताहरू हाँसीहाँसी जवाफ दिन्थे, 'यो एकदुइ कठ्ठा जमिन मिचेर केही पनि फरक पर्दैन। अहिले संविधान बनाउने हो,’ उनी सम्झन्छन्। 

कांग्रेस नेता गगन थापासँगको किस्सा उनी कहिल्यै बिर्सदैनन्। त्यतिबेला नेविसंघकै कार्यकर्ताले त्रिचन्द्र कलेजमा यो डकुमेन्ट्रीको सो राखेका थिए।

त्यतिबेला डकुमेन्ट्री हेरेपछि गगनले भनेछन्, ‘हामी अहिले सिमानाका विषयलाई लिएर आवेगमा आउनुहुँदैन। यो सामान्य विषय हो, समाधान हुन्छ। अहिले संविधान बनाउनतर्फ अग्रसर हुनुपर्छ।’ 

त्यतिबेला मनोजले गगनलाई भनेका थिए, ‘सिमानाका विषयमा यति लापरबाही नगर्नुस् है।’

‘अहिले उनै गगन प्रतिपक्षमा रहेपछि सबैभन्दा बढी सीमा मिचिएको विषयमा फलाक्दै हुनुहुन्छ। यो देखेर मलाई हाँसो उठिरहेको छ,’ मनोजले भने।

०००
एकपल्ट तत्कालीन माओवादीको कार्यलय बुद्धनगरमा सर्वदलीय बैठक चलिरहेको थियो। मनोज त्यहाँ चार–पाँचजना सुस्तावासी लिएर पुगेका थिए। त्यहाँ माधव नेपाल, प्रचन्ड, बाबुराम भट्टराई, मोहन वैद्य, सरिता गिरी लगायत नेता उपस्थित थिए। 

उनीहरुकै अगाडि मनोजले नेताहरूलाई प्रश्न गरेछन्, ‘सुस्ताको समस्या कहिले समाधान हुन्छ?’

‘त्यतिबेला अब हामीले देशमा यत्रो गणतन्त्र ल्यायौं। अब यही सिमानाको कुरा गरेर देश भाँड्ने होला, नयाँ राजनीति गर्ने होला, हैन? भन्दै मलाई उल्टै तिनैमध्येका एक नेताले झपार्न खोजेका थिए’, मनोजले अझै बिर्सिएका छैनन्, ‘त्यतिबेला मलाई यो डकुमेन्ट्री संविधान बनाउन नदिनेहरूको प्रपन्च हो भन्ने आरोप पनि लगाए। तर, संविधान बनिसक्यो सीमा समस्या अझै जस्ताको तस्तै छ।’

मनोजको यो डकुमेन्ट्रीले चलचित्र विकास बोर्डबाट राष्ट्रिय पुरस्कार पनि पायो। पुरस्कारसहित दुई लाख रुपैयाँको राष्ट्रिय बैंकको चेक समेत पायो। तर, भोलिपल्ट प्रदान गरिने स्वर्ण पदक भने रातारात खोसियो। 

०००
‘ग्रेटर नेपाल’ निर्माणका क्रममा मनोज आफू पुगेका प्रायः सीमामा दृश्य खिचिकन फर्किएनन्। तर, केही भूगोल उनी पुग्न सकेनन्। एउटा सुरक्षा कठिनाईका कारण मेची मास्तिर ओलंगचुंगसम्म पुग्न सकेनन्।  त्यस्तै, मधेशका सीमा खिच्न उनलाई निकै गाह्रो भयो। जनकपुरहुँद जलेश्वर जान खोजे, तर द्धन्दसँग सबै त्रसित थिए। टोलीमा कसैले जाने आँट पनि गरेनन्।

०००
निर्देशक पण्डित नेपाली फिल्म क्षेत्रमा फरक धारका निर्देशकका रुपमा परिचित छन्। ‘दासढुंगा’, ‘बधशाला’, ‘छाया’, ‘खाग’ उनले निर्देशन गरेका फिल्म हुन्। 

सिनेमामार्फत विचारको पैरवी गर्न रुचाउने यी निर्देशकको दृष्टिकोणमा सीमा अतिक्रमणका खास कारक महाकाली सन्धी, टनकपुर सन्धी र पन्चेश्वर परियोजनामा सम्झौता गर्ने नेताहरू नै हुन्। 

‘प्रजातन्त्रपछि नेपालका शक्तिशाली पार्टीहरूले टनकपुर सन्धी गरे, पन्चेश्वर परियोजनाहरूलाई पास गरे, महाकाली सन्धी गरे। जुन राजननीतिक पुस्ताले यी सन्धी गरे, यिनीहरू नै सीमा अतिक्रमणका खास कारण हुन्,’ मनोज आक्रोशित भावमा बोल्छन्, ‘अहिलेका प्रधानमन्त्री ओली हुन्, भारतलाई नक्सा बनाउन उत्प्रेरित गर्ने। गिरीजाप्रसाद कोइराला हुन्, माधव नेपाल हुन्। किनकि त्यतिबेला सन्धी गर्ने उनीहरू नै हुन्। पछि आएर कमरेड प्रचन्ड पनि यसमा संलग्न भइसक्नुभएको छ। किनभने उहाँले पनि ती सन्धी र योजनालाई मान्यता दिइसक्नुभएको छ, भलै हिजो त्यसको विरोध गर्नुभएको थियो। यिनै सन्धी र सम्झौताले भारतलाई कालापनी क्षेत्र आफ्नो नक्सामा राख्न उत्प्रेरित गरेको हो।’

फिल्म सेन्सर पास त भयो तर प्रदर्शनका क्रममा पनि मनोजले दुःख भने पाएका छन्। एकपल्ट काठमाडौं, त्रिपुरेश्वरस्थित बिसिसी हलमा फिल्म प्रदर्शन भइरहेको थियो। एक्कासि हलभित्र प्रहरी पस्यो र भन्यो, ‘तपाईंले फिल्म देखाउन पाउनुहुन्न, तुरुन्त बन्द गर्नुस्।

०००
मनोजको अनुभवमा सीमामा बस्ने नेपालीहरुको अवस्था साँच्चै दयनीय छ। दिनुहँ उनीहरू भारतीय नागरिकबाट हेपिएर बसिरहेको उनको भोगाईले बताउँछ। 

‘सीमामा बस्नेहरुको कुरै छोड्नुस्,’ उनी भन्छन्, ‘उनीहरू हरेक समय असुरक्षित छन्। उनीहरू नेपाली भएकोमा पीडित छन्। उनीहरू दिनहुँ लुटिइन्छन्। बर्दियामा त मान्छे नै मारेकै छन्। रौतहटमा पिटाइ खाएकै छन्। त्यसैले त्यहाँ पीडाको कुनै हिसाबकिताब छैन। बाँधका कारण, खुल्ला सिमाना भएका कारण असुरक्षा उस्तै छ।’

त्यहाँका चेलीबेटीमाथि पारीबाट हुने दुर्व्यवहार। खेतीपातीमा हुने हस्तक्षेप र लुट। यी सब हिसाबले हेर्दा खुला सिमाना नेपालका लागि खतरनाक रहेको उनको धारणा छ। 

डकुमेन्ट्री निर्माणका क्रममा उनले सबैभन्दा डरलाग्दो दृश्य बर्दियामा पाए। ‘बर्दियाको कर्णालीपारी एउटा ठूलो गाउँ थियो,’ उनी सम्झन्छन्, ‘म गएका बेला त्यहाँ एक जना नेपाली सीमा पारी सामान किन्न गएका बेला पसलेले नेपालीलाई हेपेर बोलेछ। तिमीहरू नेपालीलाई हेपेर बोल्छौ भनेर प्रश्न गर्दा ती नेपालीलाई भारतीय एसएसबी फोर्सले आएर बेस्सरी पिटेर जंगलमा छाडिदिएछ। त्यतिबेला त्यहाँका मान्छेहरूको वेदना सुन्दा शरीरमा काँडा उम्लिएको थियो।’

०००
मनोजका प्रायः फिल्मले सेन्सर बोर्डमा झमेला व्यहोरेका छन्। ‘दासढुंगा’ र ‘बधशाला’ निर्माणका बेला उनले निकै दुःख पाएका थिए, सेन्सर बोर्डबाट। तर, ‘ग्रेटर नेपाल’ निर्माणका बेला सेन्सर बोर्डले सहजै यो फिल्म पास गरिदिएको थियो। 

उल्टै सेन्सर बोर्डमा रहेका सदस्यहरुले पारिश्रमिक समेत नलिने घोषणा गरेको मनोज सम्झिन्छन्। ‘देशले गर्नुपर्ने काम एउटा फिल्ममेकरले गरेछ,’ उनले उल्टै स्याबासी पाएका थिए। 

तर सेन्सरमा सहजै पास गराएकै कारणपछि भारतीय दुताबासको दबाबपछि उनीहरूमाथि स्पष्टिकरण समेत सोधिएको मनोज बताउँछन्। ‘भारतीय दुताबासले पत्र पठाएपछि सूचना विभागदेखि सेन्सर बोर्डसम्म दबाब आएछ, उनीहरूले स्पष्टिकरण नै दिनुपर्‍यो,’ मनोज सम्झिन्छन्, ‘त्यतिबेला उहाँहरूले यो देशको कुरा हो, स्वाभाविममानको कुरा हो, भूभाग मिचिएको यथार्थ हो, फिल्मले त्यही बोलेको छ, त्यसैले हामीले पास गरेको हो भन्ने जवाफ दिएछन्।’

०००
फिल्म सेन्सर पास त भयो तर प्रदर्शनका क्रममा पनि मनोजले दुःख भने पाएका छन्। एकपल्ट काठमाडौं, त्रिपुरेश्वरस्थित बिसिसी हलमा फिल्म प्रदर्शन भइरहेको थियो। एक्कासि हलभित्र प्रहरी पस्यो र भन्यो, ‘तपाईंले फिल्म देखाउन पाउनुहुन्न, तुरुन्त बन्द गर्नुस्।’

‘किन?’ भनेर प्रश्न गर्दा प्रहरीको जवाफ थियो, ‘माथिको आदेश’। माथि कहाँबाट भनेर बुझ्दै जाँदा गृहमन्त्रालयदेखि प्रधानमन्त्री कार्यालयसम्म सबैले उही जवाफ फर्कायो- ‘माथिको आदेश।’ 

पछि थाहा भयो- त्यहाँभन्दा माथि भनेको त भारतीय दुताबास पो रहेछ। ‘त्यतिबेला फिल्म यसरी रोकिएको खबर एभिन्यूजका पत्रकार प्रेम बानिँयाले रिपोर्टिङ गरेपछि थाहा भएको थियो,’ मनोजले सुनाए।

०००
मनोजको यो डकुमेन्ट्रीले चलचित्र विकास बोर्डबाट राष्ट्रिय पुरस्कार पनि पायो। पुरस्कारसहित दुई लाख रुपैयाँको राष्ट्रिय बैंकको चेक समेत पायो। तर, भोलिपल्ट प्रदान गरिने स्वर्ण पदक भने रातारात खोसियो। 

भोलिपल्ट स्वर्ण पदक थाप्न मनोज राजधानीस्थित राष्ट्रिय सभा गृहमा चिटिक्क परेर गएका थिए। तर कार्यक्रम हलमा पुगेपछि थाहा भयो- पदक त रातारात खोसिएछ। विकास बोर्डका सदस्यहरूले त्यतिबेला जवाफ फर्काए, ‘हामीले विशेष कारणवश दिन सकेनौं।’

‘भारतीय दुताबासको चेतावनीमा चलचित्र विकास बोर्डले पदक राकेछ भन्ने कुरा विकास बोर्डकै कर्मचारीबाट थाहा भयो,’ मनोजले सुनाए।

०००
भारतले सीमा अतिक्रमण गरेको कुरा फिल्ममा देखाएपछि मनोजलाई अनेक तत्वले दुरुपयोग गर्न नखोजेका होइनन्। पाकिस्तान दुताबासले समेत उनलाई किन्न खोजेको उनले सुनाए। 

‘दुताबासमा बोलाएर तपाईंले यत्रो ठूलो काम गर्नुभएको छ, तपाईंलाई के सहयोग गर्न सक्छौं भनेका थिए,’ मनोजले भने, ‘मलाई व्यक्तिगत लाभ केही लिनु थिएन। त्यसैले मैले मलाई सहयोग नै गर्छौ भने यसको एक–डेढ लाख सिडी बनाइदिएर देशभरि सित्तैमा बाँडिदेऊ भनेर भनेको थिए। योचाँही गर्न सकिदैन भन्ने जवाफ आयो। खासमा उनीहरूले मलाई व्यक्तिगत रुपमा किन्न खोजेका थिए। म बेचिइनँ। सिडी बनाइदिएको भए मलाई व्यक्तिगत फाइदा नभएपनि त्यो सिडीमार्फत फिल्म धेरै मान्छेहरूले हेर्न पाउँथे भन्ने थियो।’

मनोजका कुनै पनि फिल्मले व्यापारिक रुपमा लाभ लिन सकेका छैनन्, सिवाय ‘ग्रेटर नेपाल’। त्यतिबेला चार लाख रुपैयाँमा बनाएको यो डकुमेन्ट्रीबाट मनोजले २८ लाख रुपैयाँ उठाएका थिए।

पछि राष्ट्रियता धेरै बेचेर हुँदैन भनेर उनले डकुमेन्ट्री युट्युबमै हाल्ने निर्णय गरे। ताकी सबै नेपालीले यो फिल्म फ्रि मै हेर्न पाऊन्। ‘मलाई आज पनि दार्जिलिङका प्रायः घरहरूमा ग्रेटर नेपालको सिडी पुगेको छ भनेको सुन्दा गर्व लाग्छ,’ मनोज भन्छन्।

भिडियो

प्रकाशित मिति: शनिबार, कात्तिक ३०, २०७६  १८:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नवलपरासीमा एक युवकले गरे आफ्नै बुबा र छिमेकीको हत्या
वाईसीएल अध्यक्षमा पुष्प ओली सर्वसम्मत चयन
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
नवलपरासीमा एक युवकले गरे आफ्नै बुबा र छिमेकीको हत्या शुक्रबार, जेठ २३, २०८२
वाईसीएल अध्यक्षमा पुष्प ओली सर्वसम्मत चयन शुक्रबार, जेठ २३, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
भीषण आगलागीमा परी बाजुराको बाम्का बजारमा ध्वस्त शुक्रबार, जेठ २३, २०८२
भेरी नदीमा बेपत्ता दिदीभाईको शव फेला शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
उपाध्यक्ष सापकोटा पक्राउ पर्ने डरले माओवादी संसद् खोल्न तयार भयो : शाही बिहीबार, जेठ २२, २०८२
पतञ्जली प्रकरणमा प्रधानमन्त्रीलाई जोडेर अनावश्यक टिप्पणी नगर्न माधव नेपाललाई एमालेको चेतावनी बिहीबार, जेठ २२, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्