काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद पार्वत गुरुङको जिल्ला अदालत काठमाडौंमा बयान सुरु भएको छ।
दोलखाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङलाई ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत काठमाडौंले ३५ दिने म्याद जारी गरेको थियो। अदालतमा म्याद जारी गरेपछि सांसद गुरुङले आज आइतबार अदालतमा उपस्थित बयान दिएको अदालत स्रोतले नेपाल लाइभलाई जानकारी दियो।
स्रोतले भन्यो, ‘अदालतको म्याद जारी गरेपछि उहाँ आएर बयान दिनु भएको छ। अहिले बयान लिने काम भइरहेको छ।’
अदालतले जारी गरेको म्ययाद जिल्ला प्रहरी कार्यालय दोलखाले तामेली गरेको थियो। सांसद गुरुङसहित ७ जनाविरुद्ध अदालतले म्याद जारी गरेको थियो। उनीहरूमाथि निर्वाचनका समयमा एक व्यक्तिमाथि ज्यान मार्ने उद्देश्यले सांघातिक आक्रमण गरेको भन्दै मुद्दा दायर भएको थियो।
गुरुङविरुद्ध दोलखाका वीरध्वज खड्काले किटानी जाहेरी दिएका थिए। उक्त जाहेरीका आधारमा नेकपाका केन्द्रीय सदस्यसमेत रहेका सांसद गुरुङिसहित ७ जनाविरुद्ध २९ वैशाख ०७६ मा काठमाडौँ जिल्ला अदालतमा कत्व्र्य ज्यान मुद्दा दायर भएको थियो। सो मुद्दामा सुनुवाई गर्दै अदालतले बयानका लागि बोलाएको हो।
०७४ वैशाखमा भएको स्थानीय निर्वाचनमा खड्कामाथि काठमाडौँमा आक्रमण भएको थियो। त्यसमा गुरुङ पनि संलग्नता भएको भन्दै उनीविरुद्ध खड्काले ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।