काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुमार पन्त विजयी भएका छन्। पन्त अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यलाई १४७ मतले पछि पार्दै पन्त एनआरएनएको अध्यक्षमा विजयी भएका हुन्। उनले १२१७ मत प्राप्त गरे भने आचार्यले जम्मा १०७० मत पाए।
उपाधायक्षमा वद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनम लामा, मन केसी / महिला उपाध्यक्षमा रविना थापा विजयी भए। यसैगरी महासचिवमा हेमराज शर्मा, कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ विजयी भएका छन्। सचिवमा गौरी जोसी र आरके शर्मा र सहकोषाध्यक्षमा लोक दाहाल विजयी भएका हुन्।
बिहीबार राति ११ बजेदेखि सुरु भएको मतगणना भर्खरै सकिएकोछ। निर्वाचनमा २ हजार ३४० मत खसेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।