काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद पार्वत गुरुङलाई विरुद्ध ३५ दिने म्याद जारी भएको छ।
दोलखाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङलाई ज्यान मार्ने उद्योग मुद्दामा म्याद जारी भएको हो।
काठमाडौँ जिल्ला अदालतमा विचाराधीन रहेको मुद्दामा बयान दिनका लागि ३५ दिने म्याद जारी भएको हो।
उक्त म्यादअनुसार जिल्ला प्रहरी कार्यालय दोलखाले म्याद तामेली गरेको हो।
म्याद तामेली गरेपछि सांसद् गुरुङ बयान दिनका लागि जिल्ला अदालत उपस्थित हुनुपर्ने भएको छ।
यदि ३५ दिनभित्र अदालत उपस्थित भएर बयान नदिए गुरुङलाई पक्राउ गर्न बाटो खुल्नेछ।
सांसद गुरुङसहित ७ जनाविरुद्ध अदालतले म्याद जारी गरेको थियो। उनीहरूमाथि निर्वाचनका समयमा एक व्यक्तिमाथि ज्यान मार्ने उद्देश्यले सांघातिक आक्रमण गरेको भन्दै मुद्दा दायर भएको थियो।
गुरुङविरुद्ध दोलखाका वीरध्वज खड्काले किटानी जाहेरी दिएका थिए। उक्ता जाहेरीका आधारमा नेकपाका केन्द्रीय सदस्यसमेत रहेका सांसद गुरुङिसहित ७ जनाविरुद्ध २९ वैशाख ०७६ मा काठमाडौँ जिल्ला अदालतमा कर्त्व्य ज्यान मुद्दा दायर भएको थियो। सो मुद्दामा सुनुवाई गर्दै अदालतले बयानका लागि बोलाएको हो।
०७४ वैशाखमा भएको स्थानीय निर्वाचनमा खड्कामाथि काठमाडौँमा आक्रमण भएको थियो।
त्यसमा गुरुङ पनि संलग्नता भएको भन्दै उनीविरुद्ध खड्काले ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।